प्रधानमन्त्री प्रचण्डविरुद्धको अवहेलना मुद्दा सुनुवाइका लागि सर्वोच्चको संयुक्त इजलासमा पेसी
नेपालबहस संवाददाता
असोज ७, २०८० आइतबार ११:२४:२३
७ असोज, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्धको अवहेलना मुद्दा सर्वोच्च अदालतमा सुनुवाइका लागि संयुक्त इजलासमा पेसी तोकिएको छ ।
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले २०७३ जेठ १२ मा दर्ता गराएको अदालतको अवहेलना मुद्दा आइतबार सुनुवाइका लागि न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको संयुक्त इजलासमा पेसी तोकिएको छ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्डले द्वन्द्वकालीन मुद्दाका विषयमा अदालतको फैसलालाई लिएर गरेको टिप्पणीपछि वरिष्ठ अधिवक्ता त्रिपाठीले अवहेलनाको मुद्दा दर्ता गराएका थिए । उक्त मुद्दमा पेसी चढ्ने अनि सुनुवाइ नहुने हुँदै आएको थियो । आज भने सुनुवाइ क्रमको दोस्रो नम्बरमा पेसी परेको छ ।
प्रधानमन्त्री प्रचण्ड हाल मित्रराष्ट्र चीनको भ्रमणमा छन् । उनी गएको भदौ ३० मा संयुक्त राष्ट्र संघको महासभालाई सम्बोधन गर्न अमेरिकाको न्यूयोर्क पुगेका थिए । त्यसपछि उतैबाटअसोज ५ गते चीन भ्रमण गएका हुन् । उनी असाेज १३ गते मात्र स्देश फर्किनेछन् ।
यसअघि भएको अल्पकालीन आदेशबमोजिम प्रचण्डले सर्वोच्चमा लिखित जवाफ पेस गरिसकेका छन् । उनले आफूले अदालतको अपहेलना नगरेको जिकिरसहित मुद्दा खारेज हुनुपर्ने दाबी पेस गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवायु प्रदूषण न्यूनीकरण आवश्यकः मन्त्री शाही
मंसिर २७, २०८१ बिहिबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
मंसिर २७, २०८१ बिहिबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
समस्या देखियो भनेर कामबाट पन्छिन हुन्नः मुख्यमन्त्री कँडेल
मंसिर २७, २०८१ बिहिबार
वायु प्रदूषण न्यूनीकरण आवश्यकः मन्त्री शाही
मंसिर २७, २०८१ बिहिबार
संयुक्त राष्ट्र महासभाको गाजा युद्धविरामको मतदानलाई हमासद्वारा ‘स्वागत’
मंसिर २७, २०८१ बिहिबार
टाइम म्यागजिनद्वारा डोनाल्ड ट्रम्पलाई दोस्रो पटक ‘पर्सन अफ द इयर’ घोषणा
मंसिर २७, २०८१ बिहिबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
मंसिर २७, २०८१ बिहिबार
दश करोड बढी लगानीमा विद्युतीय माइक्रोबस सञ्चालन
मंसिर २७, २०८१ बिहिबार