शिक्षकका जायज मागहरू सम्बोधन गर्न शिक्षा मन्त्रीलाई एमालेको ज्ञापनपत्र
नेपालबहस संवाददाता
असोज ४, २०८० बिहिबार १७:५२:१४
४ असोज, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले आन्दोलनरत शिक्षकहरुका जायज माग सम्बोधन गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईलाई ज्ञापनपत्र बुझाएको छ । बिहीबार एमाले संसदीय दलका सचेतक महेश बर्तौला नेतृत्वको टोलीले मन्त्री अशोककुमार राईलाई सिंहदरबारस्थित कार्यकक्षमा भेट गरी ज्ञापनपत्र बुझाएको हो ।
टोलीले आन्दोलनको नेतृत्व गरिरहेको शिक्षक महासंघका पदाधिकारीसँग वार्ता गरी समस्या समाधान गर्न र तत्काल विद्यालय संचालन गर्ने वातावरण तत्काल बनाउन मन्त्री राईसँग आग्रह गरेको सचेतक बर्तौलाले बताए ।
मन्त्री राईले गत बुधबार संसदमा दर्ता गराएको शिक्षा विधेयकको विरोधमा देशभरका सामुदायिक विद्यालयका हजारौं शिक्षकहरु अहिले काठमाडौं जम्मा भएर २ दिनदेखि सडक आन्दोलन गरिरहेका छन् । उनीहरु नेपाल शिक्षक महासंघको नेतृत्वमा १८ बुँदै माग राखेर आन्दोलन चलाइरहेका छन् । माग पूरा नभएसम्म काठमाडौं नछाड्ने अडान उनीहरुको छ ।
यसैबीच सरकारले शिक्षकहरुसँग वार्ता गर्ने जिम्मा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई आजै मात्र दिएको छ । आन्दोलनरत शिक्षकहरुले मन्त्री राईसँग वार्ता नगर्ने अडान नछाडेपछि कार्यवाहक प्रधानमन्त्री समेत रहेका रक्षामन्त्री पूर्णबहादुर खडकाले वार्ता गर्ने जिम्मा मन्त्री श्रेष्ठलाई दिएको जानकारी दिएका हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनारीवादी नीतिको अनुशरण गर्न आवश्यक छः परराष्ट्रमन्त्री राणा
पुष ३, २०८१ बुधबार
यस्तो छ नेकपा एसका नेताहरुको कार्यविभाजन
पुष ३, २०८१ बुधबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
एकीकृत समाजवादीको केन्द्रीय सचिवालय गठन
पुष २, २०८१ मंगलबार
नारीवादी नीतिको अनुशरण गर्न आवश्यक छः परराष्ट्रमन्त्री राणा
पुष ३, २०८१ बुधबार
नागरिकका चासोका विषय प्रसार गर्नुपर्ने
पुष ३, २०८१ बुधबार
पर्सामा मिटर ब्याजविरुद्ध प्रहरीको कदम, ३३ बिघाभन्दा बढी सम्पत्ति फिर्ता
पुष ३, २०८१ बुधबार
आचार्य र पुनको ठाउँमा केसी र पराजुली नियुक्त
पुष ३, २०८१ बुधबार
जनकपुरलाई ८ विकेटले पराजित गर्दै एनपीएलको फाइनलमा पुग्यो सुदूरपश्चिम रोयल्स
पुष ३, २०८१ बुधबार