उच्चपदस्थलाई मापदण्डविपरीत खटाइएका सुरक्षाकर्मी र सहयोगी फिर्ता गर्न सुशासन समितिकाे निर्देशन
नेपालबहस संवाददाता
असोज ४, २०८० बिहिबार १३:५४:१८
४ असोज, काठमाडौं । संसदको राज्य व्यवस्था तथा सुशासन समिति भीभीआईपी तथा भीआईपीहरुलाई मापदण्डविपरीत दिइएको सुरक्षा अधिकृत, सवारी चालक र भान्सेलाई फिर्ता गर्न समयसीमासहित सरकारलाई निर्देशन दिएको छ ।
बिहीबार बसेको समितिको बैठकले भीभीआईपी र भीआईपीहरुसँग भएका मापदण्डविपरीतका सुरक्षाकर्मी, सवारी चालक र भान्से १५ दिनभित्र फिर्ता गर्न सरकारलाई निर्देशन दिएको हो । फिर्ता गराएपछि त्यसबारे जानकारी समितिलाई गराउन समेत भनेको छ । साथै सरकारका मन्त्री तथा पदाधिकारीहरुले नियमानुसार पाउनेभन्दा बढी प्रयोग गरिएका सवारी साधन फिर्ता गर्न पनि निर्देशन दिएको छ ।
नियमे तोकेभन्दा बढी खटाइएका सुरक्षाकर्मी फिर्ता गरी उनीहरुलाई आफ्नो दरबन्दी भएको ठाउँमा पठाउन सरकारलाई निर्देशन दिने निर्णय भएको समितिका सभापति रामहरि खतिवडाले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसातदोबाटोमा रहेको एक अबैध कल सेन्टरबाट ५० जना नेपाली युवतीसहित तीन पुरुष पक्राउ
पुष २३, २०८१ मंगलबार
सिंहदरबार गेटमा धर्ना बस्न पुगेका फणिन्द्र नेपाल पक्राउ
पुष २२, २०८१ सोमबार
ध्वनि प्रदूषण गर्ने ६३ वटा मोटरसाइकल नियन्त्रणमा
पुष २२, २०८१ सोमबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
प्रतिबन्धित भिटामिन र खनिज मिश्रित औषधि बिक्री गरे सरकारले कारबाही गर्ने
पुष २५, २०८१ बिहिबार
सूर्यदर्शन सहकारी ठगी प्रकरण : कससँग कति मागियो धरौटी ?
पुष २५, २०८१ बिहिबार
सिरियालाई ७ करोड ३० लाख डलर सहयोग गर्न संयुक्त राष्ट्रसंघको आग्रह
पुष २५, २०८१ बिहिबार