व्यवहार, मनोवृत्ति र सोच परिवर्तन हुन जरुरी छ : प्रहरी महानिरीक्षक कुँवर
नेपालबहस संवाददाता
असोज ५, २०८० शुक्रबार १४:३७:५५
५ असोज, चितवन । प्रहरी महानिरीक्षक वसन्त कुँवरले प्रहरीको व्यवहार, मनोवृत्ति र सोच परिवर्तन हुन आवश्यक रहेको बताउनुभएको छ । नेपाल प्रहरी जुनिय अधिकृत शिक्षालय भरतपुरले आज यहाँ आयोजना गरेको २–१७८ औँ समूहको दीक्षान्त समारोहमा उहाँले तालिमले व्यवहार, मनोवृत्ति र सोच परिवर्तन गर्न सिकाएको बताए ।
महानिरीक्षक कुँवरले भने, “प्रहरीको जीवन भनेको तनाव, दबाब र चुनौतीपूर्ण छ । सही र सशक्त मानसिकताले यसको सामना गर्नुपर्छ ।” कार्य क्षेत्रमा जाँदा चुनौतीलाई बिर्सन नहुने भन्दै उहाँले चुनौतीको सामना गर्नु नै प्रहरीको मुख्य जिम्मेवारी रहेको बताए।
देश र नागरिकको सेवा गर्ने अवसरलाई पूर्ण व्यावसायिकताका साथ निर्वाह गर्नुपर्ने महानिरीक्षक कुँवरको भनाइ थियो । राज्यले प्रदान गरेको अधिकारको दुरुपयोग नगरी सही मार्गमा जान उनले सबैलाई निर्देशन दिए । नेपाल प्रहरीको विश्वासले राज्यको छवि बलियो हुने भन्दै उनले सिकेका कुरालाई विवेकसम्मत कार्यान्वयनमा ल्याउन आग्रह गरे ।
कार्यक्रममा विसं २०७९ भदौ २० गतेदेखि सञ्चालनमा आएको तालिममा सहभागी ५५ महिलासहित चार सय २६ प्रहरी सहायक निरीक्षक दीक्षित भएका थिए । कार्यक्रममा शिक्षालयकी समादेशक प्रहरी नायब महानिरीक्षक दुर्गा सिंहले दीक्षित सबैलाई कार्य क्षेत्रमा सफलताको शुभकामना व्यक्त गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसातदोबाटोमा रहेको एक अबैध कल सेन्टरबाट ५० जना नेपाली युवतीसहित तीन पुरुष पक्राउ
पुष २३, २०८१ मंगलबार
सिंहदरबार गेटमा धर्ना बस्न पुगेका फणिन्द्र नेपाल पक्राउ
पुष २२, २०८१ सोमबार
ध्वनि प्रदूषण गर्ने ६३ वटा मोटरसाइकल नियन्त्रणमा
पुष २२, २०८१ सोमबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
प्रतिबन्धित भिटामिन र खनिज मिश्रित औषधि बिक्री गरे सरकारले कारबाही गर्ने
पुष २५, २०८१ बिहिबार
सूर्यदर्शन सहकारी ठगी प्रकरण : कससँग कति मागियो धरौटी ?
पुष २५, २०८१ बिहिबार
सिरियालाई ७ करोड ३० लाख डलर सहयोग गर्न संयुक्त राष्ट्रसंघको आग्रह
पुष २५, २०८१ बिहिबार