शिक्षकहरुकाे आन्दोलन हिंसात्मक बन्न सक्ने भन्दै मानवअधिकार आयोगले गरायाे सचेत
विद्यार्थीको पढ्न पाउने अधिकारप्रति संवेदनशील बन्न आग्रह
नेपालबहस संवाददाता
असोज ४, २०८० बिहिबार १८:४:३८
४ असोज, काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले बिहीबार एक प्रेस विज्ञप्ति निकालेर विद्यार्थीको पढ्न पाउने अधिकारप्रति संवेदनशील बन्न आन्दोलनरत शिक्षकहरुसँग आग्रह गरेको छ ।
आफ्ना मागहरु सम्बोधन गराउन विद्यालय नै बन्द गरी पठनपाठनमा अवरुद्ध गर्दा बालबालिकाको शान्तिपूर्ण वातावरणमा शिक्षा प्राप्त गर्ने अधिकारको उल्लंघन भएको आयोगको निष्कर्ष छ । विद्यालय बन्दले विद्यालय शान्ति क्षेत्र घोषणालाई समेत प्रत्यक्ष असर पर्न पुगेको आयोगको भनाइ छ ।
सरकारले ल्याएको विद्यालय शिक्षा विधेयकको विरोध देशभरका सामुदायिक विद्यालयका हजारौं शिक्षक विद्यालय बन्द गरेर काठमाडौंमा ३ दिनदेखि आन्दोलन चलाइरहेका छन् । आन्दोलनको नेतृत्व नेपाल शिक्षक महासंघले गरिरहेको छ ।
आफ्ना मागहरु पूरा गराउन विद्यालय बन्दबाहेकको विकल्प खोज्न र वार्ताको माध्यमबाट समस्याको समाधान निकाल्न समेत विज्ञप्तिमार्फत संवद्ध पक्षलाइ भनेको छ । आन्दोलनमा हिंसात्मक अवस्था सिर्जना हुनसक्ने तर्फ समेत सचेत गराइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसञ्चारमन्त्री गुरुङद्वारा भवन उद्घाटन
पुष ४, २०८१ बिहिबार
विद्युत् सट भई आगलागी हुँदा १० लाख बढीको क्षति
पुष ४, २०८१ बिहिबार
प्लास्टिकजन्य फोहोर नजलाउन वन तथा वातावरण मन्त्रालयको आग्रह
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
एनआरटी क्लब झापा कपको सेमिफाइनलमा
पुष ४, २०८१ बिहिबार
प्रथम अदानचुली साँस्कृतिक तथा पर्यटकीय महोत्सव हुने
पुष ४, २०८१ बिहिबार
निजामती विधेयक छलफलः ‘सरुवा र बढुवामा हुने मनपरि रोक्ने ऐन बनाऔं’
पुष ४, २०८१ बिहिबार
दमकमा दुई जना युवतीसँग होटलमा बसेका युवा मृत फेला
पुष ४, २०८१ बिहिबार
भारतले च्याम्पियन्स ट्रफी पाकिस्तानमा नभई तटस्थ मैदानमा खेल्ने
पुष ४, २०८१ बिहिबार