राष्ट्रसंघमा प्रधानमन्त्री प्रचण्डले गरे अमेरिकी राष्ट्रपति जो बाइडेनसँग भेटवार्ता
नेपालबहस संवाददाता
असोज ५, २०८० शुक्रबार १४:२२:३९
५ असोज, काठमाडौं । संयुक्त राष्ट्रसंघीय महासभामा सहभागी भएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिकी राष्ट्रपति जो बाइडेनसँग भेटर्ता गरेका छन् । बिहीबार राष्ट्रसंघको मुख्यालय अमेरिकाको न्युयोर्कमा साइड लाइन भेटवार्ता गरेका हुन् ।
भेटघाटपछि प्रचण्डको सचिवालयले उनीहरुबीचको सामूहिक तस्बिर सार्वजनिक गरेको छ । उक्त तस्बिरमा अमेरिकी फर्स्ट लेडीका रुपमा जिल ट्र्यासी जाकोब्स बाइडेन देखिएकी छन्। नेपालबाट फर्स्ट लेडीका रुपमा प्रचण्ड पुत्री गंगा दाहाल छिन् ।
प्रचण्डले शुक्रबार नै राष्ट्रसंघीय महासभालाई नेपालको तर्फबाट सम्बोधन गरेका छन् । उनले सम्बोधनमा नेपालको शान्ति प्रक्रिया निष्कर्षमा पुग्ने क्रममा रहेको जानकारी विश्वलाई गराएका थिए ।
यसअघि प्रम प्रचण्डले राष्ट्रसंघमा अल्पविकसित मुलुकको अध्यक्षका रुपमा पनि सम्बोधन गरेका थिए । प्रचण्डले राष्ट्रसंघीय महासभामा हुँदा विभिन्न देशका समकक्षीहरुसँग पनि साइड लाइन वार्ता गरेका थिए ।
उनी आजै न्युयोर्कबाट सिधै चीन भ्रमणमा जाँदैछन् । भोलि शनिबार हाङझाओमा हुने एसियाडको उद्घाटन सत्रमा सम्बोधन गर्नेछन् । त्यसपछि चिनियाँ राष्ट्रपति सी चिनफिङ, समकक्षीसँग भेट्ने कार्यतालिका छन् । भेटवार्ताका क्रममा दुई देशबीच नाका खोल्ने, उर्जा विस्तार तथा बीआरआईका विभिन्न परियोजनासम्बन्धी सम्झौता हुने बताइएको छ । उनी असोज १३ गते मात्र स्वदेश फर्कने कार्यक्रम तय छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपट्रम्पद्वारा पुटिनसँग कुराकानी, युक्रेनमा तनाव नबढाउन चेतावनी
कात्तिक २६, २०८१ सोमबार
जापानको प्रधानमन्त्रीमा इशिबाकै निरन्तरता
कात्तिक २६, २०८१ सोमबार
श्रीलङ्कामा पर्यटनबाट साढे दुई अर्ब डलर आम्दानी
कात्तिक २६, २०८१ सोमबार
लुम्बिनीका ६ पदमा तीन दलको भीडन्तः रुकुममा माओवादी हराउन कांग्रेस-एमालेबीच गठबन्धन
नेपालबहस संवाददाता
कात्तिक २५, २०८१ आइतबार
के ओली बीआरआई आफ्नै पालामा लागु गराउन चाहन्छन ?
नेपालबहस संवाददाता
कात्तिक २५, २०८१ आइतबार
रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न कास्की अदालतबाट प्रहरीले पायो अनुमति
नेपालबहस संवाददाता
कात्तिक २५, २०८१ आइतबार
हसिनालाई फर्काउन बंगलादेशको अन्तरिम सरकारको पहल
कात्तिक २६, २०८१ सोमबार
ट्रम्पद्वारा पुटिनसँग कुराकानी, युक्रेनमा तनाव नबढाउन चेतावनी
कात्तिक २६, २०८१ सोमबार
वन मन्त्रालयमा अख्तियारको पत्र, कोप–२९ मा सहभागीको मन खिन्न
कात्तिक २६, २०८१ सोमबार
मधेशी समुदायमाथि विभेद र उपेक्षा अझै कायम
कात्तिक २६, २०८१ सोमबार
कांग्रेसका सभापति देउवा डडेल्धुरामा, अधुरा आयोजना सम्पन्न गर्ने प्रतिबद्धता
कात्तिक २६, २०८१ सोमबार
लिग-२ मा नेदरल्याण्डसमाथि ओमानको एक रनको रोमाञ्चक जित
कात्तिक २६, २०८१ सोमबार
लुम्बिनी लायन्समा महानायक राजेश हमाल ब्रान्ड एम्बास्डर नियुक्त
कात्तिक २६, २०८१ सोमबार
लाल आयोगको प्रतिवेदन सार्वजनिक
कात्तिक २६, २०८१ सोमबार
कोप–२९ उद्घाटन, जलवायुजन्य समस्याका समाधान खोजिने विश्वास
कात्तिक २६, २०८१ सोमबार