नाकाबन्दीका आठ वर्ष, ओलीले सम्झिए कष्टकर दिन
नेपालबहस संवाददाता
असोज ६, २०८० शनिबार ९:४६:११
६ असोज, काठमाडौं । नेपालमा नाकाबन्दी भएको आठ वर्ष बितेको छ । आजकै दिन भएको नाकाबन्दीलई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्झिएका छन् । उनले नाकाबन्दीका कठोर दिनहरुको सामाजिक सञ्जालमा स्मरण गरेका छन । उनी त्यो समयमा प्रधानमन्त्री थिए ।
दोस्रो संविधानसभाबाट नयाँ संविधान निर्माण भइरहेको बेला भारतले गरेको नाकाबन्दीको ओलीले स्मरण गरेका हुन । ओलीले ‘इतिहासमा आज’ भन्दै ती दिनको सम्झना गरेका छन । ‘आज असोज ६ गते । आज भन्दा ८ वर्ष अघिको आजको दिन सम्झन्छु, उनले भनेका छन् ।
‘जीवनमा कतिपय दिन यस्ता हुन्छन्, तिनलाई कहिले बिर्सिन सकिँदैन । अस्पतालमा अक्सिजन, औषधि, बजारमा पेट्रोल, डिजेल, मट्टितेल, खाना पकाउने ग्याँस लगायतका दैनिक उपभोग्य वस्तुको हाहाकार थियो, इन्धन नभएर अस्पताल जान नपाउने, खाना पकाउन नपाउने, भोकै बस्नु पर्ने पीडा भोग्यौं ।’ ओलीले स्मरण गर्दै भनेका छन, ‘ देश भित्र र बाहिर बस्ने सबै नेपाली जनताले करिब ६ महिनासम्म भएको नाकाबन्दीलाई पराजित गरेका थियौं ।’
संविधान निर्माण प्रति असन्तुष्ट भारतले गरेको नाकाबन्दीले सिंगो देश प्रभावित हुन पुगेको थियो । उनी अगाडि सम्झन्छन्, ‘कुनै दिनले इतिहास सम्झाउँछ र इतिहासले देशलाई आत्मनिर्भर बनाउने प्रेरणा दिन्छ। जतिसुकै अवरोध भए पनि, जतिसुकै प्रहार भए पनि, जतिसुकै घेराबन्दी भए पनि देशलाई आत्मनिर्भर बनाउने अभियान छोड्नु हुँदैन ।’ उनले सामाजिक सञ्जालबाट सोधेका छन, ‘तपाईँहरूले ती दिनलाई कसरी सम्झनु भएको छ ?’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
रविको सांसद पद निलम्बन गर्ने चिठी संसद् पुग्यो
पुष ७, २०८१ आइतबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा ‘लोडसेडिङ’, दैनिक ४ घण्टा विद्युत् कटौती
पुष ७, २०८१ आइतबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न ‘धरान एक्स्पो’ हुँदै
पुष ७, २०८१ आइतबार
दुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
नगरस्तरीय महिला भलिबलको उपाधि जनज्योतिलाई
पुष ७, २०८१ आइतबार