प्रहरीसहित राजश्व टोलीले छापा मारे पछि सिरहाका व्यवसायी तनावमा
नेपालबहस संवाददाता
असोज ५, २०८० शुक्रबार ११:३९:९
•मुकेश मुमार यादव
५ असोज, सिरहा । सिरहाको मिर्चैयामा राजश्व अनुसन्धान कार्यालय इटहरीको टोलीले एक कपडा पसलसहितको घरमा छापा मारेको छ । विशेष सूचनाको आधारमा आएको राजश्व अनुसन्धान कार्यालय इटहरीको टोलीले पसलसहितको घरमा छापा मार्ने क्रममा घरको चारैतिरबाट सशस्त्र प्रहरीले घेरेर बसेपछि स्थानीय व्यवसायी आतङ्कित बनेका छन् ।
बुधबार करिब ३ बजेको समयमा राजश्व अनुसन्धान कार्यालय इटहरीका प्रमुख कार्यालय प्रमुख सुरेश आचार्यको नेतृत्वमा आएको हतियार सहितको सशस्त्र प्रहरीले २० घण्टाभन्दा लामो समयदेखि मिर्चैया नगरपालिका ५ संस्था चौकमा रहेको कल्याण ट्रडेर्सको पसलसहितको घरमा चारैतिरबाट घेरा हाले पछि स्थानीय व्यवसायी आतङ्कित बनेका हुन ।
टोलीले पसल, गोदाम र घर खानतलासी गरिसकेर पनि हतियारसहितका प्रहरीले घर घेरेर बस्दा आफूहरू रातभरी सुत्न नसकेको व्यवसायी बताउँछन्। उनीहरूले अनुसन्धान टोलीले पसल, गोदाम, घरका प्रत्येक दराज देखी बच्चाहरूको झोलासमेत खोलेर हेरेका थिए । रातभर हतियारधारी प्रहरीको घेराबन्दीमा बस्नुपर्दा निकै नै तनाव भएको उनीहरूको गुनासाे छ ।
स्थानीय व्यवसायी तथा समाजसेवी अशोक साहले व्यवसायमा तलमाथि भएको भए आवश्यक कारबाही गर्दा हुन्छ तर पसलमा बम, बारुद राखेको जस्तो प्रहरीले घेरा हालेर बस्दा व्यवसायीहरुमा थप मानसिक तनाव भएको बताए । उनले भने, ‘यो पसल यहाँकाे होलसेल व्यवसाय गर्छ ।' सो क्षेत्रका व्यवसायीलाई कपडा आपूर्ति गर्ने पसलमा प्रहरी लगाएर राजश्वले अनुसन्धान र खानतलासी गरे पछि सिरहाका व्यवसायी आतंकित बनेको उनको भनाइ छ ।
व्यवसायी साहले भने, ‘व्यवसायीहरूले व्यापार गर्दा कुनै कसुर गरेको भए उनलाई दण्ड जरिवाना गर्दा हुन्छ तर व्यवसाय ठप्प भएर मानसिक तनाव खेपिरहेका व्यवसायीलाई यो व्यवहारले थप पीडा दिएको छ ।’
राजश्व अनुसन्धान कार्यालय इटहरीको टोलीले गोदाममा खानतलासी गरी विल विजक, भन्सारका प्रज्ञापन पत्र, खरिद बिक्री खाता लगायतका आवश्यक कागजात लिएर छापा मार्ने पसल तत्कालको लागि शिल गरिएको उधोग वाणिज्य संघ मिर्चैयाका महासचिव भरत महासेठले जनाए ।
इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख डीएसपी जितेन्द्र बस्नेतले राजश्व अनुसन्धान कार्यालय इटहरीले छापा मारेको र प्रहरीले निगरानी गरिरहेको विषयमा आफू जानकार भएपनि औपचारिक जानकारी नभएको बताए। यस सम्बन्धमा थप जानकारी लिन पुग्दा राजस्व अनुसन्धान कार्यालय इटहरीबाट खटिएको टोलीले सम्पर्कमा आउन चाहेनन्। कार्यालयमा फोन सम्पर्क गर्दा कार्यालयको फोन समेत उठेन।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्वास्थ्य बीमाको कभरेज बढाउन मुख्यमन्त्री सिंहको निर्देशन
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
पुष २, २०८१ मंगलबार
भ्रष्टाचार गर्नेलाई आजीवन काराबासको व्यवस्था गर्नुपर्छः मुख्यमन्त्री सिंह
पुष २, २०८१ मंगलबार
रविकी श्रीमती निकिताको सम्पत्ति जफत गर्न माग, अनुसन्धानमा तानिन सक्ने
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
पुष २, २०८१ मंगलबार
सूर्योदय र कुहिरोको दृश्य
पुष ३, २०८१ बुधबार
सिटिजन्स बैंकको ७.९९५ घर कर्जा योजना सार्वजनिक
पुष ३, २०८१ बुधबार
चितवन निकुञ्जद्वारा नियमविपरीत काम गर्ने ६५ जनालाई कारबाही
पुष ३, २०८१ बुधबार
सिस्नेरी–दक्षिणकाली सडक आजदेखि ११ गतेसम्म बन्द
पुष ३, २०८१ बुधबार