सेवा प्रवाहमा प्रहरीको आचरण र व्यवहार सुधार्नुपर्छ ः महानिरीक्षक कुँवर
नेपालबहस संवाददाता
असोज ४, २०८० बिहिबार १६:४४:४७
४ असोज, काठमाडौं । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नेपाल प्रहरीबाट प्रवाह हुने सेवामा आचरण र व्यवहर सुधार गर्दै लैजानुपर्ने बताएका छन् । उनले नेपाल प्रहरीले गर्ने काम कारबाहीमा राज्यको अनुहार देखिने भएकाले सेवा प्रवाहमा अरूलाई सहज हुने गरी काम गर्नुपर्ने बताए ।
बिहीबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा महानिरीक्षक कुँवरले प्रहरीभित्र सरुवा मापदण्ड अन्तर्गत पहुँचवाला मान्छेले मात्र अवसर पाउने कारणले समस्या आएको उल्लेख गरे ।
उनले भने, ‘प्रहरीभित्र सरुवा मापदण्ड सिनियर अफिसरदेखि कार्यलय सहयोगीसम्मको मापदण्डको त्यही अनुसारको विधिका गएका छौं । यहाँ त कस्तो रहेछ भने जसको पहुँच छ, त्यो पहुँचवाला मान्छेले मात्र अवसर पाउने कारणले समस्या आएको छ । यो कारणले पनि प्रहरीको मनोबल बढेको छैन । अहिले जो ढोका चार्न सक्दैन, जो शक्तिमा हुँदैन जो पहुँचमा सक्दैन ती व्यक्तिहरूले स्थान नपाएको अवस्था छ । यसको लागि प्रहरीले आफ्नो आचरण र व्यवहार सुधार गर्नुपर्छ ।’
महानिरीक्षक कुँवरले प्रहरीमा सुन्ने सहनशिलता हुनुपर्ने र बेला बखतमा प्रहरीलाई लाग्ने गरेको आरोप प्रत्यारोप सहन सक्नुपर्ने बताए । उनले सबै कुराहरूलाई स्वीकार गरेर जाने सन्दर्भमा पहिले आफू भित्रको समस्या नै समाधान गर्नुपर्ने बताए । महानिरीक्षक कुँवरले विशुद्ध व्यावसायिक बन्न सक्यो भने आम नागरिकलाई सेवा प्रवाह गर्न सक्ने विश्वास व्यक्त गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रहरी अतिरिक्त महानिरीक्षकद्वय गुरुङ र ढकाललाई दर्ज्यानी चिन्ह प्रदान
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
नेपालबहस संवाददाता
मंसिर ६, २०८१ बिहिबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
मंसिर ८, २०८१ शनिबार
बीआरआई कसरी स्वीकार्ने ?
मंसिर ८, २०८१ शनिबार
चितवनमा स्कुल बस दुर्घटना: २८ जना घाइते
मंसिर ८, २०८१ शनिबार
भारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार
काठमाडौंमा आज तीन जना मृत भेटिए
मंसिर ८, २०८१ शनिबार