रेडक्रसकर्मी ढकाललाई मानवीय सेवा अवार्ड
नेपालबहस संवाददाता
असोज ५, २०८० शुक्रबार ११:५३:५५
५ असोज, चितवन । मोफसलकै चर्चित लक्की मिडिया हाउस चितवनले रेडक्रसकर्मी कृष्णप्रसाद ढकाललाई मानवीय सेवा अवार्ड प्रदान गर्ने भएको छ । असोज २५ गते भरतपुरमा हुने ‘एनप्लस प्रोफेसनल लक्की फिल्मी अवार्ड–२०८० तथा सम्मान कार्यक्रम’ मा मानवीय सेवा विधातर्फ ढकाललाई सम्मानीत गर्न लागिएको हो ।
मिडिया हाउसका महाप्रबन्धक हरि कार्की ‘लक्की’ ले कोभिडसहितका विभिन्न असहज अवस्थामा बिरामीको उद्धार तथा रगतको प्रबन्ध गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्न ढकालले खेलेको भूमिकाको उच्च मूल्याङ्कन गर्दै उनलाई मानवीय सेवा विधातर्फ सम्मानित गर्न लागिएको बताए ।
२०३३ सालमा गोरखा जिल्लाको सिरानचोक गाउँपालिका–७ मा जन्मिएका ढकाल हाल भरतपुर–७ स्थित श्रीकृष्ण टोलमा बस्दै आएका छन् । रक्तदान कार्यक्रम सहजीकरण समितिको जिल्ला संयोजकको रुपमा रहेका ढकालले रगतको आवश्यकता पर्ने बिरामीहरुलाई रगत जुटाउने काम गर्दै आएका छन् भने आफैंले हालसम्म ३८ पटक रक्तदान गरिसकेका छन् ।
नियमित रक्तदाता ढकाल नेपाल रेडक्रस सोसाइटी कृष्णपुर उपशाखाका निवर्तमान सभापति समेत भइसकेका छन् । उनी उपशाखा सभापति रहँदा जिल्लाका ४२ वटा उपशाखामध्ये कृष्णपुर उपशाखालाई जिल्लामै उत्कृष्ट बनाउन सफल भएका थिए । कोभिड कहरका समयमा व्यक्तिले व्यक्तिलाई छुन पनि हुँदैन भन्ने भावना विकास भइरहेको अवस्थामा ढकालले कोरोना सङ्क्रमितहरुलाई अस्पताल लैजाने ल्याउने काममा आफूलाई अग्रभागमा राखेका थिए ।
२०६५ सालदेखि रेडक्रसमा आबद्ध भएर विभिन्न भूमिका निभाउँदै आएका ढकाल सिर्जनशील समाज नेपालका कोषाध्यक्ष, मिलिजुली बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका कार्यसमिति सदस्य, श्रीकृष्ण आध्यात्मिक प्रतिष्ठानका कार्यसमिति सदस्य, श्रीकृष्ण टोल विकास संस्थाका पूर्वअध्यक्ष, नेपाल परिवार नियोजन संघका आजीवन सदस्य, क्यान्सर सेवा समाजका आजीवन सदस्य छन् । भरतपुरको सिजी मलमा रहेको सिनेप्लेक्समा आयोजना हुने अवार्ड तथा सम्मान वितरण कार्यक्रमा मिडिया हाउसले जिल्लाबाट वरिष्ठ पत्रकार नवराज ढकाललाई पत्रकारिता विधातर्फ सम्मानित गर्ने जनाइसकेको छ भने थप नामहरु सार्वजनिक गर्दै जाने महाप्रबन्धक कार्कीले बताए ।
महाप्रबन्धक कार्कीका अनुसार अवार्ड तथा सम्मान कार्यक्रममा चितवनमा रहेर लामो समयदेखि काम गर्दै आएका व्यवसायी, चिकित्सक, स्वास्थ्यकर्मी, समाजसेवी, खेलाडी लगायतको हौसलाका लागि उनीहरुको प्रतिनिधित्व हुने गरी सम्मान गरिँदैछ । ‘चितवनमै पहिलो पटक यस प्रकारको फिल्मी अवार्ड आयोजना गर्दैछौँ’ उनले भने, ‘अवार्डको प्रचारप्रसारका लागि चर्चित कलाकारको साथमा अटोयात्रा समेत गरिँदैछ ।’ अवार्डको पूर्वसन्ध्यामा आयोजना गरिने अटो यात्राले भरतपुरको नगर परिक्रमा गर्ने महाप्रबन्धक कार्कीले जानकारी दिए ।
देशभरबाट विभिन्न विधाका दुई दर्जन कालाकारहरुलाई सम्मान गर्ने गरी असोजको अन्तिम साताभित्र अवार्ड कार्यक्रम आयोजना हुने कार्कीले जानकारी दिए । लक्की मिडिया हाउस चितवनले यही असोज महिनामा गर्ने अवार्डको तयारी तीव्र बनाउँदै कार्यक्रमका लागि कलाकारसँग भेटघाट तथा अन्तरक्रिया गरिरहेको कार्कीको भनाइ छ । महाप्रबन्धक कार्कीले सिने क्षेत्रलाई स्वस्थ प्रतिस्पर्धाको वातावरण बनाउन गुणस्तरीय सिनेमा निर्माणका लागि अवार्ड कार्यक्रमले सघाउने बताए ।
कलाकारको योगदानको कदर गर्नेुपर्नेमा उनले जोड दिए । अवार्ड वितरणका लागि जुरी टिमले कार्यविधि बनाएर काम गरिरहेको उनले बताए । २०७१ सालमा स्थापना भएको लक्की मिडिया हाउस चितवनले चितवनबाट सिनेमा बजारको प्रचार, प्रवर्द्धनका काम तथा विभिन्न इभेन्ट्सहरु गर्दै आइरहेको छ । फिल्मी अवार्ड तथा सम्मान कार्यक्रमलाई चितवनको गौरव र गरिमामय कार्यक्रमको रुपमा अगाडि बढाउँदै बर्सेनि सम्मानको कार्यक्रमलाई निरन्तरता दिइने महाप्रबन्धक कार्कीको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआज जन्म लिने बच्चा सिंह राशीको हुने
मंसिर ८, २०८१ शनिबार
मिथुन राशी भएकाहरुको लागि आज राम्रो समय छ
मंसिर ७, २०८१ शुक्रबार
राष्ट्रपतिद्वारा ढुङ्गानाका परिवारप्रति समवेदना
मंसिर ६, २०८१ बिहिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
मंसिर ७, २०८१ शुक्रबार
फिल्म ‘परालको आगो’ मा सुहाना अनुबन्ध
मंसिर ८, २०८१ शनिबार
अडानीलाई केन्यामा झट्का, एक अर्ब ८२ करोड डलरको सम्झौता रद्द
मंसिर ८, २०८१ शनिबार
काठमाडौं उपत्यकाको बागमती कोरिडोर क्षेत्रको बाढीबस्तीमा सरकारको अझै पुगेन ध्यान
मंसिर ८, २०८१ शनिबार
विभिन्न कार्यक्रमहरु गरी गरिमा विकास बैंकले मनायो १८औं वार्षिकोत्सव
मंसिर ८, २०८१ शनिबार
बीआरआई कसरी स्वीकार्ने ?
मंसिर ८, २०८१ शनिबार
विशेष अदालतबाट न्यायीक फैसला नभएको भन्दै विभिन्न मुद्दा लिएर सर्वोच्च गयो अख्तियार
मंसिर ८, २०८१ शनिबार