छिन्नमस्ता मन्दिरमा पनि जलहरी काण्डकाे झल्काे, दाताकाे नाम लेखिएकाे नयाँ मूर्ति जडानले तनाव
नेपालबहस संवाददाता
असोज ५, २०८० शुक्रबार १२:३४:१४
५ असोज, काठमाडौं । सप्तरीको छिन्नमस्ता भगवती मन्दिरमा देवीको मन्दिरमा पुरानो चाँदीको मूर्ति (मुकुट) हटाएर नयाँ मुकुट राखेपछि विरोध सुरु भएको छ । एक किलो ५० ग्राम तौल भएको पुरानो मूर्ति झिकेर बिहीबार मन्दिरमा संरक्षण समितिले दाता परिवारका नाम नाम लेखिएको नयाँ मूर्ति जडान गरिएपछि स्थानीयले विरोध गरेका हुन् । नयाँ मूर्तिको तौल समेत २ सय ५० ग्राम रहेको पाइएको छ ।
समितिले आर्थिक प्रलोभनमा परी पुरानो मुकुट झिकेर दाताको नाम लेखिएको नयाँ मुकुट जडान गरेर श्रद्धालुको आस्थासँग खेलवाड गरेको भन्दै स्थानीयले चर्को विरोध गरेका हुन् । भगवतीको नयाँ मूर्तिमा कृष्ण मुरारी प्याकुरेल, गोपीराज प्याकुरेल, राधा प्याकुरेल र शंकर प्याकुरेल गरी ४ जनाको नाम कुँदिएको छ ।
छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरीले नयाँ मूर्ति राखेको विषय आफूलाई थाहा नभएको बताए । स्थानीय र पालिकालाई जानकारी नदिइ एकतर्फी ढंगले समितिले मूर्ति परिवर्तन गर्नु व्यवहारिक नभएको उनको भनाइ । उनले गाउँपालिकाकै पहलमा पुरानो मूर्तिलाई शुक्रबार नै पुनःस्थापित गरिने बताए ।
मन्दिरका पीठाधीश महाकान्त ठाकुरले पुरानो मूर्तिमा चिरा परेका कारण दाता पक्षकै अनुरोधमा उनीहरुको नाम लेखेर नयाँ मूर्ति जडान गरिएको बताए । मन्दिरको पुरानो मन्दिर २०७८ साउन १७ गते राति चोरी भएको थियो । चोरी भएको भगवतीको चाँदीको मुकुट १२ घण्टापछि भेटिएको छ । चोरी घटनामा विष्णुपुर गाउँपालिका–५ मझाउ टोलका राजेश कुमार मण्डल पक्राउ परेका थिए । फेला पारिएको उक्त मूर्ति क्षमापूजासहित पुनःस्थापना गरिएको थियो ।
यसअघि पशुनाथको मन्दिरमा तत्काली एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्देशनमा १०८ केजी सुनको जलहरीमा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री ओली, पर्यटनमन्त्री, पशुपति विकास कोषका सदस्य सचिव, जलहरीमा सुन दिएर सहयोग गर्ने दाता मिनबहादुर गुरुङलगायतको नाम कुँदिएको पाइएको थियो । सो विषय पछि जलहरी राख्दा कम तौलको राखेर करोडौं भ्रष्टाचार गरेको भी अख्तियारमा उजुरी परेपछि अनुसन्धानका क्रममा जलहरीको मुनिपट्टिको भागमा नाम लेखिएको फेला परेको थियो । पछि नाम मेटाएर तौल लिएर पुनः स्थापित गरिएको थियो । ताैलमा भने खासै कमी भेटिएन । उक्त घटनाका कारण एमालेमाथि बारम्बार जलहरी काण्ड र नामाकरण प्रकरणले आलोचना हुँदै अएको छ ।
यसपटक छिन्नमस्त मन्दिरमा पनि जलहरी काण्डकाे झल्काे दिने गरी मूर्ति काण्ड मच्चाइएकाे छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको छैटौँ वार्षिक प्रतिवेदन पेस
मंसिर १०, २०८१ सोमबार
सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै
मंसिर १०, २०८१ सोमबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
कीर्तिपुर मैदानबाट क्रिकेट समर्थकको सन्देश...
मंसिर १५, २०८१ शनिबार
विभिन्न १० ठाउँमा आगलागीका घटना, तीनजना घाइते
मंसिर १५, २०८१ शनिबार
कालीगण्डकी कोरिडोर: मालढुङ्गा–बेनी सडक कालोपत्र सुरू
मंसिर १५, २०८१ शनिबार
विवाह गर्नेलाई बधाई पत्र !
मंसिर १५, २०८१ शनिबार