वित्तीय सेवा प्रवाहमा उत्कृष्ट मानिएको सिटिजन्स बैंकका यस्ता छन् डिजिटल तथा रिटेल बैंकिङ सेवाहरु
विदेश भ्रमणमा जाँदा होस् वा अनलाइन कारोवार गर्दा तथा विद्यार्थीहरु विदेश अध्ययनमा जाँदा सिटिजन्स बैंकको डलर कार्ड उत्कृष्ट
नेपालबहस संवाददाता
असोज ५, २०८० शुक्रबार २०:११:१३
५ असोज, काठमाडौं । नेपालका बाणिज्य बैंकहरुमध्ये अग्रणी स्थानमा रहेको सिटिजन्स बैंक इटरनेशनलले आफ्ना ग्राहकहरूलाई उत्कृष्ट सेवा पुर्याउने हिसाबले विभिन्न विधुतीय सेवाहरूको विकास गरेको छ । यस बैंकले डिजिटाइजेसनको सन्दर्भमा हालका दिनहरुमा नेपाली बैंकिंङ क्षेत्रले अभूतपूर्व फड्को मारेको सन्दर्भमा यस बैंकले पनि आफूलाई परिष्कृत र परिमार्जन गर्दै लगेको छ ।
विशेष गरी कोभिड–१९ महामारी पश्चात् नेपाली बैंकिङ क्षेत्रमा यस बैंकले संख्यात्मक तथा गुणात्मक रुपमा परिवर्तनहरु हासिल गरेको छ । आफ्ना डिजिटल भुक्तानीका माध्यमहरुलाई ग्राहक माझ पुर्याइरहेको छ । बैंकले बजारमा विकसित भइरहेका नयाँ नयाँ प्रविधिलाई आत्मसाथ गर्दै ग्राहक माझ पुर्याउन विशेष पहल गरेको छ । जसले गर्दा आम ग्राहकको दैनिक कारोबारलाई सहज बनाउँदै लगेको छ । यसै सन्दर्भमा सिटिजन्स बैंकले पनि सरलीकृत डिजिटल तथा रिटेल बैकिङ सेवाहरु प्रदानमा विशेष जोड दिएको छ ।
१. कार्ड तथा ATMसेवाहरु
सिटिजन्स बैंकले नेपाल तथा विदेशमा समेत संचालन गर्न मिल्ने गरी NPR तथा USD Debit Card तथा Credit Card संचालनमा ल्याएको छ । यसै गरी विदेश भ्रमणमा जाने ग्राहकहरूको लागि USD Travel कार्डसमेत संचालनमा ल्याएको छ । जसअनुसार विदेश जाने नेपालीहरूले सटही सुविधा स्वरूप २५०० अमेरिकी डलरसम्मको सटही सुविधा यसै कार्डबाट खर्च गर्न पाउनेछन् ।
त्यसै गरी नेपालमै बसेर अनलाइनमार्फत वस्तु तथा सेवा प्रयोग गर्ने उद्देश्यले ५०० डलर सम्मको E-com card सुविधासमेत बैंकले प्रदान गर्दै आएको छ । यस्तो सुविधा प्राप्त गर्न ग्राहकहरूले सिटिजन्स बैंकमा खाता खोल्नुका साथै प्यान नम्बर उपलब्ध गराउनुपर्नेछ । जसको आधारमा वार्षिक ५०० डलर सम्म कार्डबाटै अनलाइन कारोबार गर्ने सुविधा बैंकले उपलब्ध गराउनेछ ।
बैंकले आफ्ना विभिन्न शाखाहरूबाट GRE, GMAT,TOFEL Visa processing जस्ता सेवाहरुसहितको अनलाइन भुक्तानीसमेत गर्ने व्यवस्था मिलाएको छ । यसबाट डलर खाता नहुने ग्राहकहरूले समेत यस्तो सेवाहरु सरल रुपमा प्राप्त गर्न सक्नेछन् । बैंकले तत्काल कार्ड आवश्यक भएका ग्राहकहरूलाई लक्षित गरि Instant कार्ड दिने व्यवस्था पनि मिलाएको छ । यस्तो सेवा NPR र Dollar दुवै किसिमका कार्डमा उपलब्ध छ ।
बैंकले ATM सेवा अन्तर्गत काठमाडौं, पोखरा, विराटनगर, बीरगञ्ज, नेपालगञ्ज, बुटवल, धनगढी जस्ता मुख्य शहरमा मात्र नभई जुम्ला, जाजरकोट, मुगु जस्ता दुर्गम स्थानहरूबाट समेत एटीएम सेवा प्रदान गर्दै आएको छ । यसरी विभिन्न भौगोलिक स्थानहरूमा रहेका करिब डेढ सय ATM बाट बैंकले आफ्नो सेवा विस्तार गरेको छ ।
२.मोबाइल बैंकिङ
सिटिजन्स बैंकको मोबाइल बैंकिङ सेवा सहज, सरल र विश्वसनीय हुनुका साथै विभिन्न सुविधा एवं विशेषताले युक्त छ । नेपाली बैंकिङ क्षेत्रकै उत्कृष्ट विशेषताले भरिपूर्ण मोबाइल बैंकिङ सेवामा परम्परागत खाताको विवरण हेर्ने, रकमान्तर गर्ने बाहेक विभिन्न बिल पेमेन्ट, कार्ड लेस भुक्तानी, भिषा कार्ड अनुरोध, अनलाइन मुद्दती खाता खोल्ने सुविधा, अनलाइन अप्वाइन्टमेन्ट सिस्टमका साथै क्यू आर भुक्तानी जस्ता सेवा प्रदान गरिरहेको छ । मोबाइल बैकिङ बाटै कर्जा सुविधा (Foneloan) तथा प्रिभिलेज बैंकिङ जस्तो विशिष्टिकृत सेवाले गर्दा यस बैंकको मोबाइल बैंकिंङ एपलाई एउटा पृथक र उत्कृष्ट विशेषता युक्त एप बनाउन मद्दत गरेको छ । यसै गरी अंग्रेजीबाहेक नेपाली भाषामा समेत मोबाइल बैकिङ प्रयोग गर्ने सुविधा बैंकले प्रदान गरेको छ ।
३.इन्टरनेट बैकिङ
सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले ग्राहकमैत्री सुविधा प्रदान गर्ने क्रममा इन्टरनेट बैकिङ सुविधा पनि प्रदान गरेको छ । यस अन्तर्गत स्टेटमेन्ट हेर्ने, रकमान्तर गर्ने लगायत बिल पेमेन्टको सुविधा पनि प्रदान गरिएको छ । ग्राहकहरूलाई इन्टरनेट बैकिङमार्फत दैनिक २० लाख र मासिक ५० लाख सम्मको कारोबार गर्ने सुविधा प्रदान गरिएको छ । यसै गरी विश्वको जुनसुकै कुनाबाट समेत इन्टरनेट बैकिङ सेवा प्रयोग गर्न सकिन्छ ।
४.म्याट्रिक र आस्वा सुविधा
सिटिजन्स बैंकले विभिन्न सरलीकृत सेवा दिने क्रममा डिम्याट तथा आस्वा सेवासमेत प्रदान गर्दै आइरहेको छ । बैंकको डिम्याट सेवा छिटो, छरितो र स्तरीय रहेको छ । बैंकले ग्राहकहरूलाई अनलाइनमा मेरो शेयरमार्फत वा बैंकका शाखा कार्यालयमा उपस्थित भएर शेयर आवेदन गर्ने सुविधा प्रदान गरेको छ । ग्राहकको सहजताको लागि आफ्नो डिम्याट तथा सिआरएन नम्बरको विवरण मोबाइल बैंकिङबाट समेत हेर्न सक्ने व्यवस्था बैंकले गरेको छ ।
५.अनलाइन सुविधा
अनलाइन सिस्टम मार्फत प्रभावकारी सेवा प्रदान गर्न र बैंकसम्म नआई सेवा प्रदान गर्न बैंकले नयाँ भिषा कार्ड अनुरोध, पिन अनुरोध, कार्ड ब्लक गर्ने सुविधा जस्ता सेवाहरुसहितको अनलाइन तथा मोबाइल बैंकिङमार्फत प्रदान गरिरहेको छ । यसै गरी ग्राहकहरूले QR कोड रजिष्ट्रेसन अनुरोध, A/C नं परिवर्तन, मोबाइल नं परिवर्तन जस्ता अनुरोध पनि अनलाइनबाट गर्न सक्नुहुन्छ । त्यसबाहेक मेरो शेयर अनुरोध, सिआरएन नम्बर अनुरोध, मेरो शेयर पासवर्ड अनुरोध, मेरो शेयर रिन्यू जस्ता सेवाहरुसहितको अनलाइनमार्फत समेत गर्न सक्ने व्यवस्था बैंकले गरेको छ ।
६.विप्रेषणकाे सेवा
सिटिजन्स बैंकले संसारको जुनसुकै कुनाबाट पठाएको रकम प्राप्त गर्न आफ्नै विप्रेषण सेवा ‘सिटिजन्स रेमिट’ संचालनमा ल्याएको छ । यसका साथै नेपालका अन्य विप्रेषण कम्पनीहरुसँग समेत सहकार्य गर्दै, जुनसुकै माध्यमबाट आएको विप्रेषण रकम ग्राहकहरूलाई प्रदान गर्ने व्यवस्था गरेको छ । यसबाट रेमिटेन्स प्राप्त गर्न बैंकसम्म आइपुग्ने कुनै पनि ग्राहक सेवा प्राप्त नगरी फर्कनुपर्ने अवस्था नरहने बैंकको विश्वास छ ।यस बाहेक बैंकले आफ्नै मोबाइल बैंकिङ प्रयोग गरी रेमिटेन्स प्राप्त गर्ने सेवाका साथै ‘सिटिजन्स रेमिट’ मार्फत प्राप्त रकम जुनसुकै बैंकमा तुरुन्तै जम्मा गर्ने व्यवस्थासमेत गरेको छ ।
७. डिस्काउन्ट तथा अफरहरू
डिजिटल कारोबारलाई प्रोत्साहन गर्न सिटिजन्स बैंकले विभिन्न संस्थाहरूसँग मिलेर सहकार्य गर्दै आएको छ । बैंकले विभिन्न हस्पिटल, होटेल, रेष्टुरेण्ट, क्लिनिक, म्यूजियम, पार्क लगायतमा डिस्काउन्टको व्यवस्था गरेको छ । भारतको प्रसिद्ध मेदान्त हस्पिटल, अपोलो हस्पिटल लगायतमा समेत बैंकका ग्राहकहरूले यस्तो सुविधा प्राप्त गरिरहनु भएको छ । यससँगै बैंकले दराज अनलाइनमा सपिङ गर्दा प्रत्येक बिहीबार रु ५०० सम्मको डिस्काउन्ट प्रदान गर्दै आएको छ भने पहिलो कार्ड कारोबारमा रु १५० सम्मको डिस्काउन्ट प्रदान गर्दै आएको छ ।
६. अन्य सेवाहरु
सिटिजन्स बैंकले आफ्ना आन्तरिक तथा बाह्य प्रणालीलाई डिजिटाइजेसन गर्ने प्रक्रियालाई प्राथमिकतामा राखेको छ । बैंकले थापाथलीस्थित आफ्नो कार्यालयबाट अत्याधुनिक कल सेन्टर सेवा संचालनमा ल्याएको छ । जस अनुरूप बैंकका ग्राहक सेवा प्रतिनिधिहरूले २४ सै घण्टा सेवा प्रदान गर्दैछन् । यस्तै बैकले बैंक कर्मचारीहरूको संलग्नता बिनै चेक डिपोजिट गर्ने सेवा प्रदान गरेको छ ।
यस्तो सेवा बैंकको दरबारमार्ग, कलंकी, नयाँबजार, विराटनगर, वीरगञ्ज, बुटवल स्थित हस्पिटल लाइन लगायतका शाखामा उपलब्ध छ । यस बाहेक बैंक टेलरको सहायता बिनै नगद जम्मा गर्न क्यास डिपोजिट मेसिनको समेत व्यवस्था बैकले गरेको छ । यस प्रकार सिटिजन्स बैंक ग्राहकहरूलाई अत्याधुनिक सेवा प्रदान गर्न सदैव प्रतिबद्ध रहँदै आएको छ । •एडभाेटाेरियल
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपहिलो पटक सीआरएन नम्बर र शेयर आवेदन सेवा सिटिजन्स मोबाइल बैंकिङ एपमा
पुष ३, २०८१ बुधबार
सिटिजन्स बैंकको ७.९९५ घर कर्जा योजना सार्वजनिक
पुष ३, २०८१ बुधबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
नेपाल प्रहरीमा दैनिक १६२ मुद्दा दर्ता, ११७ पक्राउ
पुष ३, २०८१ बुधबार
गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
न्यायालयको गरिमा कायम राख्न पारदर्शिता चाहिने
पुष ३, २०८१ बुधबार