आन्दोलनरत शिक्षकहरूसँग वार्ता आजै टुंग्याउने सरकारकाे तयारी
नेपालबहस संवाददाता
असोज ५, २०८० शुक्रबार १२:५४:३७
५ असोज, काठमाडौं । कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले आन्दोलनरत शिक्षकहरुसँगको वार्ता आजै टुंगाेमा पुर्याउने गरी तयारी गर्न सरकारी वार्ता टोलीलाई निर्देशन दिएका छन् ।
कावा प्रम खड्काले शिक्षकसँगको वार्तालाई सकेसम्म आजै टुंगाेमा पुर्याउन सरकारी वार्ता टोलीलाई निर्देशन दिएको उनको सचिवालयले जनाएको छ । साेहीअनुरूप वार्ताकाे तयारी भइरहेकाे मन्त्री गुरूङले जनाएका छन् । उनले आफू वार्ता आजै टुंगाे पुग्नेमा विश्वस्त रहेकाे बताए । औपचारिक वार्ता भने सुरू भइसकेकाे छैन ।
विद्यालय शिक्षासम्बन्धी विधेयकमा भएका कतिपय प्रावधानमा असन्तुष्टि जनाउँदै नेपाल शिक्षक महासंघको नेतृत्वमा ३ दिनदेखि देशभरका समुदायिक विद्यालयका शिक्षकहरुले विद्यालय बन्द गरेर काठमाडौं केन्द्रित विरोध गरिरहेका छन् । यसबाट देशभर लाखौं विद्यार्थीको पढाइ पूर्ण रुपले प्रभावित हुन पुगेको छ । काठमाडौंका यातायात समेत अस्तव्यवस्त बनेको छ ।
सरकारले आन्दोलनरत शिक्षकहरुसँग औपचारिक वार्ता गर्न उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको नेतृत्वमा वार्ता टोली खटाएको छ । श्रेष्ठ नेतृत्वको टोलीमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङ, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक राई, सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा, नेपाल सरकारका मुख्यसचिव बैकुण्ठ अर्याल र विभागीय सचिवलगायत छन् ।
टोलीले बिहीबार दुई चरणमा अनौपचारिक छलफल गरेको थियो । तर सहमतिको संकेत नेदेखिएपछि शिक्षकहरुले आज पनि माइतीघर–नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शन जारी राखेका छन् । सरकारले संसदमा दर्ता गराएको शिक्षा विधेयकमा समेटिएका शिक्षकविरोधी प्रावधान हटाउने लिखित सहमति नभएसम्म सडक नछाड्ने अडान उनीहरुको छ । आन्दोलनको नेतृत्व नेपाल शिक्षक महासंघ गरिरहेको छ ।
रक्षा मन्त्रालयमा आज बिहान उनले सरकारी वार्ता टोलीका संयोजक उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, गरेका थिए ।
आजको बैठकमा शिक्षकका जायज मागहरु सम्बोधन हुने गरी वार्तालाई सकेसम्म आजै निष्कर्षमा पुर्याउने गरी काम गर्ने विषयमा छलफल भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन
मंसिर ६, २०८१ बिहिबार
बीआरआईमा ऋण लिने विषयमा कांग्रेसले प्रधानमन्त्रीलाई सहमती दिन सक्दैनः गृहमन्त्री
मंसिर ६, २०८१ बिहिबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
रुसले युक्रेनमा पहिलो पटक इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइलबाट आक्रमण
मंसिर ६, २०८१ बिहिबार
स्याङ्जामा एक जनाको शव फेला
मंसिर ६, २०८१ बिहिबार
मोटरसाइकल दुर्घटनामा परी मोरङमा दुई युवकको मृत्यु
मंसिर ६, २०८१ बिहिबार
पाकिस्तानमा सवारी साधनमा गोली प्रहार, ३८ जनाको मृत्यु
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
काठमाडौंखोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश
मंसिर ६, २०८१ बिहिबार
जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन
मंसिर ६, २०८१ बिहिबार