दाइजोको निहुँमा श्रीमती ‘हत्या’ गर्ने श्रीमान् पक्राउ
नेपालबहस संवाददाता
असोज ४, २०८० बिहिबार १४:४०:१६
४ असोज, काठमाडौं । सुनसरी प्रहरीले दाइजोको निहुँमा श्रीमतीको ‘हत्या’ गर्ने एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा इनरूवा नगरपालिका–३ का ३२ वर्षीय नगेन्द्र भगत रहेका छन् । उनले माइतबाट दाइजो नल्याएको भन्दै शनिबार राति श्रीमती निकिता चौधरीको हत्या गरेको आरोप छ ।
हत्याको आरोपमा निकिताको माइतीले भगतविरुद्ध कर्तव्य ज्यान कसुरमा अनुसन्धान गर्न प्रहरीमा उजुरी दिएका थिए । सो उजुरीका आधारमा पक्राउ गरिएको हो । भगतले २१ महिना अगाडि निकितासँग मागी विवाह गरेका थिए । त्यसबेला ३५ लाख नगद, आठ तोला सुन, ९० तोला चाँदी र एक मोटरसाइकल दाइजोमा ल्याएका थिए ।
त्यो पनि अपुग भएको भन्दै श्रीमतीलाई कुटपिट गर्दै आइरहेका बेला ज्यान गएको माइती पक्षको दाबी छ । भगतका परिवारले भने घरि निकिता ट्वाइलेटमा लडेर घाइते भएकाे अवस्थामा उद्धार गरी उपचारका क्रममा मृत्यु भएको र त, घरि झुण्डिएर आत्महत्या गरेको बताइरहेका छन् । निकिताको ११ महिनाको छोरा छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपताप्लेजुङको पाथीभरा क्षेत्रमा हिमपात
मंसिर ६, २०८१ बिहिबार
पहिचान पक्षधरले कोशीमा घोषणा गरे आन्दोलन
मंसिर ३, २०८१ सोमबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
नेपालबहस संवाददाता
मंसिर ६, २०८१ बिहिबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
मंसिर ८, २०८१ शनिबार
बीआरआई कसरी स्वीकार्ने ?
मंसिर ८, २०८१ शनिबार
चितवनमा स्कुल बस दुर्घटना: २८ जना घाइते
मंसिर ८, २०८१ शनिबार
भारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार
काठमाडौंमा आज तीन जना मृत भेटिए
मंसिर ८, २०८१ शनिबार