शिक्षकहरुको आन्दोलन तेस्रो दिन पनि जारी, माइतीघर–नयाँबानेश्वरमा सवारी आवागमन ठप्प
नेपालबहस संवाददाता
असोज ५, २०८० शुक्रबार ११:४३:५५
५ असोज, काठमाडौं । देशभरका सामुदायिक विद्यालयमा शिक्षक शिक्षिकाहरुको काठमाडौं केन्द्रित आन्दोलन तेस्रो दिन शुक्रबार पनि जारी रहेको छ । सरकारले गत बुधबार संसदमा पेस गरेको विद्यालय शिक्षा विधेयकमा समेटिएका केही बुँदाप्रति आपत्ति जनाउँदै मंगलबारदेखि उनीहरु विद्यालय बन्द गरेर काठमाडौं आएर बुधबारदेखि सडक आन्दोलन संचालन गरिरहेका छन् ।
नेपाल शिक्षक महासंघको नेतृत्वमा देशभरका ७७ वटै जिल्लाका सरकारी विद्यालयका हजाराैं शिक्षक शिक्षिका आन्दोलनमा सहभागी भइरहेका छन् । सरकारसँग बिहीबार दुई चरणमा भएको अनौपचारिक छलफल सहमतिमा पुग्ने संभावना नबनेपछि उनीहरु आज पनि माइती–नयाँबानेश्वर सडकमा छपप्क ढाकेर सरकारविरुद्ध चर्का नाराबाजी गरिरहेका छन् । शिक्षामन्त्री अशोककुमार राईको राजीनामा माग गरेका छन् ।
आन्दोलनका कारण नयाँबानेश्वर हुँदै माइती भएर चल्ने सवारी आवागमन पूर्णरुपमा ठप्प छ । अहिले माइतीघर मण्डलामा हजारौं संख्यामा शिक्षकहरु जम्मा भइरहेका छन् । महासंघको आह्वानमा उनीहरु अघिल्ला दिनहरुमा भन्दा एक घण्टा अगाडि बिहान ९ बजेदेखि नै जम्मा हुन थालेका थिए । जम्मापछि मध्यान्ह १२ बजे बबरमहल, बिजुलीबजार हुँदै नयाँबानेश्वर पुगेर संसद भवन घेराउन गर्ने कार्यक्रम रहेको महासंघले जनाएको छ ।
महासंघका अध्यक्ष कमला तुलाधरले माइतीघर मण्डलामा जम्मा भएका आन्दोलनकारी शिक्षकहरूलाई आन्दोलनमा संयम र धैर्यता अपनाउन आग्रह गरिन् । आज काठमाडौं उपत्यकाबाहिरका जिल्लाबाट थप शिक्षक आन्दोलनमा थपिएको महासंघको दाबी छ । बुधबार आएका केही शिक्षक जिल्ला फर्किएका छन् । माग पूरा नभएसम्म सडक नछाडने अडान शिक्षकहरुले लिएका छन् । स्थानीय तह, जिल्ला, प्रदेश र संघ तहका शिक्षक संगठनहरुले अलगअलग ब्यानर बोकेर प्रदर्शन गरिरहेका छन् । उनीहरूले ‘नालायक शिक्षामन्त्री राजीनामा दे, शिक्षक महासंघ अघि बढ, कालाे शिक्षा विधेयक खारेज गर’जस्ता नारा लगाएका छन् ।
बिहीबार नयाँबानेश्वर आन्दोलनकारीले निषेधित क्षेत्रमा प्रवेश रोक्न राखिएको तारबार फाल्ने काम गरेपछि प्रहरीसँग झडप समेत भएको थियो । अहिले नयाँबानेश्वर चोकदेखि माइतीघर मण्डलापट्टि करिब ढेड सय मिटर परबाट सवारी साधनलाई प्रवेश रोक लगाएको छ । फरक फरक टोलीमा सुरक्षाकर्मीलाई माइकसहित तैनाथ गरिएको छ । सयौंको संख्यामा नेपाली प्रहरीलाई परिचालन गरिएको छ । संसद भवनको चौतर्फी पर्खालबाहिर प्रहरीको सिंगल घेरा लगाइएको छ ।
महासंघले विधेयकप्रति असहमति जनाउँदै १८ बुँदे माग राखेर विद्यालयमा पठनपाठन बन्द गरेका आन्दोलन घोषणा लाखौं विद्यार्थीहरुको पढाइ पूर्णरुपले प्रभावित भएको छ । यद्यपि सरकारले आज आन्दोलनकारी शिक्षकसँग औपचापरिक वार्ता हुने र त्यसमा सहमति जुट्ने दाबी गरेको छ ।
मानव अधिकार आयाेगले बिहीबार नै एक प्रेस विज्ञप्ति निकालेर शिक्षक आन्दाेलन हिंसात्मक बन्न सक्ने भन्दै सचेतता अपनाउन आग्रह गरिसकेकाे छ ।
माइतीघर–नयाँबानेश्वर सडक खण्ड ठप्प हुँदा काेटेश्वर, तीनकुने, गाैशाला, पुरानाे बानेश्वर, त्रिपुरेश्वर, सहिदगेट, डिल्लीबजार लगायत यातायात सेवा अस्तव्यस्त हुन पुगेकाे छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपधनुषाका संस्थागत विद्यालय एक सातादेखि बन्द
मंसिर ९, २०८१ आइतबार
विद्यार्थीद्वारा व्यावसायिक च्याउखेती
मंसिर ९, २०८१ आइतबार
प्रदेश क्षेत्रका गरिब तथा जेहेन्दारलाई शैक्षिक सामग्री
कात्तिक २६, २०८१ सोमबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
सरकार जनतालाई स्वच्छ एवं शुद्ध खानेपानी पुरयाउन कटिबद्ध छ : मन्त्री यादव
मंसिर ९, २०८१ आइतबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलको स्वीकृति
मंसिर ९, २०८१ आइतबार
इटहरीमा भएको सवारी दुर्घटनामा दम्पतीको मृत्यु
मंसिर ९, २०८१ आइतबार
राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
मंसिर ९, २०८१ आइतबार