आन्दोलनरत शिक्षकहरुसँग वार्ता गर्ने जिम्मा उपप्रधानमन्त्री श्रेष्ठलाई
नेपालबहस संवाददाता
असोज ४, २०८० बिहिबार १७:३०:२०
४ असोज, काठमाडौं । सरकारले देशभरका सामुदायिक विद्यालयका आन्दोलनरत शिक्षकहरुसँग वार्ता गर्ने जिम्मा उपप्रधान एवं गृहमन्त्री नारा नारायणकाजी श्रेष्ठलाई जिम्मेवारी दिएको छ ।
कार्यवाहक प्रधानमन्त्रीको समेत जिम्मेवारी सम्हालिरहेका रक्षामन्त्री पूर्णबहादुर खड्काले आन्दोलनरत शिक्षकहरूले शिक्षा मन्त्रीसँग वार्ता नगर्ने अडान लिएको उल्लेख गर्दै उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई वार्ता गर्ने जिम्मा दिइएको जानकारी गराएका छन् ।
उनले शिक्षकहरुका समस्या समाधान गर्न सरकार तयार रहेको समेत बताए । नेपाली कांग्रेसको सानेपामा जारी केन्द्रीय बैठकमा शिक्षकहरुले शिक्षा विधेयकको विरोधमा काठमाडौंमा दुई दिनदेखि जारी राखेको आन्दोलनबारे सरकारको धारणा माग गरेपछि जवाफ दिँदै मन्त्री खडकाले सो कुरा बताएका हुन् । उनले मन्त्री श्रेष्ठले शिक्षकहरुसँग छलफल सुरु गरिसकेको बताए ।
विधेयकविरुद्ध १८ बुँदे माग राख्दै बुधबारदेखि देशभरका शिक्षकहरुले नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिको नेतृत्वमा काठमाडौं आएर सडक आन्दोलन चलाइरहेका छन् ।
विधेयकलाई सरोकारवाला पक्षसँग छलफल नै नचलाई खुरुक्क संसदमा दर्ता गराएको भन्दै शिक्षामन्त्री अशोक राईको राजीनामा माग शिक्षकहरुले गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभारतको सहयोगमा पद्मकन्या विद्यालयमा बनेको छात्रावासको उद्घाटन
जेठ १४, २०८१ सोमबार
अत्यधिक गर्मीले वीरगञ्जका विद्यालय बन्द
जेठ १४, २०८१ सोमबार
हुम्लामा दुई विद्यार्थीलाई पढाउन तीन शिक्षक
जेठ १०, २०८१ बिहिबार
सीमा सुरक्षा प्रहरी चौकी
नेपालबहस संवाददाता
जेठ १४, २०८१ सोमबार
के तपाईको हातमा पैसा जोगिदैन ? यी तरिकाहरु अपनाउनुस् !
नेपालबहस संवाददाता
जेठ १२, २०८१ शनिबार
सिरोहिया पक्राउ बारे बोलेका महजोडीले चौतर्फी आलोचना भएपछि मागे माफी
जेठ १४, २०८१ सोमबार
सीमा सुरक्षा प्रहरी चौकी
जेठ १४, २०८१ सोमबार
एकीकृत समाजवादीले महाधिवेशनको दस्तावेज मातहतका कमिटीलाई पठाउने
जेठ १४, २०८१ सोमबार
मङ्गलबार गणतन्त्र दिवस मनाइँदै
जेठ १४, २०८१ सोमबार
‘योजना कार्यान्वयन नहुँदा विकासमा पछि पर्यो कर्णाली’
जेठ १४, २०८१ सोमबार
भारतको सहयोगमा पद्मकन्या विद्यालयमा बनेको छात्रावासको उद्घाटन
जेठ १४, २०८१ सोमबार
वनको घनत्वसम्बन्धी ११ सूचकमध्ये ६ को प्रगति न्यून, ४ को शून्य
जेठ १४, २०८१ सोमबार
विकल पौडेल अर्को भ्रष्टाचार मुद्दामा पनि दोषी ठहर
जेठ १४, २०८१ सोमबार