मधेश विश्वविद्यालयमा कानुन संकायको पढाइ मंसिरबाट हुने
नेपालबहस संवाददाता
असोज ७, २०८० आइतबार १२:२५:५
७ असोज, काठमाडौं । मधेश विश्वविद्यालयमा कानुन संकायको पढाइ आगामी मंसिरदेखि हुने भएको छ । कानुन संकायतर्फ स्नातकमा एलएलबीमा विद्यार्थीहरूको नाम दर्ता भइरहेको विश्वविद्यालयले जनाएको छ ।
बीए एलएलबीमा भर्ना हुने विद्यार्थीको छनोट प्रवेश परीक्षा (इन्ट्रान्स)माध्यमबाट गरिएको र इन्ट्रान्सबाट छनोट भएका विद्यार्थीको यही असोज १५ गतेसम्म नाम दर्ता हुने विश्वविद्यालयका रजिष्ट्रार विजयकुमार यादवले बताए । हालसम्म ८०÷८५ विद्यार्थीले नाम दर्ता गराइसकेको उनले जानकारी दिए ।
विद्यार्थी छनोटका लागि ८० पूर्णाङ्कको मौखिक र २० पूर्णाङको अन्तर्वार्ता माध्यममा परीक्षा लिइनेछ । विश्वविद्यालयमा अध्ययनका लागि कक्षा १२ वा प्रवीणता प्रमाणपत्र तहको परीक्षामा न्यूनतम ५० प्रतिशत वा सी प्लस अङ्क ल्याएको हुनुपर्ने मापदण्ड तोकिएको छ ।
मधेश विश्वविद्यालयमा कानुनतर्फ ११०, जनप्रशासनतर्फ ५५ वटा सिट निर्धारण गरिएको छ । पठनपाठनका लागि विश्वविद्यालयद्वारा गठित पाठ्यक्रम विकास समिति र काठमाडांैं विश्वविद्यालयको विज्ञ टोलीले तयार पारेको पाठ्यक्रम अध्यापन गराइने छ ।
२०७९ वैशाख १४ मा मधेश प्रदेशसभाद्वारा मधेश विश्वविद्यालय ऐन, २०७९ जारी भएको थियो । विश्वविद्यालयले दैनिक कार्य संचालन वीरगञ्जस्थित नेशनल ट्रेडिङको भवन भाडामा लिएर गर्दै आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउपकुलपति पोखरेलद्वारा शपथ ग्रहण
पुष ११, २०८१ बिहिबार
सीमा तस्करी: सशस्त्रका १४ अधिकृत तानिदा नेपाल प्रहरी भने क्रस चेकसम्म गर्न सकेन्
पुष ११, २०८१ बिहिबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
पुष ११, २०८१ बिहिबार
तस्करी बढेको गुनासो आएपछि मुख्यालय तानिए बाराका सशस्त्र प्रहरी उपरीक्षक सिंह
पुष ११, २०८१ बिहिबार
मधेस प्रदेशकाे ‘ट्रफी परेड’ सहभागी हुँदै एनपिएल विजेता जनकपुर बोल्ट्स
पुष ११, २०८१ बिहिबार
बागमती सरकारद्वारा चार सचिवको पदस्थापन, अझै चार सचिवको अभाव
पुष ११, २०८१ बिहिबार
बौद्ध क्षेत्रमा सिसिटिभी जडान गर्न काठमाडौं महानगर र उपत्यका प्रहरीबीच सम्झौता
पुष ११, २०८१ बिहिबार
स्वास्थ्य संस्थामा सहज पहुँच भएपछि मातृशिशु मृत्युदर शून्य
पुष ११, २०८१ बिहिबार
प्रदेशस्तरीय धिमे बाजा प्रतियोगिता गर्दै चाँगुनारायण नगरपालिका, विजेतालाई ५० हजार
पुष ११, २०८१ बिहिबार
चितवन हात्ती तथा पर्यटन महोत्सव सुरु
पुष ११, २०८१ बिहिबार