पाकिस्तानले गर्यो विश्वकप क्रिकेटका लागि टिमको घोषणा, घाइते नसिम टिम बाहिर
नेपालबहस संवाददाता
असोज ५, २०८० शुक्रबार १६:४५:४६
५ असोज, काठमाडौं । पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)ले विश्वकप क्रिकेट खेलका लागि आफ्नो टिम घोषणा गरेको छ । एसिया कपका क्रममा घाइते भएका नसिम शाह समावेश छैनन् । उनको ठाउँमा हसन अलीले मौका पाएका छन् । नसिम सामान्य अवस्थामा फिर्ता हुन अझै ३–४ महिनामा लाग्ने पीसीबीले जनाएको छ ।
विश्वकप खेल्ने टोलीको घोषणा गर्दै मुख्य चयनकर्ता इन्जामाम उल हकले विश्वकप कुनै पनि खेलाडीका लागि जिन्दगीको महत्वपूर्ण इभेन्ट भएको प्रतिक्रिया दिएका छन् । उनले विश्वकपमा टिममाथि भरोसा गरेको बताएका छन् ।
टिममा बाबर आजम (कप्तान), शादाब खान (उपकप्तान), मोहम्मद रिजवान (विकेट कीपर), अब्दुल्लाह शफिक, फखर जमान, हरिश रउफ, हसन अली, इफ्तिखार अहमद, इमाम उल हक, मोहम्मद नवाज, मोहम्मद वसिम, सलमान अलि आगा, सऊद शकिल, शाहिन शाह अफ्रिदी र ओसामा मिर रहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाल प्रिमियर लिगको आधिकारिक मस्कट सार्वजनिक
मंसिर १४, २०८१ शुक्रबार
यु–१९ एसिया कपः श्रीलङ्काले दियो नेपाललाई दुई सय ३४ रनको लक्ष्य
मंसिर १४, २०८१ शुक्रबार
जनकपुर बोल्ट्स र नेपाल सेरामिक इण्डस्ट्रीबीच डेकोर पार्टनरमा सम्झौता
मंसिर १४, २०८१ शुक्रबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
नेपाली क्रिकेटरसँग खेल्न उत्साहित छु : शिखर धवन
मंसिर १४, २०८१ शुक्रबार
सहायक निरीक्षकले आफैँलाई गोली प्रहार गरे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार
मकवानपुरमा छुट्टाछुटै घटनामा तीन जनाको मृत्यु
मंसिर १४, २०८१ शुक्रबार
चाडपर्व सकिएपछि फेरि ‘मुग्लान’
मंसिर १४, २०८१ शुक्रबार