शिक्षक आन्दोलनबाट आज पनि बानेश्वर क्षेत्रमा ट्राफिक व्यवस्थापन अस्तव्यस्त
नेपालबहस संवाददाता
असोज ४, २०८० बिहिबार १२:१:१७
३ असोज, काठमाडौं । सामूदायिक विद्यालयका शिक्षकहरूको दोस्रो दिनको आन्दोलन आज सुरु भएको छ । बिहान १० बजे माइतीघर मण्डलामा भेला भएका शिक्षक, शिक्षिकाको ठूलो र्याली संसद भवन घेराउन गर्न नयाँबानेश्वर तर्फ गइरहेको छ । र्यालीमा सहभागीहरूले सरकार र शिक्षामन्त्रीविरुद्ध चर्का नाराबाजी गरेका छन् । हजारौंको संख्यामा सभागी भएका छन् ।
अहिले माइतीघर मण्डलादेखि, बबरमहल, बिजुलीबजार, नयाँबानेश्वर क्षेत्रमा सवारीसाधन आवतजावत क्रम अस्तव्यस्त बनेको छ । प्रहरीले र्यालीलाई एभरेष्ट होटल अगाडि रोकेर अगाडि बढ्न दिएको छैन । आन्दोलनकारीहरु भने ब्यानर, प्लेकार्ड बोकेर चर्का नाराबाजी गर्दै अगाडि बढ्न खोजिरहेका छन् । प्रहरीले काँडेबार लगाएर पानीको फोहोर हान्ने दमकल तयारी अवस्थामा राखेको छ । शिक्षकहरूले केहीबेरमा विराेधसभा संचालन गर्दैछन् ।
शिक्षामन्त्री अशोककुमार राईले गत बुधबार दफावार छलफलका लागि संसदमा दर्ता गराएको विद्यालय शिक्षासम्बन्धी विधेयकमा शिक्षकका सेवा, सुविधा, नियुक्ति, दरबन्दी, सिर्जना, सरुवा-बढुवा लगायत अधिकार स्थानीय तहलाई दिने प्रस्ताव खारेजीको माग उनीहरुले मुख्य रुपमा उठाएका छन् ।
पटकपटकको वार्ता असफल भएपछि नेपाल शिक्षक महासंघको आह्वानमा देशभरका सामुदायिक विद्यालयका शिक्षकहरु बुधबारदेखि काठमाडौंमा ओइरिएका छन् । बुधबारभन्दा आज आन्दोलनमा सहभागिता बढेको महासंघको दाबी छ । बाल शिक्षा पढाउनेहरुको तलब बढाउनुपर्ने, शिक्षकले अन्य पेसा गर्न नपाइने व्यवस्था हटाउनुपर्ने, सरुवाबढुवा संघीय सरकारको मातहत राख्नुपर्ने लगायत १८ बुँदे माग अघि सारेका छन् । माग पूरा नभएसम्म आन्दोलनबाट पछि नहट्ने आन्दोनकारी शिक्षकहरुले बताएका छन् ।
उनीहरूले बुधबारबाटै देशभरका सबै सामूदायिक विद्यालयहरूमा पठनपाठन ठप्प पारेका छन् । माग पूरा नभएसम्म जिल्ला नफर्किने उनीहरूकाे भनाइ छ । देशभरमा करिब ३४ हजार सामदायिक विद्यालय छन् भने, स्थायी, अस्थायी, करार, राहत, बाल शिक्षकसहित सवा लाख शिक्षक छन् । आन्दाेलनका कारण ४४ लाख बढी विद्यार्थीकाे पढाइ राेकिएकाे छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअत्यधिक गर्मी बढेपछि विद्यालय बिदा
असोज ७, २०८१ सोमबार
कोरियन भाषा पढाइले विद्यार्थी उत्साहित
असोज ६, २०८१ आइतबार
रविलाई पक्राउ गर्ने कि नगर्नेमा विवाद, पुरक अभियोजनका लागि छलफल
नेपालबहस संवाददाता
असोज ४, २०८१ शुक्रबार
नेकपा एसमा विवादः रामकुमारीसहित असन्तुष्ट नेताहरु एमालेसँग नजिकिदै
नेपालबहस संवाददाता
असोज ६, २०८१ आइतबार
समाजलाई साहित्यले विशिष्ट रुपमा देखाउँछ : मन्त्री पाण्डे
असोज ७, २०८१ सोमबार
संविधान संशोधन कांग्रेस एमालेको एजेण्डा होइन, बहाना मात्रै हो : प्रचण्ड
असोज ७, २०८१ सोमबार
नुहाउने क्रममा जितिया ब्रतालुको पोखरीमा डुबेर मृत्यु
असोज ७, २०८१ सोमबार
पत्रकार महासंघको निर्वाचन समयमा नभएपछि लिखित जवाफ पेश गर्न सर्वोच्चको आदेश
असोज ७, २०८१ सोमबार
साफ यू –१७ च्याम्पियनसिपमा श्रीलंकामाथि नेपालको फराकिलो जित
असोज ७, २०८१ सोमबार