दुवै पक्ष आन्तरिक तयारीमा लागेकाले सरकार र आन्दोलनरत शिक्षकबीचको वार्ता १२ बजे पछि सारियो
नेपालबहस संवाददाता
असोज ५, २०८० शुक्रबार १०:३०:२९
५ असोज, काठमाडौं । आन्दोलनरत शिक्षकहरूसँग शुक्रबार बिहान ८ बजे गर्ने भनिएको वार्ता चार घन्टा पर सरेको छ । असोज ३ गते देखी देशैभरीका शिक्षकहरूले काठमाडौं केन्द्रित आन्दोलन गरेपछि सरकारले उनीहरूलाई वार्तामा बोलाएको थियो ।
बिहिबार बिहान र राती भएको वार्ता निष्कर्षबिहिन भएपछि आज बिहान ८ बजेका लागि बोलाइएको थियो । तर, सो वार्ता अब १२ बजेपछि सिंहदरबारमा हुनेछ । शिक्षकहरूको मागका बारेमा सरकारले आन्तरिक छलफल गर्न अझै बाँकी रहेको भन्दै थप समय मागेपछि बार्ता १२ बजेपछिका लागि सारिएको हो ।
नेपाल शिक्षक महासंघका महासचिव लक्ष्मी किशोर सुवेदीको अनुसार यतिखेर सरकार र आन्दोलनरत शिक्षक दुवै आन्तरिक छलफलमा जुटेका छन । यसअघि कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्कासहित, उपप्रधान तथा गृह मन्त्री नारायणकाजी श्रेष्ठ तथा कानून, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरूङ, शिक्षा मन्त्री अशोक राई लगायतले बिहान एक चरण आन्तरिक छलफल गरेका थिए ।
सो छलफल पूर्ण नभएपछि थप समय माग गरिएको हो । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले पनि शिक्षकहरूका मागमा आज निष्कर्षमा पुग्ने दाबी गरेका छन् । आजको वार्तामा शिक्षकहरूको माग पूरा गर्ने गरी छलफल हुने र निष्कर्षमा पुगिने उनको भनाइ छ ।
शिक्षकहरूसँगको औपचारिक वार्ता सुरु हुनुअघि गृह, शिक्षा, सञ्चार र कानुन मन्त्रीहरूबीच भएको आन्तरिक छलफलमा सहभागी मन्त्री गुरुङले भने, ‘शिक्षक साथीहरूका मागमा हामीले बुँदागत रुपमा हिजोदेखि नै छलफल गरेका छौं । अब अन्तिम टुंगो लगाउने छौं । आज टुंगिन्छ ।’
मन्त्रीहरूको आन्तरिक छलफलपछि गृह मन्त्रालयमा शिक्षक प्रतिनिधिहरूसँग औपचारिक वार्ता सुरू हुने छ । यसअघि बिहीबार पनि २ पटक वार्ता भएपनि कुनै निष्कर्ष निस्किन सकेको थिएन । शिक्षकहरू विद्यालय बन्द गरेर बुधबारदेखि काठमाडौं केन्द्रित आन्दोलनमा छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रदेश क्षेत्रका गरिब तथा जेहेन्दारलाई शैक्षिक सामग्री
कात्तिक २६, २०८१ सोमबार
सकियो एकेडेमिक इनाभेसन इन इण्डष्ट्री विषयमा एकदिवसीय सेमिनार
असोज १७, २०८१ बिहिबार
गर्मी बढेपछि महोत्तरीका विद्यालय धमाधम बन्द
असोज ८, २०८१ मंगलबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
रुसले युक्रेनमा पहिलो पटक इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइलबाट आक्रमण
मंसिर ६, २०८१ बिहिबार
‘गौरिया’ चामलको माग बढ्दो, खेती घट्दो
मंसिर ७, २०८१ शुक्रबार
एमाले जागरण सभाको र्याली भद्रकालीबाट प्रारम्भ
मंसिर ७, २०८१ शुक्रबार
फिल्म ‘ह्रस्व दीर्घ’ को छ दिनमा ५ करोड ४ लाख कमाई
मंसिर ७, २०८१ शुक्रबार
पत्नी बानोसँग रहमानको सम्बन्धविच्छेदमा जोडियो मोहिनीको नाम
मंसिर ७, २०८१ शुक्रबार
एलआइसी नेपालले ८८ प्रतिशत हकप्रद शेयर जारी गर्दै
मंसिर ७, २०८१ शुक्रबार
भारतका दोस्रो धनी व्यक्ति गौतम अडानीमाथि अमेरिकामा लागेको आरोप गम्भीर, के के पर्छ असर ?
मंसिर ७, २०८१ शुक्रबार