विद्यालय बन्द गरेर शिक्षकहरु आन्दोलनका लागि सडकमा आउनु दुर्भाग्य हो, सरकार गम्भीर बनोस्ः नेता कोइराला
नेपालबहस संवाददाता
असोज ५, २०८० शुक्रबार १३:१७:३२
५ असोज, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता डा.शेखर कोइरालाले शिक्षकहरू विद्यालय बन्द गरेर आन्दोलन गर्न सडकमा आउनु दुर्भाग्य भएको भन्दै यसप्रति सरकार गम्भीर हुनुपर्ने बताएका छन् । उनले शिक्षकहरूले उठाएका मागहरु संवेदनशील रहेको र त्यसबारे सरकारलाई जिम्मेवार बनेर र तुरुन्तै समस्या समाधान गर्न लाग्नुपर्ने बताएका छन् ।
शिक्षकहरूको जारी आन्दोलनका सन्दर्भमा शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा आफ्नो धारणा राख्दै कोइरालाले दक्ष जनशक्ति उत्पादनमा तल्लो कक्षाबाटै राम्रो शिक्षा दिनुपर्ने बताएका छन् । उनले शिक्षक आन्दोलनमा आउनुका पछाडी धेरै कारण रहेको र सरकारले शिक्षा क्षेत्रमा देखिएका समस्यालाई यथाशिघ्र सम्बोधन गर्नुपर्ने बताएका छन् ।
उनले शिक्षकहरूका मागहरु केही व्यवहारिक, कानुनी र संवैधानिक रहेको बताएका छन् । दक्ष जनशक्ति उत्पादनमा तल्लो कक्षाबाटै राम्रो शिक्षा दिनुपर्ने भएपनि व्यवहारिक कारणले त्यसो हुन सकेको देखिएन भन्दै यस्ता मागहरु तुरुन्त सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
कानुनी रुपमा शिक्षा क्षेत्र सबल गराउन शिक्षकहरूको भूमिकाको उच्च मूल्यांकन गर्दै विधेयकमा आवश्यक प्रावधान समेटौं र यो आन्दोलन आजै सहमतिमा टुंग्याऔं भन्दै उनले सरकार र आन्दोलनरत शिक्षक वार्तामा बसेर चाडो निष्कर्षमा पुग्नुपर्ने बताएका छन् ।
कोइरालाले भनेका छन्, ‘शिक्षकहरूका मागहरु केही व्यवहारिक, कानूनी र संवैधानिक छन् । दक्ष जनशक्ति उत्पादनमा तल्लो कक्षाबाटै राम्रो शिक्षा दिनुपर्छ । ब्यवहारिक कारणले त्यसो हुन सकेको देखिन्न । यस्ता मागहरु तुरुन्त सम्बोधन गरौं । कानूनी रुपमा शिक्षा क्षेत्र सबल गराउन शिक्षकहरूको भूमिकाको उच्च मुल्यांकन गर्दै विधेयकमा आवश्यक प्रावधान समेटौं र यो आन्दोलन आजै सहमतिमा टुंग्याउँ ।’
उनले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि अग्रमोर्चामा रहेका शिक्षकहरू आज विद्यालय बन्द गरेर आफ्नो अधिकारका लागि सडकमा आउन बाध्य हुनु दुर्भाग्य भएको र यस्ता संवेदनशील विषयमा सरकार जिम्मेवार बनेर तुरुन्त समस्या समाधानतिर लाग्नुपर्ने बताएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसामाजिक सुरक्षाको बृहत्तर अवधारणा अघि बढाउन सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री ओली
मंसिर ११, २०८१ मंगलबार
रबि लामिछानेलाई काठमाडौं ल्याईँदै
मंसिर ११, २०८१ मंगलबार
कांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : नेता डा महत
मंसिर १०, २०८१ सोमबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
व्यावसायिक सिँगडाखेतीबाट गाउँमै लाखौँ आम्दानी
मंसिर ११, २०८१ मंगलबार
मुग्लिन–पोखरा सडकः पूर्वी खण्डको म्याद दोस्रोपटक थपियो
मंसिर ११, २०८१ मंगलबार
क्षतिग्रस्त काभ्रे एकीकृत खानेपानी आयोजना पुनःनिर्माणमा एडिबीले सहयोग गर्ने
मंसिर ११, २०८१ मंगलबार
सामाजिक सुरक्षाको बृहत्तर अवधारणा अघि बढाउन सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री ओली
मंसिर ११, २०८१ मंगलबार
बेनीमा घरमै सुत्केरी हुनेको सङ्ख्या तीनवर्षदेखि शून्य
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाहसँगको सम्झौतालाइ लिएर इजरायली संसदमा मतदान हुँदै
मंसिर ११, २०८१ मंगलबार