बुढेसकालमा राष्ट्रपति पाउँदा राष्ट्रपति पौडेलले कृतज्ञ भएर सरकारको नराम्रो काममा पनि साथ दिनुभयो : ओली
नेपालबहस संवाददाता
असोज ५, २०८० शुक्रबार १८:४२:५४
५ असोज, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेलले बुढेसकालमा राष्ट्रपति पाएकोमा कृतज्ञता भएर सरकारले गरेको नराम्रो काममा पनि साथ दिने गरेको आरोप लगाएका छन् ।
शुक्रबार पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारले राजनीतिक अपराधीकरण र अपराधीकरणको राजनीति गरिरहेको भन्दै राष्ट्रपति पौडेलले बुढेसकालमा राष्ट्रपति पाएकोमा कृतज्ञता भएर साथ दिएको आरोप लगाएका हुन् ।
उनले भने, ‘सरकारले राजनीतिक अपराधीकरण र अपराधीकरण को राजनीति गरिरहेको छ । अपराधी जेलमा बस्नुपर्दैन प्रोफेसरको ढाड भाँच्यो भने मुद्दा फिर्ता लिन्छ । राष्ट्रपति महोदय बुढेसकालमा राष्ट्रपति पाएकोमा कृतज्ञता हुनुहुन्छ ।" राष्ट्रपतिबारे ओलीको कडा टिप्पणी गर्दै सरकारले जे लग्यो, त्यही स्वीकार गर्ने गरेको आरोप लगाएका छन् ।
उनले सरकारले हिंसा फैलाउनका लागि फागुन १ गतेलाई राष्ट्रिय उत्सव घोषणा गरेकामा असहमति जनाउँदै भने, ‘सरकारको ध्यान कता छ भने हिंसा गरेको दिन फागुन १ गतेलाई राष्ट्रिय उत्सव घोषणा गर्ने बिदा दिने हिंसा सुरु गरेको दिनलाई । एड्स चाहिँ रोक्नका लागि मनाइन्छ । हिंसा दिवस रोक्नका लागि होइन फैलाउनका लागि हो ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनारीवादी नीतिको अनुशरण गर्न आवश्यक छः परराष्ट्रमन्त्री राणा
पुष ३, २०८१ बुधबार
यस्तो छ नेकपा एसका नेताहरुको कार्यविभाजन
पुष ३, २०८१ बुधबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
एकीकृत समाजवादीको केन्द्रीय सचिवालय गठन
पुष २, २०८१ मंगलबार
बाल अस्पताल निर्माणमा सघाउन कतारसँग आग्रह
पुष ३, २०८१ बुधबार
पहिलो पटक सीआरएन नम्बर र शेयर आवेदन सेवा सिटिजन्स मोबाइल बैंकिङ एपमा
पुष ३, २०८१ बुधबार
‘निजामती कर्मचारीलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गर्नुपर्ने’
पुष ३, २०८१ बुधबार
नारीवादी नीतिको अनुशरण गर्न आवश्यक छः परराष्ट्रमन्त्री राणा
पुष ३, २०८१ बुधबार
नागरिकका चासोका विषय प्रसार गर्नुपर्ने
पुष ३, २०८१ बुधबार
पर्सामा मिटर ब्याजविरुद्ध प्रहरीको कदम, ३३ बिघाभन्दा बढी सम्पत्ति फिर्ता
पुष ३, २०८१ बुधबार