मुगुको गाउँमै पुग्यो बर्थिङ सेन्टर
नेपालबहस संवाददाता
असोज ५, २०८० शुक्रबार १२:५९:३०
♦ खड्क सुनार
५ असोज, मुगु । मुगुको छायाँनाथ रारा नगरपालिका वडा नं ११ रोवा गाउँका बुद्धु बुढा उमेर अहिले ६० नाघिन् । विगतमा शिक्षा, स्वास्थ्यलगायत आधारभूत आवश्यकताका लागि जति संघर्ष, सास्ती खेपिन् उनले अहिले पनि अवस्था उस्तै थियो । विगतका ति दिनहरुलाई फर्केर हेर्दा गुजारेको कष्टकर क्षण सम्झिदा उनको मन भक्कानिन्छ ।
सिटामोल पाउन पनि मुस्किल पर्ने मुगाली जनता सधैँ रोग र भोकले पीडित बनिरहे । तर, देशमा संघीयता कार्यान्वनयनसँगै जिल्लामा सञ्चालित संघ संस्थाले गर्दा पछिल्लो समय मुगुका नागरिक स्वास्थ्य सेवाको पहुँचमा पुग्न थालेका छन् ।
मुगुको छायाँनाथ रारा नगरपालिका वडा नं ६ , ११ , र १४ वडामा बर्थिङ सेन्टर सञ्चालन भएकाले यहाँका मानिस हर्षित देखिन्छन् । अकालमा शिशु र आमाको मृत्यु हुने अवस्थालाई बर्थिङ सेन्टरले अन्त्य गर्न सहयोग गर्ने अपेक्षा स्थानीयले गरेका छन् ।
मातृ तथा बाल स्वास्थ्य सुधार परियोजना कार्यक्रम अन्तर्गत रोवा प्रसूति गृह निर्माण भएपछि अब ११ नं वडाका नागरिकहरुले सहजै रुपमा सुविधा युक्त संरचनामा सुत्केरी गर्न पाउने भएका छन् ।
कोईका , गुर्ड नेवर्स जापानको आर्थिक सहयोग र किर्डाक नेपालको प्राविधिक सहयोगमा जम्मा ६३ लाख ६६ हजार ६ सय ७२ रुपैयाको लागतमा रोवा गाउँमा पहिलो पटक बर्थिङ सेन्टर निर्माण भएको एमसिएच प्रोजेक्ट कार्यक्रमका राजेस उपाध्यायले बताए ।
उनका अनुसार रोवा गाउँमा बर्थिङ सेन्टर स्थापना भएपछि अब यहाँका नागरिकहरुले सहजै सेवा पाउने बताए । छाँयानाथ रारा नगरपालिकाका उपमेयर ऐश्वर्या मल्लका अनुसार विशेष गरेर दूर्गम गाउँका महिलाहरुले गाउँ घरमा यस्ता स्वास्थ्य संस्थाहरु नहुँदा अकालमै आमा र बच्चाको ज्यान गुमाउनु परेको थियो ।
अब यस्तो समस्यालाई मध्येनजर गर्दे गाउँमै बर्थिङ सेन्टर बने पनि मृत्युको मुखबाट बच्ने नगर उपप्रमुख मल्लले बताइन् । अब यो बर्थिङ सेन्टरको व्यवस्थापन स्वास्थ्य सेवा चुस्त दुरुस्त बनाउन र यहाँका नागरिकहरुको स्वास्थ्य क्षेत्र आँच आउन नदिन नगरपालिकाले सहयोग गर्ने बचन दिइन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकर्णालीमा अझै आयोडिनयुक्त नुन पु-याउनै कठिन
मंसिर ३, २०८१ सोमबार
एक होइन, अनेक सम्भावनाको क्षेत्र हो कर्णाली: मुख्यमन्त्री कँडेल
मंसिर १, २०८१ शनिबार
हुम्लाबाट जिल्ला बाहिर जान टिकटको समस्या
कात्तिक २७, २०८१ मंगलबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
रुसले युक्रेनमा पहिलो पटक इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइलबाट आक्रमण
मंसिर ६, २०८१ बिहिबार
लागूऔषधसहित विभिन्न स्थानबाट ६ जना पक्राउ
मंसिर ७, २०८१ शुक्रबार
जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय
मंसिर ७, २०८१ शुक्रबार
एमालेको शक्ति प्रदर्शन सरकारविरुद्ध हो कि जनताविरुद्ध ?
मंसिर ७, २०८१ शुक्रबार
एमालेको जागरण सभामा प्रधानमन्त्री, सत्ता समीकरणको बचाउमै खर्चिए समय
मंसिर ७, २०८१ शुक्रबार
सत्ता पक्षको जागरण सभाले सर्वसाधारणलाई सास्ती
मंसिर ७, २०८१ शुक्रबार