अमेरिका भ्रमण सकेर प्रधानमन्त्री प्रचण्ड चीनमा, दिवा भोजपछि राष्ट्रपति सीसँग भेटवार्ता
नेपालबहस संवाददाता
असोज ६, २०८० शनिबार ८:५४:१६
६ असोज, काठमाडौं । अमेरिकाको भ्रमण सकेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शनिबार बिहान चीन पुगेका छन् । त्यहाँको समय अनुसार उनी १०ः १० बजे चीन पुगेका हुन् । प्रचण्ड संयुक्त राष्ट्र संघको महासभा सहभागी भएर अमेरिकाबाट हङकङ हुँदै एसियाली खेलकुद महोत्सव आयोजना गरिएको चीनको हाङचौं शहरमा पुगेका हुन ।
प्रधानमन्त्री प्रचण्डको स्वागतको लागि चीनस्थित नेपाली राजदूत विष्णुपुकार श्रेष्ठ र चिनियाँ अधिकारीहरू हाङचौंको अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका थिए । आज मध्यान्ह राष्ट्रपति सीले एसियाली खेलकुदमा सहभागी हुन आएका विशिष्ट पाहुनालाई दिवा भोज दिने छन् । त्यसमा प्रधानमन्त्री प्रचण्ड सहभागी हुनेछन् ।
प्रधानमन्त्री प्रचण्डले दिउँसो चार बजे चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भेटघाट हुने कार्यक्रम तय भएको छ । आज साँझ आठ बजे एसियाली खेलकुद महोत्सवमा उद्घाटन समारोहमा सहभागी हुने कार्यक्रम रहेको छ । प्रधानमन्त्रीको चीन भ्रमण एक साताको हुनेछ । हाङचौंबाट, बेइजिङ, छोङछिङ, तिब्बत र छेन्दु हुँदै ३० सेप्टेम्बरमा नेपाल फर्कने कार्य तालिका रहेको छ ।
भ्रमणका बेला उनले कृषि तथा प्रविधिको क्षेत्रमा छोटो समयमै उच्च सफलता हासिल गरेको चीनको छोङछिङ महानगरपालिकामा रहेको छोङछिङ एकेडमी अफ एग्रीकल्चरल साइन्सलगायत विज्ञान तथा प्रविधि विकासका क्षेत्रहरूको अवलोकन गर्नेछन् ।
नेपालको प्रधानमन्त्रीको हैसियतमा प्रचण्डको यो तेस्रो चीन भ्रमण हो । भ्रमणले नेपाल–चीनबीच विद्यमान द्विपक्षीय सम्बन्ध थप उच्च र प्रगाढ हुने उनको विश्वास छ । छोङछिङको भ्रमण पछि नेपालसँग सीमा जोडिएको चीनको तिब्बत स्वशासित क्षेत्रको भ्रमणमा जाने र त्यहाँका उच्च पदस्थ अधिकारीहरूसँग भेटवार्ता गरी नेपाल फर्कने कार्यक्रम रहेको छ ।
नेपालको पूर्वाधार विकास, कृषि, उर्जा, पर्यटन, स्वास्थ्य, शिक्षालगायत विविध क्षेत्रमा छिमेकी चीनबाट प्राप्त सहयोगबारे छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । भ्रमणमा कोभिडको कारण नियमित हुन नसकेका द्विपक्षीय व्यापार नाका र परम्परागत सीमा नाकाहरू खोल्ने विषयमा समेत कुराकानी हुनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनारीवादी नीतिको अनुशरण गर्न आवश्यक छः परराष्ट्रमन्त्री राणा
पुष ३, २०८१ बुधबार
यस्तो छ नेकपा एसका नेताहरुको कार्यविभाजन
पुष ३, २०८१ बुधबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
एकीकृत समाजवादीको केन्द्रीय सचिवालय गठन
पुष २, २०८१ मंगलबार
आर्थिक कूटनीतिलाई प्राथमिकतामा राख्न राजदूतहरुलाई आग्रह
पुष ३, २०८१ बुधबार
बाल अस्पताल निर्माणमा सघाउन कतारसँग आग्रह
पुष ३, २०८१ बुधबार
पहिलो पटक सीआरएन नम्बर र शेयर आवेदन सेवा सिटिजन्स मोबाइल बैंकिङ एपमा
पुष ३, २०८१ बुधबार
‘निजामती कर्मचारीलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गर्नुपर्ने’
पुष ३, २०८१ बुधबार
नारीवादी नीतिको अनुशरण गर्न आवश्यक छः परराष्ट्रमन्त्री राणा
पुष ३, २०८१ बुधबार