मुख्यमन्त्री चौधरीसँग राउटेले मागे ८६ घर परिवारका लागि दशै खर्च
नेपालबहस संवाददाता
असोज ४, २०८० बिहिबार १५:४७:५५
४ असोज, दाङ । फिरन्ते जीवन बिताइरहेका राउटे समुदायका प्रतिनिधिहरुले लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीसँग भेटघाट गरेका छन । बिहीवार मुख्यमन्त्री कार्यालयमा आएका राउटे मुखियाका प्रतिनिधि विर्खेबहादुर शाहीको टोलीर मुख्यमन्त्रीबीच भेटघाट भएको हो ।
राउटे शाहीले सरकारसँग दशैँ खर्च माग्न आएको भन्दै मुख्यमन्त्रीलाई दशै खर्च दिन आग्रह गरेका छन । अब दशैँ आइसक्यो, हाम्रो जनताले दशैमा बलि पनि दिनु पर्छ, खसी पनि खानु पर्छ, सरकारले पैसा दिनु पर्यो , उनले भने ८६ घर जनता छ, खसी खाना सरकारले २ लाख दिनु पर्छ ।
उनले सबै मत्रीहरुले आफूहरुलाई दशै खर्च दिनुपर्ने बताए । हामीले लगेर सबै जनतालाई बाड्ने काम गर्छौ खसी किन्न पैसा चाहियो भन्दै उनले आफुहरु अहिले दैलेखमा बसीरहेको र दशै खर्चका लागि दाङ आएको बताए । तिज खर्चकै लागि आएका हौ, उनले भने, तीज गइगो अब दशै खर्च जुटाउनु परेको छ ।
मुख्यमन्त्री चौधरीले राज्ले राउटे समुदायको लागि गर्न सहयोग गर्ने, दशै खर्चको व्यवस्थापन गर्न सकारात्मक भएको बताए । उनले दशै खर्चका लागि आबश्यक रकम राउटे समुदायलाई दिने व्यवस्था गरिने बताए । राउटेहरुलाई पहिलेदेखि नै सरकारले दशै खर्च दिदै आएको इतिहास पनि रहेछ, राउटेलाई खर्चकै कारण दशै मनाउन समस्या हो भने लुम्बिनीले पनि केहि सहयोग गर्छ, मुख्यमन्त्री चौधरीले भने, २÷३ दिनमा सरकारको केहि सहयोग हुन्छ । भेटघाटमा अर्थमन्त्री धनबहादुर मास्की तथा प्रमुख सचिव राधिका अर्यालको समेत सहभागिता रहेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमधेशी समुदायमाथि विभेद र उपेक्षा अझै कायम
कात्तिक २६, २०८१ सोमबार
कांग्रेसका सभापति देउवा डडेल्धुरामा, अधुरा आयोजना सम्पन्न गर्ने प्रतिबद्धता
कात्तिक २६, २०८१ सोमबार
लाल आयोगको प्रतिवेदन सार्वजनिक
कात्तिक २६, २०८१ सोमबार
लुम्बिनीका ६ पदमा तीन दलको भीडन्तः रुकुममा माओवादी हराउन कांग्रेस-एमालेबीच गठबन्धन
नेपालबहस संवाददाता
कात्तिक २५, २०८१ आइतबार
के ओली बीआरआई आफ्नै पालामा लागु गराउन चाहन्छन ?
नेपालबहस संवाददाता
कात्तिक २५, २०८१ आइतबार
रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न कास्की अदालतबाट प्रहरीले पायो अनुमति
नेपालबहस संवाददाता
कात्तिक २५, २०८१ आइतबार
हसिनालाई फर्काउन बंगलादेशको अन्तरिम सरकारको पहल
कात्तिक २६, २०८१ सोमबार
ट्रम्पद्वारा पुटिनसँग कुराकानी, युक्रेनमा तनाव नबढाउन चेतावनी
कात्तिक २६, २०८१ सोमबार
वन मन्त्रालयमा अख्तियारको पत्र, कोप–२९ मा सहभागीको मन खिन्न
कात्तिक २६, २०८१ सोमबार
मधेशी समुदायमाथि विभेद र उपेक्षा अझै कायम
कात्तिक २६, २०८१ सोमबार
कांग्रेसका सभापति देउवा डडेल्धुरामा, अधुरा आयोजना सम्पन्न गर्ने प्रतिबद्धता
कात्तिक २६, २०८१ सोमबार
लिग-२ मा नेदरल्याण्डसमाथि ओमानको एक रनको रोमाञ्चक जित
कात्तिक २६, २०८१ सोमबार
लुम्बिनी लायन्समा महानायक राजेश हमाल ब्रान्ड एम्बास्डर नियुक्त
कात्तिक २६, २०८१ सोमबार
लाल आयोगको प्रतिवेदन सार्वजनिक
कात्तिक २६, २०८१ सोमबार
कोप–२९ उद्घाटन, जलवायुजन्य समस्याका समाधान खोजिने विश्वास
कात्तिक २६, २०८१ सोमबार