रामारोशनमा ३५ देशका ४ हजार पर्यटक प्रवेश गर्दै, भारतकाे बाटाे हुँदै आएकाले पाए अनुमति
नेपालबहस संवाददाता
असोज ४, २०८० बिहिबार ११:२३:२३
४ असोज, काठमाडौं । सुदूरपश्चिम प्रदेशको प्रसिद्ध पर्यटकीय स्थल रामारोशन प्रवेशका लागि दुई दर्जन भन्दा बढी मुलुकका पर्यटकले अनुमति पाएका छन् । अवाञ्छित गतिविधि गरेको पाइएपछि स्थानीय प्रशासनले अनिश्चितकालका लागि रामारोशन प्रवेशमा रोक लगाउँदै आइरहेको थियो ।
बुधबार गृहमन्त्रालयले उच्च निगरानीमा राखेर प्रवेश गर्न दिन पत्राचार गरेपछि प्रवेश खुला भएको जिल्ला प्रहरी कार्यालय अछाामले जनाएको छ । ३९ पर्यटक रामारोशन पुगेर बिचैमा रोकिएका थिए । बिहीबारसम्ममा २ सय ८३ जना विदेशी पर्यटकले प्रवेश अनुमति पाएका छन् । रोकिएका पर्यटक गन्तव्यतर्फ गएका छन् ।
रामारोशन क्षेत्रमा जान धेरै संख्यामा विदेशी पर्यटक आएका कारण आवश्यक कागजातको अभाव देखाउँदै उनीहरुलाई जिल्ला प्रशासन कार्यालयको निर्देशनमा प्रवेशद्वार चौखुट्टे, बेलखेत र रामारोशन क्षेत्रमा रोकेका थिए । वर्ल्ड रेन्वो फेमिली नामक समूहको जमघट कार्यक्रममा रामारोशन घुम्न पर्यटकहरु आइरहेको जनाइएको छ ।
त्यहाँ क्यानडा, पोल्यान्ड, अमेरिका, इटली, रसिया, स्विडेन, इजरायल, फ्रान्स, स्पेन, जर्मन, थाइल्यान्ड, जापान, भारतसहित ३५ भन्दा बढी देशका झण्डै ४ हजार पर्यटक रामारोशन जाँदैछन् । उनीहरु भारतीय नाका हुँदै त्यहाँ पुगेका हुन् । उनीहरु महिना दिनसम्म रामारोशन क्षेत्रमा बस्ने बताएका छन् । समुद्र सतहबाट करिब २५ सय मिटर उचाइमा रहेको रामारोशन क्षेत्र ‘१२ बण्ड, १८ खण्ड’ का नामले परिचित छ । १२ वटा ताल र १८ वटा घाँसे मैदान रहेको सो क्षेत्र करिब ५–७ किलोमिटरमा फैलिएको छ । यहाँ डेढ किलोमिटर क्षेत्रफलमा फैलिएको जिंगाले ताल छ भने एउटै घाँसे मैदान ७ सय रोपनीमा फैलिएको छ।
सयौंको संख्यामा एकैपटक विदेशीले त्यता बस्दा सुरक्षा चुनौति, शौचालयको समस्या, वन्यजन्तुलाई हुने नोक्सानीको संभावना र फोहोरमैला व्यवस्थापनमा समस्या पर्ने देखिएको छ ।
उनीहरुको गतिविधि निगरानी राख्न प्रहरी र सशस्त्र प्रहरीको थप टोली परिचालन गरिने जिल्ला प्रशासन कार्यालय अछामले जनाएको छ । अवैध गतिविधि गर्नेलाई तत्काल नियन्त्रणमा लिन निर्देशन समेत दिइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदुई महिनामा एक लाख ७३ हजार पर्यटक मुस्ताङमा
मंसिर ४, २०८१ मंगलबार
पर्यटकीय गन्तव्य बन्दै दाङको धारापानी
मंसिर ४, २०८१ मंगलबार
मंसिर १५ गते ‘टुर दी बाँके नेसनल पार्क’ को आयोजना
मंसिर ३, २०८१ सोमबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
पत्नी बानोसँग रहमानको सम्बन्धविच्छेदमा जोडियो मोहिनीको नाम
मंसिर ७, २०८१ शुक्रबार
लेबनानमा सन् २०२३ अक्टोबर ७ पछि २२६ स्वास्थ्यकर्मीको मृत्यु
मंसिर ७, २०८१ शुक्रबार
रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
कोलेस्ट्रोल नियन्त्रणमा राख्न चाहनुहुन्छ ? खाली पेटमा अदुवाको जुस पिउनुहोस्
मंसिर ७, २०८१ शुक्रबार
उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगमा निजी क्षेत्रलाई समावेश
मंसिर ७, २०८१ शुक्रबार
अस्ट्रेलियाविरुद्ध भारतको कमब्याक, बुमराहले लिए चार विकेट
मंसिर ७, २०८१ शुक्रबार