सिरियाली राष्ट्रपतिले एसियाली खेलकुदको उद्घाटन समारोहमा भाग लिने
नेपालबहस संवाददाता
असोज ४, २०८० बिहिबार १५:५२:४५
४ असोज, एजेन्सी । सिरियाका राष्ट्रपति बसर अल–असद चीन भ्रमाणका क्रममा बिहीबार झेजियाङ प्रान्तको राजधानी हाङझाउ पुगेका छन् । राज्य प्रसारण संस्था चाइना सेन्ट्रल टेलिभिजनका अनुसार सिरियाली नेताको यो दुई दशकपछिको पहिलो औपचारिक चीन भ्रमण हो । राष्ट्रपति सी चिनफिङसँग शनिबार एसियाली खेलकुद प्रतियोगिताको उद्घाटन समारोहमा सिरियाली राष्ट्रपतिले भाग लिनेछन् ।
यही असोज ५ गतेदेखि २१ गतेसम्म हुने उक्त प्रतियोगितामा अफगानिस्तान, बहराइन, बङ्गलादेश, भूटान, ब्रुनाइ, क्याम्बोडिया, चीन, चाइनिज ताइपेई, हङकङ, भारत, इण्डोनेशिया, इरान, इराक, जापान, जोर्डन, कजाकस्तान, कुवेत, किर्गिस्तान, लाओस, लेबनान, मकाउ, मलेसिया, मालदिभ्स, मङ्गोलिया, म्यान्मा, नेपालसहित ४५ देशले विभिन्न खेलमा प्रतिस्पर्धा गर्नेछन् ।
त्यसैगरी प्रतियोगितामा उत्तर कोरिया, ओमान, पाकिस्तान, प्यालेष्टाइन, फिलिपिन्स, कतार, साउदी अरब, सिङ्गापुर, दक्षिण कोरिया, श्रीलङ्का, सिरिया, ताजकिस्तान, थाइल्याण्ड, टिमोर लेत्से, तुर्कमेनिस्तान, संयुक्त अरब इमिरेट्स, उज्वेकिस्तान, भियतनाम र यमनका खेलाडी सहभागी छन् ।
अठचालिस देश भएको एशिया महादेशका चार मुलुक युक्रेन, रुस, बेलारुस र इजरायल उक्त प्रतियोगितामा सहभागी छैनन् । अन्तरराष्ट्रिय ओलम्पिकक कमिटी 'आइओसी'ले युक्रेनमा रुसले आक्रमण गरेकाले मस्कोविरुद्ध प्रतिबन्ध लगाएको छभने रुसको सहयोगी बेलारुसलाई पनि युक्रेन युद्धमा सघाएकाले आइओसीले प्रतिबन्ध लगाएको हो । धेरै अरब मुलुक उक्त प्रतियोगितमा सहभागी भएकाले विगतदेखि नै इजरायल एसियाली खेलकुद प्रतियोगिताबाट बाहिर रहँदै आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसंघसंस्था बीच फुटसल प्रतियोगिता उपाधि खेलकुद पत्रकार मञ्चलाई
कात्तिक २४, २०८१ शनिबार
पाँच किमी दौडमा पुरुषतर्फ कार्की र महिलातर्फ भण्डारी
कात्तिक २४, २०८१ शनिबार
टेबलटेनिसमा नेपालले साउदीलाई हरायो
कात्तिक ११, २०८१ आइतबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
मंसिर ७, २०८१ शुक्रबार
आज जन्म लिने बच्चा सिंह राशीको हुने
मंसिर ८, २०८१ शनिबार
उपत्यकाको न्यूनतम तापक्रम ९.५ डिग्री, अधिकतम २३ डिग्रीसम्म पुग्ने
मंसिर ८, २०८१ शनिबार
खुमलटारमा प्रचण्ड निवास नजिकै शंकास्पद् बस्तु भेटियो
मंसिर ७, २०८१ शुक्रबार
प्रधानमन्त्री ओलीको एलन मस्कसँग भर्चुअल वार्ता, के भयो कुराकानी ?
मंसिर ७, २०८१ शुक्रबार
दरबारमार्गमा फोहोर गरेको भन्दै काठमाडौं महानगरले एमालेलाई गर्यो एक लाख जरिवाना
मंसिर ७, २०८१ शुक्रबार
लेबनानमा सन् २०२३ अक्टोबर ७ पछि २२६ स्वास्थ्यकर्मीको मृत्यु
मंसिर ७, २०८१ शुक्रबार