कांग्रेस केन्द्रिय समिति बैठक आज पनि बस्दै
नेपालबहस संवाददाता
असोज ५, २०८० शुक्रबार १०:४७:३७
५ असोज, काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैछ । कार्य समितिको बैठक सानेपास्थित केन्द्रिय कार्यालयमा आज बिहान ११ः०० बजे पनि बस्न लागेको हो । आजको बैठकमा हिजो देखी धारणा राख्न सुरु गरेका केन्द्रिय सदस्यहरु मध्ये बाँकी केन्द्रिय सदस्यले आ आफनो धारणा राख्नेछन् ।
सभापति शेरबहादुर देउवाको सभापतित्वमा हिजो बसेको बैठकमा महामन्त्री गगनकुमार थापाले प्रस्तावहरु प्रस्तुत गरेका थिए भने उपसभापति एवं कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले शिक्षा विधेयक र शिक्षक महासंघसँग भएका संवादहरु बारे जानकारी गराएका थिए ।
‘संविधानले निर्धारित गरेको दायरा र मुलुकको वर्तमान आर्थिक स्थितिले धान्न सक्ने सिमासम्म शिक्षक आन्दोलनले अघि सारेका सबै माग पुरा गर्न र समस्त नेपाली शिक्षकको भावना सम्बोधन गर्न सरकार तयार रहेको’ प्रतिवद्धता बैठकमा खडकाले गरेका थिए ।
हिजोको बैठकमा विमलेन्द्र निधि, कल्याणकुमार गुरुङ, नैनसिंह महर, प्रतिमा गौतम र आमन्त्रित प्रदेश सभापतिहरु— उद्धव थापा 'कोशी', कृष्णप्रसाद यादव 'मधेश', इन्द्रबहादुर बानियाँ 'बागमती', शुक्रराज शर्मा 'गण्डकी', अमरसिंह पुन 'लुम्बिनी', ललितजंग शाही 'कर्णाली' र बीरबहादुर बलायर 'सुदूरपश्चिम'ले बैठकमा आ–आफ्नो धारणा राखेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएमाले महासचिव पोखरेलसँग भियतनाम कम्युनिष्ट पार्टीका नेताको भेट
मंसिर ११, २०८१ मंगलबार
‘नेपालमा गणतन्त्र र लोकतन्त्रले सफलता पाएको छ’
मंसिर ११, २०८१ मंगलबार
कृषि क्रान्तिका लागि फरक ढङ्गले काम गर्छाैं : प्रधानमन्त्री ओली
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
एमाले महासचिव पोखरेलसँग भियतनाम कम्युनिष्ट पार्टीका नेताको भेट
मंसिर ११, २०८१ मंगलबार
रास्वपा सांसदविरुद्धको अवहेलना मुद्दामा थप विवरण मगाउने आदेश
मंसिर ११, २०८१ मंगलबार
सप्तरीमा दुई दिनमा ३८ जना पक्राउ
मंसिर ११, २०८१ मंगलबार
‘नेपालमा गणतन्त्र र लोकतन्त्रले सफलता पाएको छ’
मंसिर ११, २०८१ मंगलबार
पुस ११ देखि चितवन हात्ती तथा पर्यटन महोत्सव हुने
मंसिर ११, २०८१ मंगलबार