सरकार र आन्दोलनरत शिक्षकबीच वार्ता सुरू, पहिला शिक्षक कर्मचारीले मागका बिषयमा धारणा राख्दै
नेपालबहस संवाददाता
असोज ५, २०८० शुक्रबार १६:२:४३
५ असोज, काठमाडौं । सरकार र आन्दोलनरत शिक्षकबीच वार्ता भइरहेको छ । सिंहदरबारस्थित गृह मन्त्रालयमा वार्ता भइरहेको हो । बिहीबारको वार्ता निष्कर्षविहीन भएपछि शुक्रबार पुनः वार्ता भएको हो । गृह मन्त्रालयमा वार्ता सुरु भएको छ ।
सरकारले संसदमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकप्रति विरोध जनाउँदै देशभरका शिक्षक काठमाडौं आएर प्रदर्शनमा उत्रिएका छन् । आज बिहान ९ बजे आन्दोलनरत शिक्षकहरूसँग सरकारले छलफल गर्ने भने पनि दुवै पक्षले आन्तरिक छलफल गर्ने भन्दै वार्ता समय सारिएको थियो ।
जारी वार्तामा आन्दोलनरत शिक्षक कर्मचारीहरूले राखेका मागका विषयमा छलफल थालिएको छ । वार्तामा शिक्षक कर्मचारीहरूलाई मागका विषयमा आफ्नो धारणा राख्ने समय दिइएको छ । त्यसपछि सरकारको तर्फबाट सरकारी वार्ता टोलीले आफ्नो धारणा राख्नेछ ।
विद्यालय शिक्षा विधेयकमा विमति जनाउँदै असोज २ गतेदेखि शिक्षक कर्मचारीहरू आन्दोलन गर्दै आएका छन् । उनीहरूले विधेयकमा विभिन्न १८ बुँदे माग संशोधनको माग राख्दै आएका छन् । आन्दोलनरत शिक्षकहरूले आन्दोलन र वार्तालाई सँगसँगै अघि बढाएका हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराष्ट्रिय गौरवका आयोजनाबारे प्रधानमन्त्री ओलीले आज ब्रिफिङ लिने
मंसिर ९, २०८१ आइतबार
रवि लामिछानेलाई चौथोपटक म्याद थपका लागि आज कास्की अदालत उपस्थित गराइँदै
मंसिर ९, २०८१ आइतबार
बिआरआईमा ऋण स्वीकार्न सकिँदैन : महामन्त्री शर्मा
मंसिर ८, २०८१ शनिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
बाक्लो हुस्सुले ढाकेको इनरुवा
मंसिर ९, २०८१ आइतबार
कञ्चनजङ्घा आधार शिविरमा झण्डा फहराउँदै वडाध्यक्ष गुरुङ
मंसिर ९, २०८१ आइतबार
कञ्चनजङ्घा आधार शिविर अवलोकन
मंसिर ९, २०८१ आइतबार
कञ्चनजङ्घा हिमालको दक्षिणी क्षेत्र
मंसिर ९, २०८१ आइतबार
एसिया कप क्रिकेट खेल्न १५ सदस्यीय टोली घोषणा
मंसिर ९, २०८१ आइतबार
कञ्चनजङ्घा हिमालको बेस क्याम्प जाने पदमार्ग देखिएका नाउर
मंसिर ९, २०८१ आइतबार