सल्यानमा जलेर आमा र छाेरीको हत्या प्रकरणः पूर्वप्रेमीले पेट्रोल छर्केर आगाे लगाएको खुलासा
नेपालबहस संवाददाता
असोज ५, २०८० शुक्रबार १८:११:३५
५ असोज, काठमाडौं । गएको भदौ ३० गते राति सल्यानको त्रिवेणी गाउँपालिका–२ झालेढुंगास्थित थापा टोलमा घरभित्रै जलेर आमा र नवजात शिशु (छोरी)को मुत्यु भव्यतव्य नभई हत्याबाट भएको खुलेको छ ।
स्थानीय सुकलालकी श्रीमती २९ वर्षीया रेवती थापा र उनकी छोरी ९ महिनाकी रितु थापाको टिनको भुँइतले घरभित्र जलेको अवस्थामा मृत फेला परेका थिए । बिहान अबेरसम्म सुनसान पाइएपछि स्थानीयले ढोकाबाट हेर्दा आमा–छोरी जलेको अवस्थामा देखेर प्रहरीलाई खबर गरेका थिए ।
त्यसपछि इलाका प्रहरी कार्यालय लुहाम सल्यानले शवको मुचुल्का बनाए उठाएर पोष्टमार्टमा पठाएको थियो । घटनामा जिल्ला प्रहरी कार्यालयका एक डीएसपीको नेतृत्वमा सुक्ष्म अनुसन्धान गर्ने क्रममा हत्यामा रेवतीको पूर्व प्रेमी सिद्धकुमाख गाउँपालिका–२, खानिगाउँमा २८ वर्षीय कर्णबहादुर बस्नेतको संलग्नता रहेको खुलेको हो ।
उनलाई प्रहरीले बुधबार पक्राउ गरी हिरासत राखेर थप अनुसन्धान जारी राखेको छ । विवाहित बस्नेतले सुकलालसँग विवाह गरेको रिस साध्न भदौ २६ गते विदेशबाट घर आएर उनले योजना बनाएर २९ गते राति साढे ९ बजेतिर घरभित्र आमा छोरा मात्र भएका बेला प्रवेश गरी हत्या गरेको अनुसन्धानमा खुलेको प्रहरीको भनाइ छ । बस्नेत ढकढक गरेर ढोका खोल्न लगाइ घरभित्र छिरेर रेवतीलाई घाँटी न्याकेर ज्यान लिएपछि साथमा लिएर गएको पेट्रोल आमाछोरीको शरीरमा छर्केर सलाइले आगो लगाइ फरार भएका थिए ।
घटनाबारे रेवतीको मोवाइलको विस्तृत अनुसन्धान र अध्यायनबाट बस्नेतको कर्तुत खुलासा भएको हो । बस्नेत र रेवतीबीच झण्डै ७ वर्ष पुरानो प्रेम सम्बन्ध रहेको र आफू विवाहित भएकै बखत उनले रेवतीसँग विवाह गर्ने जिद्धी लिएको देखिएको छ । तर उनी बिचमा रोजगारका लागि दुबई जाँदा रेवतीको विवाह सुकलालसँग भएपछि बदलाभाव लिएको पाइएको प्रहरीको दाबी छ ।
दुबई जानुपहिले दुवै जनाबीच शारीरिक सम्बन्ध भएको प्रमाण समेत फेला परेको दाबी प्रहरीको छ । आरोपी बस्नेतले आमा–छोरीको हत्या आफूले गरेको कुरा प्रहरीसमक्ष स्वीकार गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभूकम्पमा भत्केका विद्यालय प्रदेश सरकारले पुनर्निर्माण
पुष २५, २०८१ बिहिबार
हृदयाघातबाट पालिका कर्मचारीको निधन
पुष २१, २०८१ आइतबार
कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकका १८ वटा निर्णय सार्वजनिक ( हेर्नुस् सूचीसहित )
पुष १९, २०८१ शुक्रबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
हुम्लाको स्थानीय तहमा वडाको सिफारिसमा अनुदानको नुन वितरण
पुष २७, २०८१ शनिबार
राप्रपाको जलपान समारोहमा प्रधानमन्त्री ओलीको इन्ट्री ( फोटो फिचर )
पुष २७, २०८१ शनिबार
आर्थिक संकट मोचनको लागि सात बुँदे सहमति : उपसभापति गुरुङ
पुष २७, २०८१ शनिबार
सशस्त्र र नेपाल प्रहरीसम्बन्धी विधेयक संसदमा पेस हुँदै
पुष २७, २०८१ शनिबार
पृथ्वी नारायण शाहको शालिकमा १०८ फिटको माल्यार्पण ( फोटो फिचर )
पुष २७, २०८१ शनिबार
भृकुटीमण्डपमा राप्रपाको जलपान समारोह, शीर्ष नेताहरू को को पुगे ?
पुष २७, २०८१ शनिबार