कांग्रेस महासमिति बैठक मधेशमा गर्न प्रस्ताव
नेपालबहस संवाददाता
असोज ५, २०८० शुक्रबार १८:४:५६
५ असोज, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरूले पार्टीको महासमिति बैठक मधेश प्रदेशमा गर्न प्रस्ताव गरेका छन् । कांग्रेसले यसअघि साउनमा बसेको बैठकबाटै आगामी मंसिर ११ देखि १३ गतेसम्म महासमिति बैठक बोलाउने निर्णय गरेको थियो । बिहीबारदेखि जारी केन्द्रीय कार्यसमितिको बैठकमा महासमिति बैठकको तयारीबारे छलफल भइरहेको छ ।
महामन्त्री गगन थापाले महासमिति बैठकको तयारीका लागि विभिन्न उपसमिति गठन सहितको प्रस्ताव पेस गरेपछि महासमिति बैठक मधेशमा गर्न केन्द्रीय सदस्यहरूले प्रस्ताव गरेका हुन् । शुक्रबारको बैठकमा केन्द्रीय सदस्य मधु आचार्यले महासमिति बैठक मधेश प्रदेशमा गर्नु उपयुक्त हुने बताए । उनले पार्टीको महाधिवेशनपछिको अर्को महत्वपूर्ण सभा महासमिति भएकाले अहिलेको परिस्थितिअनुसार यसको बैठक ग्राउन्डमा गर्नु राम्रो हुने बताए ।
केन्द्रीय सदस्य गोविन्द पोखरेलले पनि महासमिति बैठक मोफसलमा गर्नु नै उपयुक्त हुने बताए । पार्टीको महाधिवेशन काठमाडौँमा भयो, अब महासमिति बैठक काठमाडौं उपत्यका बाहिर हुनु राम्रो हुन्छ,’ उनले भने, ’त्यसकारण मधेशमा गर्नुपर्छ भन्ने कुरा उठेको छ, त्यो उपयुक्त हुनसक्छ ।
कांग्रेसले संसदमा दर्ता भएको विधेयकलाई सर्व स्वीकार्य हुने संशोधन गर्ने प्रतिवद्धता पनि जनाएको छ । शिक्षा विधेयक विरुद्ध शिक्षक महासंघले गरेको तेस्रो दिनको आन्दोलन चलिरहँदा कांग्रेसले केन्द्रीय समितिको निर्णयबाट सरोकारवालालाई परिमार्जन गर्ने आश्वस्त पारेको छ । विद्यालय शिक्षाको गुणस्तर अभिवृद्धि गर्ने लगायतमा संविधानको मर्मलाई आत्मसाथ गर्न नसकेको कांग्रेसको ठहर छ । पार्टी बैठककै बीचमा शिक्षक महासंघको आन्दोलनप्रति चासो देखाउँदै कांग्रेसले केन्द्रीय समितिको बैठक सकिनु अघि नै उक्त विषयमा निर्णय सार्वजनिक गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसामाजिक सुरक्षाको बृहत्तर अवधारणा अघि बढाउन सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री ओली
मंसिर ११, २०८१ मंगलबार
रबि लामिछानेलाई काठमाडौं ल्याईँदै
मंसिर ११, २०८१ मंगलबार
कांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : नेता डा महत
मंसिर १०, २०८१ सोमबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
मुग्लिन–पोखरा सडकः पूर्वी खण्डको म्याद दोस्रोपटक थपियो
मंसिर ११, २०८१ मंगलबार
क्षतिग्रस्त काभ्रे एकीकृत खानेपानी आयोजना पुनःनिर्माणमा एडिबीले सहयोग गर्ने
मंसिर ११, २०८१ मंगलबार
सामाजिक सुरक्षाको बृहत्तर अवधारणा अघि बढाउन सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री ओली
मंसिर ११, २०८१ मंगलबार
बेनीमा घरमै सुत्केरी हुनेको सङ्ख्या तीनवर्षदेखि शून्य
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाहसँगको सम्झौतालाइ लिएर इजरायली संसदमा मतदान हुँदै
मंसिर ११, २०८१ मंगलबार