विनयले उम्मेदवारी फिर्ता लिएपछि क्यानको अध्यक्षमा चन्द निर्वाचित
नेपालबहस संवाददाता
असोज ६, २०८० शनिबार ११:१५:११
०६ असोज, काठमाडौं । नेपाल क्रिकेट संघको अध्यक्षमा चतुरबहादुर चन्द निर्विरोध निर्वाचित भएका छन् । अध्यक्षमा उमेदवारी घोषणा गरेका विनय राजभण्डारीले उम्मेदवारी फिर्ता लिएपछि उनी निर्विरोध भएका हुन् । शनिबार संघको अध्यक्ष पदमा भएको निर्वाचनमा चन्द निर्विरोध निर्वाचित भएका हुन् ।
यसै गरी कोषाध्यक्ष पदमा पदम खड्का निर्विरोध भएका छन् । सो पदमा उनको मात्रै उम्मेदवारी परेको छ । त्यस्तै महिला सदस्यमा जयन्ती खड्का निर्विरोध निर्वाचित भएकी छन् ।
नेपाल क्रिकेट संघको शुक्रबार काठमाडौंमा सुरु भएको साधारणसभा आज शनिबार नयाँ नेतृत्व चयन गर्दै सम्पन्न हुनेछ । सचिव लगायत अरू पदका लागि निर्वाचन जारी छ ।
अध्यक्षमा उम्मेदवारी घोषणा गरेका विनय राजभण्डारीले उम्मेदवारी फिर्ता लिएका छन् । बर्दिया जिल्ला क्रिकेट संघका अध्यक्ष तथा लुम्बिनी प्रदेशका उपाध्यक्ष विनयले निर्वाचनको केही घण्टा अघिमात्र उम्मेदवारी फिर्ता लिएका हुन् ।
उनले वर्तमान अध्यक्ष तथा अध्यक्ष पदका अर्का उम्मेदवार चतुरबहादुर चन्दसँग रहेको असमझदारीमा सहमति बनेपछि आफूले नाम फिर्ता लिएको बताए । विनयले उम्मेदवारी फिर्ता लिएपछि क्यानको अध्यक्षमा चन्द निर्विरोध निर्वाचित भएका हुन् । यद्यपि, अहिले निर्वाचनका लागि मनोनयन दर्ता भइरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाली पार्कर खेलाडी सुनार गिनिज बुकमा नाम लेखाउन सफल
पुष ७, २०८१ आइतबार
बक्सिङ डे टेस्टमा भारतको रेकर्ड कस्तो रह्यो ?
पुष ५, २०८१ शुक्रबार
तनहुँमै पहिलो पटक ह्विलचियर बास्केटबल प्रतियोगिता हुने
मंसिर २९, २०८१ शनिबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
चलचित्र ‘एक्लो’को क्यारेक्टर पोस्टर सार्वजनिक
पुष ८, २०८१ सोमबार
जाडो याममा तातो भक्का विद्यार्थीको रोजाइमा
पुष ८, २०८१ सोमबार
निलगिरी हिमालमा हिउँ घट्दै
पुष ८, २०८१ सोमबार
खोकना बस्ती र आसपासको दृश्य
पुष ८, २०८१ सोमबार
रवि र छबीसहित ५ जनालाई कास्की अदालतका न्यायाधीश राईको इललासमा बयान गराइने
पुष ८, २०८१ सोमबार