विद्यार्थीहरुको पढाइ रोकिनु दुःखद् : लोसपा
नेपालबहस संवाददाता
असोज ५, २०८० शुक्रबार १६:५७:३३
५ असोज, काठमाडौं । सत्तारुढ लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले शिक्षकहरुको जारी काठमाडौं केन्द्रित आन्दोलनका कारण देशभरका सामुदायिक विद्यालयहरुको पठनपाठन अवरुद्ध हुनु दुःखद भएको जनाएको छ । उसले आन्दोलनप्रति पार्टीको गम्भी रुपमा ध्यानाकर्षण भएको समेत जनाएको छ ।
लोसपाका अध्यक्ष महन्थ ठाकुरले शुक्रबार विज्ञप्ति निकालेर सरकार र आन्दोलनरत दुवै पक्षलाई विषयमा गम्भीर हुन आग्रह समेत गरे । उनले संघीयताको मर्मलाई आत्मसातगरेर तत्काल सहमतिमा पुगेर पढाइ सुचारु गराउन समेत सरकारको ध्यानाकर्षण गराएका छन् ।
प्रतिनिधिसभामा दर्ता भएको विद्यालय शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउँदै देशभरका सबै समुदायिक विद्यालयका हजाराैंकाे संख्यामा शिक्षक, शिक्षिका, कर्मचारीहरू विभिन्न १८ बुँदे माग राखेर बुधबारदेखि विद्यालय बन्द गरेर काठमाडौंमा आन्दोलन गरिरहेका छन् । माग पूरा नभएसम्म आन्दोलन नरोकिने उनीहरुको अडान छ ।
यसैबीच आन्दोलनकारी शिक्षक र सरकारबीच अहिले सिंहदरबारमा वार्ता टोली गठन गरेर औपचारिक वार्ता गरिरहेका छन् । वार्ता आजै टुंगोमा पुग्ने विश्वास दुवै पक्षको छ । मुख्य गरी शिक्षकलाई स्थानीय तहको मातहात राख्नेगरी ल्याएको विधेयकका प्रावधान खारेज हुनुपर्ने माग उठाएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकान्तिपुरका अध्यक्ष कैलाश सिरोहिया पक्राउ
जेठ ८, २०८१ मंगलबार
प्रधानमन्त्रीसँग भुटानका कृषिमन्त्रीको शिष्टाचार भेट
जेठ ८, २०८१ मंगलबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
जेठ ८, २०८१ मंगलबार
बागमती प्रदेश सरकारको नीति तथा कार्यक्रम जेठ १४ गते प्रस्तुत हुने
जेठ ८, २०८१ मंगलबार
कान्तिपुरका अध्यक्ष कैलाश सिरोहिया पक्राउ
जेठ ८, २०८१ मंगलबार
प्रधानमन्त्रीसँग भुटानका कृषिमन्त्रीको शिष्टाचार भेट
जेठ ८, २०८१ मंगलबार
सिरोहियालाई समाउन कान्तिपुर पब्लिकेसन्समा पुग्यो प्रहरी
जेठ ८, २०८१ मंगलबार
उपेन्द्र यादवको रिटमाथिको सुनुवाई आज हेर्दा हेर्दैमा
जेठ ८, २०८१ मंगलबार