आफ्ना सांसदहरुलाई राखेर कांग्रेसले आन्दोलनरत शिक्षकका माग र शिक्षा विधेयकबारे पार्टीको धारणा बनाउने
नेपालबहस संवाददाता
असोज ५, २०८० शुक्रबार १३:४८:१
५ असोज, काठमाडौं । नेपाली कांग्रेसले आनेलनरत शिक्षकका माग र विद्यालय शिक्षा विधेयकबाट पार्टीको धारणा बनाउने भएको छ । यसबारे छलफल गर्न असोज ८ र ९ गते कांग्रेसले पार्टीका सांसदहरुको बैठक बोलाएको छ । बिद्यालय शिक्षा विधेयकविरुद्ध विभिन्न माग राखेर शिक्षकहरु आन्दोलनमा आएकाले विधेयकबारे पार्टीको एकीकृत धारणा बनाउन सांसदहरुको बैठक बोलाइएको हो ।
कांग्रेसका मुख्य सचेतक रमेश लेखकले संसदमा दर्ता भएका विधेयकहरु उपर निरन्तर छलफल गर्दै आएको र अहिले शिक्षा विधेयकका विषयमा पनि विभिन्न भनाइहरु आएकाले यसको अध्यायन गरेर पार्टीको धारणा सार्वजनिक गर्न पार्टीका सांसदहरुसँग छलफल गर्न लागिएको बताए । उनले असोज ८ र ९ गते विद्यालय शिक्षा विधेयकमा छलफल गर्न सांसदहरुलाई संससद भवन नयाँ वानेश्वर स्थित लोत्सेहलमा बोलाइएको बताए ।
शुक्रबार पार्टीको केन्द्रिय समितिको बैठकमा उनले केन्द्रिय सदस्यहरुलाई समेत विधेयकमाथिको छलफलमा आमन्त्रण गरेका छन् । लेखकका अनुसार विद्यालय शिक्षा विधेयक धेरै चासोको विषय भएकाले यसमा एकीकृत धारणा तय गर्नु आवश्यक रहेकाले पार्टीका केन्द्रिय सदस्यहरुलाई समेत विधेयकमाथिको छलफलमा आमन्त्रण गरिएको बताए ।
शिक्षा विधेयक २०८० शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक कुमार राईले गत भदौ २७ गते प्रतिनिधि सभामा दर्ता गरेका थिए । प्रस्तावित विधेयकमा असन्तुष्ट शिक्षकहरु आन्दोलनमा छन् । सरकारले आन्दोलनरत शिक्षकसँग वार्ताका लागि टोलीसमेत बनाएको छ । शुक्रबार निर्णयक वार्ता हुँदैछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार
परराष्ट्रमन्त्री राणा र चिनियाँ विदेशमन्त्री वाङ यीबीच द्विपक्षीय भेटवार्ता
मंसिर १४, २०८१ शुक्रबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
नेपाली क्रिकेटरसँग खेल्न उत्साहित छु : शिखर धवन
मंसिर १४, २०८१ शुक्रबार
सहायक निरीक्षकले आफैँलाई गोली प्रहार गरे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार
मकवानपुरमा छुट्टाछुटै घटनामा तीन जनाको मृत्यु
मंसिर १४, २०८१ शुक्रबार
चाडपर्व सकिएपछि फेरि ‘मुग्लान’
मंसिर १४, २०८१ शुक्रबार