सरकारसँगको सहमतिमा राहत शिक्षकको असहमति
नेपालबहस संवाददाता
असोज ५, २०८० शुक्रबार १८:२३:४०
५ असोज, काठमाडौं । सरकार र आन्दोलनरत शिक्षकबीच आज बेलुका सिंहदरबारमा भएको ६ सहमतिमा राहत शिक्षकहरूले असहमति जनाएका छन् ।
आजको सहमति सरकार र नेपाल शिक्षक महासंघबीच भएको र त्यसमा आफूहरूको असहमति रहेको राहत शिक्षक केन्द्रीय समितिका अध्यक्ष खेमराज अधिकारीले बताए ।
सहमति पत्रमा राहत शिक्षकको तर्फबाट हस्ताक्षर नगरिने उनले बताए । उनले सहमतिबारे असहमति जनाउन विज्ञप्ति निकाल्ने तयारीमा आफूहरू रहेको बताए । आजको सहमतिका बुँदाले राहत शिक्षकको माग सम्बोधन नगरेको उनको भनाइ छ ।
सरकारले संसदमा दर्ता गराएको विद्यालय शिक्षा विधेयकमा समेटिएका विभिन्न प्रावधान संशोधनको माग गर्दै बुधबारदेखि देशभरका सामुदायिक विद्यालयका स्थायी, अस्थायी, राहत, करार, अनुदान र बाल शिक्षक र कर्मचारीहरू काठमाडौंमा आन्दोलन गर्दै आइरहेका छन् ।
यस बीचमा आन्दोलनको नेतृत्व गरिरहेको नेपाल शिक्षक महासंघको वार्ता टोली र सरकारका टोलीबीच वार्ता हुँदा ६ बुँदे सहमति भएको छ । सहमति पत्रमा हस्ताक्षर भएकाे छ । सहमतिपश्चात आन्दोलनकारी शिक्षकहरूबीच फाटाे देखा परेकाे छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभारतको सहयोगमा पद्मकन्या विद्यालयमा बनेको छात्रावासको उद्घाटन
जेठ १४, २०८१ सोमबार
अत्यधिक गर्मीले वीरगञ्जका विद्यालय बन्द
जेठ १४, २०८१ सोमबार
हुम्लामा दुई विद्यार्थीलाई पढाउन तीन शिक्षक
जेठ १०, २०८१ बिहिबार
सीमा सुरक्षा प्रहरी चौकी
नेपालबहस संवाददाता
जेठ १४, २०८१ सोमबार
के तपाईको हातमा पैसा जोगिदैन ? यी तरिकाहरु अपनाउनुस् !
नेपालबहस संवाददाता
जेठ १२, २०८१ शनिबार
सिरोहिया पक्राउ बारे बोलेका महजोडीले चौतर्फी आलोचना भएपछि मागे माफी
जेठ १४, २०८१ सोमबार
सीमा सुरक्षा प्रहरी चौकी
जेठ १४, २०८१ सोमबार
एकीकृत समाजवादीले महाधिवेशनको दस्तावेज मातहतका कमिटीलाई पठाउने
जेठ १४, २०८१ सोमबार
मङ्गलबार गणतन्त्र दिवस मनाइँदै
जेठ १४, २०८१ सोमबार
‘योजना कार्यान्वयन नहुँदा विकासमा पछि पर्यो कर्णाली’
जेठ १४, २०८१ सोमबार
भारतको सहयोगमा पद्मकन्या विद्यालयमा बनेको छात्रावासको उद्घाटन
जेठ १४, २०८१ सोमबार
वनको घनत्वसम्बन्धी ११ सूचकमध्ये ६ को प्रगति न्यून, ४ को शून्य
जेठ १४, २०८१ सोमबार
विकल पौडेल अर्को भ्रष्टाचार मुद्दामा पनि दोषी ठहर
जेठ १४, २०८१ सोमबार