शिक्षक आन्दोलन उग्रतर्फ, ब्यारिकेड फालेर निषेधित क्षेत्र प्रवेश गर्ने प्रयास
नेपालबहस संवाददाता
असोज ४, २०८० बिहिबार १५:१४:१
४ असोज, काठमाडौं । विद्यालय शिक्षासम्बन्धी विधेयकको विरोधमा उत्रिएका शिक्षकहरूको आन्दोलन उग्र तर्फ लागेको छ । बिहीबार दोस्रो दिन काठमाडौंको माइतीघरबाट जुलुस सुरु गरेर नयाँ बानेश्वरमा पुगेका शिक्षकले निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेपछि केही समय बानेश्वर क्षेत्र तनाव ग्रस्त बन्यो । बिजुली बजारबाट आउने सबै मार्गमा बाक्लो संख्यामा परिचालित सुरक्षाकर्मीलाई पछाडि फर्काउने योजनामा उनीहरू लागेका छन् ।
निषेधित क्षेत्रमा प्रवेश हुन नदिन सडकमा तेर्स्याइएकाे ब्यारिकेड तोड्ने कोसिस शिक्षकहरूले गरिरहेका छन् । प्रहरीले माइकिङ गरेर निषेधित क्षेत्र प्रवेश गरिएको बल प्रयोग गर्न बाध्य हुने चेतावनी दिइरहेका छन् । ब्यारिकेड तान्न थालेपछि प्रहरी र शिक्षकबीच केही बेर धकेलाधकेल समेत भएका छन् । आन्दोलनको नेतृत्व गरिरहेको नेपाल शिक्षक महासंघले बुधबार संयम अपनाउन भनिए पनि आज आन्दोलनकारीहरुले ब्यारिकेड फाल्न खोज्दा समेत मौन बसेको छ ।
शिक्षा मन्त्री अशोक राईको राजीनामाको माग गर्दै सरकारविरुद्ध चर्का नाराबाजी लगाउँदै आन्दोलनकारी संसद भवनतर्फ अगाडि बढ्न खोजिरहेका छन् । सडक छेउछाउका बोटबिरुवा र दूबो नष्ट भएका छन् । बिरुवा उखेलेर प्रहरीमाथि प्रहार गरेका छन् ।
आन्दोलनको नेतृत्व गरिरहेको नेपाल शिक्षक महासंघले प्रधानमन्त्री वा विधेयक संशोधन गर्न सक्ने अख्तियार राख्ने पक्षसँग मात्र वार्तामा बस्ने अडान लिँदै प्रदर्शनलाई कडा बनाउँदै लगिरहेको छ । निषेधित क्षेत्रमा बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ भने पानीको फोहोर हान्ने दमकल तैनाथ गरिएको छ । संसद भवन चारैतिर सुरक्षाकर्मी परिचालन गरिएको छ ।
यता गृहमन्त्री नारायणकाजी श्रेष्ठले संयमता अपनाउन आन्दोलनकारीहरुसँग आग्रह गरेका छन् । तर माग पूरा भएसम्म काठमाडौं नछाड्ने आन्दोलनकारीको अडान छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआज जन्म लिने बच्चा सिंह राशीको हुने
मंसिर ८, २०८१ शनिबार
मिथुन राशी भएकाहरुको लागि आज राम्रो समय छ
मंसिर ७, २०८१ शुक्रबार
राष्ट्रपतिद्वारा ढुङ्गानाका परिवारप्रति समवेदना
मंसिर ६, २०८१ बिहिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
मंसिर ७, २०८१ शुक्रबार
फिल्म ‘परालको आगो’ मा सुहाना अनुबन्ध
मंसिर ८, २०८१ शनिबार
अडानीलाई केन्यामा झट्का, एक अर्ब ८२ करोड डलरको सम्झौता रद्द
मंसिर ८, २०८१ शनिबार
विभिन्न कार्यक्रमहरु गरी गरिमा विकास बैंकले मनायो १८औं वार्षिकोत्सव
मंसिर ८, २०८१ शनिबार
बीआरआई कसरी स्वीकार्ने ?
मंसिर ८, २०८१ शनिबार
विशेष अदालतबाट न्यायीक फैसला नभएको भन्दै विभिन्न मुद्दा लिएर सर्वोच्च गयो अख्तियार
मंसिर ८, २०८१ शनिबार