चराको राजधानी “जगदिशपुुर ताल” [ फोटोफिचर ]
नेपालबहस संवाददाता
असोज ७, २०८० आइतबार ११:२०:१८
♦ मनिष अर्याल
७ असोज, काठमाडौं । जगदिशपुुर ताल कपिलवस्तु जिल्लाको सदरमुकाम तौलिहवाबाट लगभग करिब १२ किलोमिटर उत्तर, कपिलवस्तु नगरपालिका वडा नँ ९ र १० स्थित जगदिशपुर भन्ने ठाउँमा अवस्थित रहेको छ । पाहुना चराहरूको थलो कपिलवस्तुको जगदिशपुर ताल ४५ वर्षअघिसम्म गाउँ थियो ।
थारू समुदायको बाहुल्यता रहेकोले त्यो गाउँलाई जगदिशपुर थारू गाउँ भनिन्थ्यो । गाउँको बीचमा सानो ताल थियो जसलाई जगिरा भनिन्थ्यो । त्यही तालमा गाउँलेहरू पौडी खेल्ने, भैँसीलाई आहाल बसाल्ने र माछा मार्ने गर्थे । प्रशस्त खेतीयोग्य जमिन भए पनि जिल्लाको दक्षिणी क्षेत्रमा सिँचाइको सुविधा भने थिएन । उत्तरी क्षेत्रमा वाणगंगा र कोइली नदीबाट कुलो र नहरमार्फत खेतमा सिँचाइ गरिए पनि दक्षिणी क्षेत्रमा सिँचाइको सुविधा थिएन ।
त्यही समस्या समाधानको लागि वि.सं. २०३५ सालमा सिँचाइ प्रयोजनको लागि वाणगंगा डिभिजनल सिँचाइ कार्यालयले लक्ष्मणघाटमा बाँध बाँधेर जगदिशपुरमा जलाशय निर्माण गर्ने र त्यहीबाट सयौं हेक्टर जमिन सिँचाइ गर्ने योजना अगाडि सारेको थियो । त्यही सिँचाइको लागि कपिलवस्तु नगरपालिका वडा नं. ९ र १० मा बनाइएको जलाशय अहिले चराहरूको लागि स्वर्ग र आकर्षक पर्यटकीय स्थलको रूपमा जगदिशपुर तालको नामबाट देशभर प्रख्यात छ ।
करिब २१५ हेक्टर क्षेत्रफलमा फैलिएको उक्त तालको १५७ हेक्टर भाग पानीले ढाकेको छ । यो ताल नेपालकै मानव निर्मित जैविक विविधतायुक्त तालहरुमध्ये सबैभन्दा ठुलो ताल हो । ४,७५०,००० घन मिटर क्षमता रहेको यो तालको गहिराइ ३ मिटर रहेको छ । सन् २००३ सालमा रामसार सुचीमा सुचीकृत भएको यो ताल कपिलबस्तु जिल्लाको महत्वपूर्ण धरोहर हो । यस तालमा ४६ प्रजातिका माछा,घस्रने प्रजातिका ४२ उभयचर प्रजातिका १० तथा स्तनधारी समुहका समेत प्राणीहरु रहेका छन ।
साथै यहाँ गर्मी याममा बसाई सर्ने ७ प्रजाति,जाडो याममा बसाई सर्ने ६४ प्रजाति र अन्य रैथाने प्रकृतिका प्रणीहरु रहेका छन । विभिन्न मौसमअनुसार यस तालमा विदेशी साइबेरियन चराहरू प्रशस्तमात्रामा आउने गर्दछन । यस्ता आगन्तुक चराहरू जाडो तथा गर्मी मौसम छल्न आई पुन आफ्नै मुलुक फर्कने गर्दछन । विभिन्न प्रजातिका जलचर तथा थलचर प्रजातिका प्राणीहरु प्रशस्त पाइने यस तालमा स्वदेशी तथा विदेशी पर्यटकहरु आउने गर्दछन् ।
साइबेरिया, रुस, चीन, मंगोलिया, मध्य एशियाका तुर्केमिनिस्तान र किर्गिस्तान लगायतका देशबाट यहाँ चराहरू आउने गरेको पाइन्छ । ती देशहरूमा बढी जाडो हुने भएकाले चरा जाडो छल्न आउने गरेको जनाइएको छ । ताल सन् २००३ अगस्तमा रामसार साइटमा सुचिकृत भएको थियो । कृत्रिम रुपमा बनाइएको मुलुककै ठूलो यस जगदिशपुर तालमा १ सय १८ बढी प्रजातिको चराचुरुङ्गी पाइने पक्षी संरक्षण संघले जनाएको छ ।
एसियाको दोस्रो ठूलो यो ताल पर्यटकीय हिसाबले निकै सम्भावना बोकेको छ । कपिलवस्तुको सानको रुपमा रहेको यो जलाशय उचित संरक्षण र सवंर्धनको अभावमा प्रख्यात हुन सकेको छैन । पर्यटकीय क्षेत्र तथा जगदिशपुर तालमा रहेका चरा हेर्न आउने पर्यटकलाई मध्यनजर गर्दै नजिकै थारु होमस्टेहरु पनि छन ।
पर्यटकहरूलाई आकर्षित गर्न विगत पाँच छ वर्षदेखि तालमा डुंगा सञ्चालन गरिएको छ । चराहरू बढी मात्रामा पानी कम भएको, दलदल र झाडीहरूमा बासस्थान बनाउने भएकोले त्यस्तो क्षेत्रमा मानिसहरूको प्रवेशलाई निषेध गरिएको छ । तालको वरिपरि डिलबाट हिँडडुल गर्न र चराहरू अवलोकन गर्न पाइन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदुर्गा प्रसाईंलाई साइबर ब्यूरोबाट अदालत लगियो [ फोटो फिचर ]
असोज ६, २०८१ आइतबार
सिन्धुलीको प्रख्यात धार्मिक तथा पर्यटकीय स्थल कमलामाई मन्दिर ( फोटो फिचर )
असोज ६, २०८१ आइतबार
दशैं नजिकिएसंगै व्यस्त होलसेल व्यापारी देखि भरियासम्म ( फोटो फिचर )
असोज ६, २०८१ आइतबार
रविलाई पक्राउ गर्ने कि नगर्नेमा विवाद, पुरक अभियोजनका लागि छलफल
नेपालबहस संवाददाता
असोज ४, २०८१ शुक्रबार
नेकपा एसमा विवादः रामकुमारीसहित असन्तुष्ट नेताहरु एमालेसँग नजिकिदै
नेपालबहस संवाददाता
असोज ६, २०८१ आइतबार
घरबाटै पक्राउ परे मेडिकल व्यवसायी दुर्गा प्रसाईं
नेपालबहस संवाददाता
असोज ६, २०८१ आइतबार
दुर्गा प्रसाईंलाई साइबर ब्यूरोबाट अदालत लगियो [ फोटो फिचर ]
नेपालबहस संवाददाता
असोज ६, २०८१ आइतबार
नेकपा एसमा विवादः रामकुमारीसहित असन्तुष्ट नेताहरु एमालेसँग नजिकिदै
असोज ६, २०८१ आइतबार
घरबाटै पक्राउ परे मेडिकल व्यवसायी दुर्गा प्रसाईं
असोज ६, २०८१ आइतबार
दुर्गा प्रसाईंलाई साइबर ब्यूरोबाट अदालत लगियो [ फोटो फिचर ]
असोज ६, २०८१ आइतबार
प्रधानमन्त्री ओली र मोदीबीच न्युयोर्कमा भेटवार्ता
असोज ७, २०८१ सोमबार
प्रधानमन्त्री ओली र भूटानका प्रधानमन्त्री तोग्बेबीच भेटवार्ता
असोज ७, २०८१ सोमबार
कस्तो छ तपाईको आजको राशीफल ?
असोज ७, २०८१ सोमबार
मह उत्पादक किसानको समस्याबारे अध्ययन गर्न समिति गठन
असोज ६, २०८१ आइतबार