सिंहदरबार र नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शन गर्ने २७ जना पक्राउ
नेपालबहस संवाददाता
असोज ५, २०८० शुक्रबार १५:१६:१६
५ असोज, काठमाडाैं । सिंहदरबार अगाडि प्रदर्शनमा उत्रिएका मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी नेकपा निकट विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीका २७ जना नेता–कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
विद्यालय शिक्षा विधेयकको विरोधमा आज दिउँसो सिंहदबार र नयाँ बानेश्वर क्षेत्र अगाडि प्रदर्शनमा उत्रिएपछि उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले राससलाई जानकारी दिए।
उनका अनुसार पक्राउ पर्नेमा अखिल क्रान्तिकारीका संयोजक मिलन राईसहितका २७ जना रहेका र उनीहरुलाई अहिले सिंहदरबार वृत्तमा लगिएको छ । संसदमा प्रस्तुत शिक्षा विधेयकको खारेजी, देशलाई आवश्यक पर्ने दक्ष जनशक्तिको उत्पादन र त्यसका लागि शिक्षाको राष्ट्रियकरणको माग गर्दै विरोध प्रदर्शनमा सहभागी भएको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको जनाएकाे छ ।
निषेधित क्षेत्र तोड्दै सिंहदरबार गेटभित्र प्रवेश गरेपछि प्रहरी र आन्दोलनकारीबीच धकेला धकेल भएको छ । सो क्रममा प्रहरीले संचाकर्मीलाई समेत ज्याद्दती गरेको छ। आन्दोलनको रिपोर्टिङ गर्न पुगेका सञ्चारकर्मीलाई दुर्व्यवहार र हातपातसमेत गरेको छ। सिंहदरबारभित्र वैद्य माओवादीका विद्यार्थीहरुलाई धरपकड गरिएको दृष्य खिच्ने क्रममा केही फोटो पत्रकारलाई समेत प्रहरीले हातपात गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसातदोबाटोमा रहेको एक अबैध कल सेन्टरबाट ५० जना नेपाली युवतीसहित तीन पुरुष पक्राउ
पुष २३, २०८१ मंगलबार
सिंहदरबार गेटमा धर्ना बस्न पुगेका फणिन्द्र नेपाल पक्राउ
पुष २२, २०८१ सोमबार
ध्वनि प्रदूषण गर्ने ६३ वटा मोटरसाइकल नियन्त्रणमा
पुष २२, २०८१ सोमबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
प्रतिबन्धित भिटामिन र खनिज मिश्रित औषधि बिक्री गरे सरकारले कारबाही गर्ने
पुष २५, २०८१ बिहिबार
सूर्यदर्शन सहकारी ठगी प्रकरण : कससँग कति मागियो धरौटी ?
पुष २५, २०८१ बिहिबार
सिरियालाई ७ करोड ३० लाख डलर सहयोग गर्न संयुक्त राष्ट्रसंघको आग्रह
पुष २५, २०८१ बिहिबार