चितवनमा ‘एनप्लस प्रोफेसनल लक्की फिल्मी अवार्ड’ हुने
नेपालबहस संवाददाता
असोज ७, २०८० आइतबार १०:५७:३५
७ असोज, चितवन । मोफसलकै चर्चित लक्की मिडिया हाउस चितवनले आयोजना गर्न लागेको ‘एनप्लस प्रोफेसनल लक्की फिल्मी अवार्ड–२०८० तथा सम्मान कार्यक्रम’ असोज २५ गते हुने भएको छ ।
भरतपुरको सिजी ल्याण्डमार्कमा रहेको चितवन सिनेप्लेक्समा बिहान ११ बजेदेखि हुने कार्यक्रममा देशभरबाट विभिन्न विधाका दुई दर्जन कलाकार सहित स्थानीयस्तरमा उत्कृष्ट काम गरेका व्यक्तिहरुलाई सम्मानित गरिने जनाइएको छ ।
आयोजक संस्था लक्की मिडिया हाउस चितवनका महाप्रबन्धक हरि कार्की ‘लक्की’ ले अवार्डमा लाइफटाइम एचिभमेन्ट अवार्डबाट चर्चित कलाकार बसुन्धरा भुसाल सहितका कलाकारलाई सम्मान गरिने जानकारी दिए ।
दुई दर्जन कलाकारहरूसहित चितवनमा रहेर लामो समयदेखि काम गर्दै आएका पत्रकार, मावनीय सेवामा समर्पित व्यक्ति, व्यवसायी, चिकित्सक, स्वास्थ्यकर्मी, समाजसेवी, खेलाडी लगायतको हौसलाका लागि उनीहरुको प्रतिनिधित्व हुने गरी एक÷एक जना व्यक्तिलाई सम्मान गरिने कार्कीले बताए ।
अवार्ड वितरण तथा सम्मान प्रदानका लागि जुरी टिमले कार्यविधि बनाएर काम गरिरहेको कार्कीले बताए । ‘चितवनको इतिहासमा नै पहिलो पटक यस प्रकारको फिल्मी अवार्ड आयोजना गर्दै छौँ,’ उनले भने, ‘अवार्डको प्रचार–प्रसारका लागि चर्चित कलाकारको साथमा अटोयात्रा समेत गरिँदै छ ।’ अवार्डको पूर्वसन्ध्यामा आयोजना गरिने अटोयात्राले भरतपुरको नगर परिक्रमा गर्ने महाप्रबन्धक कार्कीले जानकारी दिए ।
लक्की मिडिया हाउस चितवनले आयोजना गर्न लागेको अवार्डको मिति नजिकिएसँगै अवार्ड वितरणको तयारी तीव्र बनाउँदै कार्यक्रमका लागि कलाकारसँग भेटघाट तथा अन्तरक्रिया गरिरहेको कार्कीको भनाइ छ । महाप्रबन्धक कार्कीले सिने क्षेत्रलाई स्वस्थ प्रतिस्पर्धाको वातावरण बनाउन गुणस्तरीय सिनेमा निर्माणका लागि अवार्ड कार्यक्रमले सघाउने बताए । कलाकारहरू राष्ट्रका गौरव र गहना भएकाले उनीहरुले पुर्याएको योगदानको कदर गर्नेुपर्नेमा कार्कीले जोड दिए ।
२०७१ सालमा स्थापना भएको लक्की मिडिया हाउस चितवनले चितवनबाट सिनेमा बजारको प्रचार, प्रवर्द्धनका काम तथा विभिन्न इभेन्ट्सहरु गर्दै आइरहेको कार्कीको भनाइ छ । फिल्मी अवार्ड तथा सम्मान कार्यक्रमलाई चितवनको गौरव र गरिमामय कार्यक्रमको रुपमा अगाडि बढाउँदै बर्सेनि सम्मानको कार्यक्रमलाई निरन्तरता दिइने महाप्रबन्धक कार्कीको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचलचित्र विकास बोर्डले दश चलचित्र ‘डिजिटाइजेसन’ गर्ने
मंसिर २८, २०८१ शुक्रबार
देशभर सञ्चालित चलचित्र भवनको सूची सार्वजनिक
मंसिर १९, २०८१ बुधबार
पुराना अभिनेत्रीहरू पुनः पर्दामा फर्किए
मंसिर १२, २०८१ बुधबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
नेपालबहस संवाददाता
मंसिर २७, २०८१ बिहिबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
नेपालबहस संवाददाता
मंसिर २८, २०८१ शुक्रबार
निराशाजनक राजनीतिमा कांग्रेसभित्र डा. शेखर कोइरालाप्रति बढ्दो आशा
मंसिर २९, २०८१ शनिबार
भविष्यको गन्तव्यः कस्ता नयाँ पुस्ता, कस्तो नयाँ सोंच ?
मंसिर २९, २०८१ शनिबार
महाअभियोग लागेका दक्षिण कोरियाका राष्ट्रपति युनलाई हटाउने वा नहटाउने अदालतमा निर्भर
मंसिर २९, २०८१ शनिबार
काठमाडौंविरुद्ध ब्याटिङ गर्दै विराटनगर
मंसिर ३०, २०८१ आइतबार
तनहुँको आँबुखैरेनीमा चितुवाको त्रास
मंसिर ३०, २०८१ आइतबार
गलैँचा, मुढा बेचेको रकम घर पठाउँदै कैदीबन्दी
मंसिर ३०, २०८१ आइतबार
कुखुरा पालेर मासिक एक लाख पचास हजार बचत
मंसिर ३०, २०८१ आइतबार
उधौली पर्व/योमरी पुन्हि (ज्यापु दिवस)/धान्य पूर्णिमामा सभापति देउवाको शुभकामना
मंसिर ३०, २०८१ आइतबार
सांस्कृतिक पर्वहरूले राष्ट्रिय एकतालाई थप मजबुत बनाउँछः अध्यक्ष दाहाल
मंसिर ३०, २०८१ आइतबार