शिक्षकहरूको समस्या चाँडै समाधान हुन्छ : कार्यवाहक प्रधानमन्त्री खड्का
नेपालबहस संवाददाता
असोज ४, २०८० बिहिबार १८:९:३४
४ असोज, काठमाडौं । कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले शिक्षकहरूको समस्या चाँडै समाधान हुने बताएका छन् । बिहीबार सानेपामा बसेको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा उनले शिक्षकका समस्याबारे सरकार गम्भीर भएको र वार्ता थालेको जानकारी दिए ।
बैठकमा उनले शिक्षकहरूले मुलुकको अवस्था र संविधानले गरेको प्रबन्धलाई बुझेको र वार्ताबाट चाँडै समस्या समाधान हुने विश्वास व्यक्त गरे । ‘उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको नेतृत्वमा आजदेखि शिक्षकहरूसँग वार्ता सुरू भएको छ । शिक्षकहरूको समस्या समाधान हुन्छ । हामीले समस्या समाधान गर्छौं।’
उनले वार्तामा सरकारले गरेको सहमति कार्यान्वयन गरेरै छाड्ने बताए । शिक्षा नियमावलीमा राख्नुपर्ने बाँकी विषय छलफल र वार्ता गरेर टुंग्याउने उनको भनाइ छ ।
सरकारले ल्याएको विद्यालय शिक्षा विधेयकमा असन्तुष्टि जनाउँदै शिक्षकहरूले बुधबारदेखि काठमाडौं केन्द्रित आन्दोलन जारी राखेका छन् । नेपाल शिक्षक महासंघ र उपप्रधानमन्त्री श्रेष्ठसहितले आज विहान गृह मन्त्रालयमा वार्ता गरे पनि छलफल निष्कर्षमा पुगेको थिएन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
न्यायालयको गरिमा कायम राख्न पारदर्शिता चाहिने
पुष ३, २०८१ बुधबार
आर्थिक कूटनीतिलाई प्राथमिकतामा राख्न राजदूतहरुलाई आग्रह
पुष ३, २०८१ बुधबार