नेपालले दुई महिनामा भारतलाई बेच्यो ५ अर्ब ४३ करोड रुपैयाँको बिजुली
औसत बिक्री दर प्रतियुनिट १० रुपैयाँ ३७ पैसा
नेपालबहस संवाददाता
असोज ४, २०८० बिहिबार १८:२६:३९
४ असोज, काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को सुरुको दुई महिनामा नेपालले भारतलाई ५ अर्ब ४३ करोड ३१ लाख रुपैयाँको विद्युत भारततर्फ बिक्री गरेको छ ।
साउनमा १ अर्ब ९४ करोड ८४ लाख र भदौमा ३ अर्ब ४८ करोड ४८ लाख रुपैयाँको विद्युत् भारतीय बजारमा निर्यात गरेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।
भारतलाई बिक्री गरिएको बिजुलीको मूल्य प्रतियुनिट औसत बिक्री दर साउनमा ८ रुपैयाँ १३ पैसा र भदौमा १२ रुपैयाँ २७ पैसा रहेको जनाइएको छ । दुई महिनाको समग्र औसत बिक्री दर प्रतियुनिट १० रुपैयाँ ३७ पैसा रहेको छ । माग र आपूर्तिका आधारमा हरेक महिना निर्यात बिजुलीको मुूल्य फरक हुन सक्ने प्राधिकरणले जनाएको छ ।
प्रधानमन्त्री प्रचण्डको गएको असार तेस्रो साता भएको भारत भ्रमणका क्रममा भारतले नेपालबाट १० वर्षमा १० हजार मेगावाट विजुली खरिद गर्ने सम्झौता भएको थियो । उक्त सम्झौतालाई भारत सरकारको मन्त्रिपरिषद्ले हालै मात्र अनुमोदन गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडानका निरन्तर पहल
पुष १२, २०८१ शुक्रबार
बाँकेका तीन उद्योगविरुद्ध मुद्दा दायर
पुष ९, २०८१ मंगलबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
नेपालबहस संवाददाता
पुष ११, २०८१ बिहिबार
मेयर कप भेट्रान फुटबल हुने
नेपालबहस संवाददाता
पुष १०, २०८१ बुधबार
प्रधानमन्त्री ओलीले विश्वासको मत मागेकै दिन भीम रावलले त्याग्नु भएको होः पोखरेल
पुष १२, २०८१ शुक्रबार
रूस–युक्रेन युद्धमा नियन्त्रणमा लिइएका कोरियाली सैनिकको मृत्यु : सियोल
पुष १२, २०८१ शुक्रबार
भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने
पुष १२, २०८१ शुक्रबार
नागरिकता समस्या समाधान अध्ययन समितिले बुझायो प्रतिवेदन, वितरणलाई सहज बनाउन सुझाव
पुष १२, २०८१ शुक्रबार
फुटबलः चर्च ब्वाइज विजयी
पुष १२, २०८१ शुक्रबार
सहकारी ठगी प्रकरणः दुई दिन लगाएर सकियो लामिछानेको बयान, अरुको आइतबारदेखि सुरु हुने
पुष १२, २०८१ शुक्रबार
जापानी सुजुकी कम्पनीका पूर्व अध्यक्ष ओसामुको निधन
पुष १२, २०८१ शुक्रबार
अन्तर प्रदेश विकासका लागि लुम्बिनी र कर्णालीका मुख्यमन्त्रीले गरे १९ बुँदे साझा सहमति
पुष १२, २०८१ शुक्रबार
न्याय परिषदद्वारा उच्च अदालतका ९ र जिल्लाका १६ जना न्यायाधीशलाई सरुवा गर्न सिफारिस
पुष १२, २०८१ शुक्रबार