धर्म संस्कृतिको संरक्षण नै हाम्रो पहिचान हो : मेयर सिंह
![आबिद हुसेन](
https://nepalbahas.prixacdn.net/media/albums/aabid_hussia__essGOst6fZ.jpg
)
आबिद हुसेन
असोज ५, २०८० शुक्रबार १२:२७:२२
![](https://nepalbahas.prixacdn.net/media/albums/379582424_153321054501880_6985646516301189157_n_BOcVs6u1JZ_9ormFAb5gq.jpg)
५ असोज, वीरगंज । वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले हराउन लागेका संस्कृतिको संरक्षण र त्यसको जगेर्ना गर्नु सबैको कर्तव्य रहेको बताएको छ । आफ्नो धर्म संस्कृतिको रक्षा र संरक्षण बाट मात्रै आफ्नो पहिचान स्थापित हुने भएकाले त्यसको संरक्षणमा सबै लाग्नु पर्नेमा उनले जोड दिए ।
नव जनकल्याण युवा संजालको आयोजनामा बिहीबार साँझ आयोजित कार्यक्रममा उनले यस्तो बताएको हो ।
संजालले कृष्ण अष्ठमीको अवसरमा वीरगन्जबाट लोप भएको झुलन महोत्सव आयोजना गरि झुलन संस्कृतिको पुनर्ताजगी गराएको थियो ।
महोत्सवमा विभिन्न चरित्रको भुमिका निर्वाह गरेका बालबालिकालाई कार्यक्रमको अवसरमा सम्मान गर्दै मायाँको चिनो तथा प्रमाण पत्र समेत प्रदान गरिएको थियो । विगतमा कृष्ण जन्माष्ठमीका बेला भव्य रुपमा लाग्ने झुलन महोत्सव केही वर्ष यता हराउँदै जाँदा अहिले नयाँ पुस्ताले उक्त संस्कृति देख्नबाट बन्चित हुन परेको थियो ।
संजालको सकृयता र महानगरपालिकाको सहयोगमा यस वर्ष कृष्ण जन्माष्ठमीका दिन यो महोत्सव देखाइएको थियो । अब हरेक वर्ष यो महोत्सवलाई निरन्तरता दिने संजालका अध्यक्ष मो.सगिर अलिले बताए । जाति र धर्म भन्दा माथि उठेर सामाजिक सद्भाव कायम गर्दै धर्म संस्कृतिको रक्षाका लागि सबै लाग्नु पर्नेमा संजालका अध्यक्ष अलिले जोड दिए ।
कार्यक्रम संयोजक रमिता मायाँ गुप्ताको अध्यक्षतामा सम्पन्न सम्मान कार्यक्रममा वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल अग्रवाल, साबिह दरबारका अध्यक्ष उमेशलाल सहनी, महानगरप्रमुखका सचिवालय सल्लाहकार हरि पोखरेल, रा।प्र।पा।का नेता नरेस साह कानु, गहवामाई अतिथि सदनका दिना गुप्ता, अमित सिंह, अंजन गुप्ता, विजय सर्राफ लगायतको सहभागिता रहेको थियो ।
आबिद हुसेन
आबिद हुसेन नेपालबहस डटकमका मधेश प्रदेश प्रमुख हुन् । बिगत डेढ दशकदेखि विभिन्न सञ्चारमाध्यममा सक्रिय पत्रकारिता गर्दै आएका हुसेनले एफएम रेडियो, टेलिभिजन एवं पत्रपत्रिकाहरुमा आबद्ध रही काम गर्दै आएका छन् । हुसेन यसअघि सगरमाथा टेलिभिजन, क्राइम टुडे मासिकको बीरगञ्ज संवाददाता तथा बीरगञ्जबाट प्रकाशित हुने दिशानिर्देश अनलाइनमा सम्बद्ध रहेका छन् ।
लेखकबाट थपकार्यसम्पादनमा सुदूरपश्चिम उत्कृष्ट, मधेस सबैभन्दा कमजोर
फागुन २, २०८१ शुक्रबार
शिक्षकको अभाव टार्न प्रदेश स्वयंसेवक शिक्षक परिचालन गर्दै मधेस सरकार
फागुन २, २०८१ शुक्रबार
वन्यजन्तुको बसाइ गाउँबस्ती नजिक, स्थानीय जनता प्रभावित
माघ २८, २०८१ सोमबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
बन्दीपुर–६ का सचिव कुट्ने वडाध्यक्ष पक्राउ
फागुन ५, २०८१ सोमबार
प्रतिनिधिसभाबाट ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०८१’ सर्वसम्मतिले पारित
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओलीद्वारा टरिगाउँ विमानस्थल अवलोकन
फागुन ५, २०८१ सोमबार
३ थान भरुवा बन्दुकसहित दुई जना पक्राउ
फागुन ५, २०८१ सोमबार
‘प्रहरी विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत
फागुन ५, २०८१ सोमबार