सनातन धर्मको महत्व दर्शाउने कार्यक्रम ‘युटोपिया-एक सुन्दर भविष्य’ आउँदै
नेपालबहस संवाददाता
असोज ४, २०८० बिहिबार १६:५८:१४
४ असोज, काठमाडौं । सनातन धर्मको महत्व दर्शाउने कार्यक्रम ‘युटोपिया-एक सुन्दर भविष्य’ निर्माण हुने भएको छ । मेगा आर्ट एण्ड ईन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको कार्यक्रमलाई राष्ट्रिय टेलिभिजनबाट छिट्टै प्रशारण गर्ने तयारी समेत गरिएको छ । चलचित्र लेखक, निर्देशक, पत्रकार एवं युवा ज्योतिषको रूपमा परिचित जनक खड्काले कार्यक्रम प्रस्तुत एवं निर्देशन गर्नेछन् ।
'सनातन' को अर्थ -शाश्वत वा 'अनन्त' अर्थात्, जसको न त सुरुवात छ न अन्त्य नै भन्ने हुन्छ । यस धर्मको कोही प्रवर्तक नभई साक्षात ईश्वरलाई नै यस धर्मले मान्ने गर्दछ । त्यस्तै अंग्रेजी शब्द युटोपियाको अर्थ स्वप्नलोक वा रामराज्य हुने गर्दछ ।
राजनितिज्ञ एवं लेखक नवराज लम्सालको कार्यकारी निर्माणमा बन्न लागेको यस कार्यक्रमका निर्माता समाजसेवामा क्रियाशील रहेका पिटर कुमार श्रेष्ठ रहेका छन् । कार्यक्रममा देशका विशिष्ट योगदान पुर्याउने व्यक्तिहरूलाई अतिथिको रूपमा बोलाएर हिन्दु धर्मको चुनौती, महत्व र अवसरलाई विश्लेषण गर्दै वैदिक ज्योतिषशास्त्रको आधारमा समेत अतिथिको जन्मकुण्डलि बिश्लेषण गर्ने कार्यक्रमको लक्ष्य रहेको सञ्चारकर्मी तथा कार्यक्रम निर्माण समूहका सदस्य विवेक कुमार ठाकुरले बताएका छन् । उनका अनुसार सञ्चारकर्मी पंकज मिश्रले कार्यक्रममा एक हिन्दू धर्म सम्बन्धी विशेष रिपोर्ट प्रस्तुत गर्नेछन् ।
अहिलेको अत्याधुनिक युगमा जीउन सिकाउने शास्त्र भनेकै सनातन धर्म भएको तथा सनातन धर्ममा आधारित भएर विज्ञान बनेकोले यसको प्रार गर्न आवश्यक भएको निर्देशक खड्काले बताए । कार्यक्रममा धर्मका साथै धर्मसंग जोडिएको विज्ञानको विषयमा समेत बहस हुनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअर्जुनधारामा बालाचर्तुदशी मेलाको तयारी पूरा
मंसिर १४, २०८१ शुक्रबार
विवाह पञ्चमीलाई व्यवस्थित बनाउन दुई हजारबढी सुरक्षाकर्मी परिचालन
मंसिर १२, २०८१ बुधबार
पाथीभरामा विदेशी पर्यटकको चहलपहल बढ्यो
मंसिर १२, २०८१ बुधबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
इजरायली आक्रमणमा सात प्यालेस्टिनीको मृत्यु, कैयौँ घाइते
मंसिर १४, २०८१ शुक्रबार
ओपनिङ गर्ने बेला भारतीय क्रिकेटर पटेलको हृदयघातका कारण निधन
मंसिर १४, २०८१ शुक्रबार
विराट कोहली आरसीबीको अर्को कप्तान बन्ने
मंसिर १४, २०८१ शुक्रबार
तातोपानी कुण्डमा स्नान गर्दै
मंसिर १४, २०८१ शुक्रबार
सामाजिक सञ्जाल प्रयोगकर्तालाई दण्डनीय कार्य नगर्न गृहको चेतावनी, के के गर्दा हुन्छ कारवाही ?
मंसिर १४, २०८१ शुक्रबार