रास्वपाले सम्झायाे आन्दोलनरत शिक्षकहरूलाई विद्यार्थीको पढ्न पाउने अधिकार
नेपालबहस संवाददाता
असोज ४, २०८० बिहिबार १६:२३:१८
४ असोज, काठमाडौं । प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आन्दोलनरत शिक्षकहरुलाई विद्यार्थीको पढ्न पाउने अधिकार कुण्ठित नगर्न ध्यानाकर्षण गराएको छ । शिक्षा विधेयकको विरोधमा देशभरका सामुदायिक विद्यालयका शिक्षकहरू पठनपाठन ठप्प पारेर काठमाडौंमा सडक आन्दोलनमा उत्रिएपछि रास्वपाले विद्यार्थीको अधिकारबारे स्मरण गराएको हो ।
पार्टीका महासचिव मुकुल ढकालले आज एक प्रेस विज्ञप्ति निकालेर शिक्षकहरूको जायज मागहरुबारे संवेदनशील रहेको जनाउँदै उचित माग सम्बोधन गर्नुपर्नेमा जोड दिएका छन् । उनले माग पूरा गराउनवैकल्पिक विधिहरू भएको र विद्यार्थीहरूको पढ्न पाउने अधिकारलाई कुण्ठित गर्न नहुने बताए ।
शिक्षा मन्त्री अशोक राईले गत बुधबार संसदमा दर्ता गराएको विधेयकका राखिएका केही बुँदाप्रति असहमति जनाउँदै नेपाल शिक्षक महासंघको नेतृत्वमा सामुदायिक विद्यालयका शिक्षकहरू काठमाडौंमा बुधबारदेखि सडक आन्दोलनमा छन् । माग पूरा नभएसम्म सडक नछाड्ने र जिल्ला नफर्कने उनीहरूको अडान छ ।
यसैबीच आजै नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगनकुमार थापाले विधेयक संसदमा दर्ता भइसकेको र शिक्षकको भावना र पेसागत सुरक्षाको पक्षमा हुने गरी संशोधन गर्ने आश्वासन दिएका छन् । उनले संशोधनबाट सच्याउने प्रतिवद्धता जनाउँदै विद्यालयमा पठनपाठन बन्द नगर्न आग्रह गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभारतको सहयोगमा पद्मकन्या विद्यालयमा बनेको छात्रावासको उद्घाटन
जेठ १४, २०८१ सोमबार
अत्यधिक गर्मीले वीरगञ्जका विद्यालय बन्द
जेठ १४, २०८१ सोमबार
हुम्लामा दुई विद्यार्थीलाई पढाउन तीन शिक्षक
जेठ १०, २०८१ बिहिबार
सीमा सुरक्षा प्रहरी चौकी
नेपालबहस संवाददाता
जेठ १४, २०८१ सोमबार
फेरिए नारायणी अस्पतालको मेसु, डा.एनामुलले पाए जिम्मेवारी
आबिद हुसेन
जेठ १३, २०८१ आइतबार
सिरोहिया पक्राउ बारे बोलेका महजोडीले चौतर्फी आलोचना भएपछि मागे माफी
जेठ १४, २०८१ सोमबार
सीमा सुरक्षा प्रहरी चौकी
जेठ १४, २०८१ सोमबार
बजेटबारे छलफल गर्न प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्
जेठ १५, २०८१ मंगलबार
साउदी लिगमा रोनाल्डोको किर्तिमान
जेठ १५, २०८१ मंगलबार
दोस्रो जासुसी उपग्रह प्रक्षेपण गर्दै उत्तर कोरिया
जेठ १५, २०८१ मंगलबार
विश्वकप वार्म-अप खेल : क्यानडासँग नेपाल पराजित
जेठ १५, २०८१ मंगलबार
गलतको ठाउँमा सही चुन्ने विकल्प नै गणतन्त्र : अध्यक्ष ओली
जेठ १५, २०८१ मंगलबार