आजभोलि सुनसान छ बीपीले देश र प्रजातन्त्रका खातिर रणनीतिक योजना बनाउने विराटनगरको कोइराला निवास
नेपालबहस संवाददाता
असोज ७, २०८० आइतबार १३:१७:२४
७ असोज, विराटनगर । राणा शासकविरुद्ध लडेको कोइराला परिवार बस्दै आएको विराटनगरको कोइराला निवास यति बेला सुनसान जस्तै छ । अहिले यो निवासमा नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर काेइराला मात्र बस्छन् । उनी आक्कलझुक्कल निवासमा रहँदा केही भीडभाड बढ्छ । नेता काेइराला विराटनगर आउँदा प्रायः यही बस्छन् । अन्यथा सधैं राजनीतिक जमघट रहने कोइराला निवास प्रायः सुनसान रहन्छ । शेखर नपुगेसम्म कोही कांग्रेसीहरु पनि यहाँ आउँदैनन् । घरको रेखदेख गर्ने बाहेकका अरूको उपस्थिति हुँदैन ।
कोइराला परिवारका अन्य सदस्यले यो घर नटेकेको धेरै भइसक्यो । शेखर पनि धेरै जसो काठमाडौं बस्ने र देश दौडाहा गर्ने भएकाले यो निवास प्रायः सुनसान रहन्छ । गिरिजा बाबुको निधनपछि लामो समय सन्नाटा छाएको यो निवासमा शेखरको प्रवेशले केही चहलपहल बढाए पनि बीपीका पालामा जस्तो जमघट हुँदैन । गिरिजाबाबुले पनि देशका महत्वपूर्ण निर्णयहरू यसै निवासबाट गर्थे । उनको समयमा पनि यो निवास कांग्रेस कार्यकर्ताले भरिभराउ नै हुन्थ्यो । बिहान ५ बजेदेखि साँझ अबेरसम्म चिया पाकिरहन्थ्यो । अहिले त्यस्तो छैन । निवासको क्षेत्र पनि साघुरिएको छ ।
निवास अगाडि ठूलठूला गगनचुम्बी भवनहरु बनेका छ । कोशी अञ्चल अस्पताल र कोइराला निवासको इतिहास मेटिने गरी नयाँ शहर बसेको छ यो क्षेत्रमा । नेपाली कांग्रेसले गएको भदौ २४, २५ र असोजको ३ गते गरेर ११० औँ बीपी साहित्य महाेत्सव भव्य रुपमा मनायो । बीपी साहित्य महोत्सवको आयोजना गरेर बीपीका बारे बहस पनि भए । तर, बीपीले सिर्जना गरेको कोइराला निवास सुनसान थियो । यो निवासले खुलेर बीपीको सम्झना नगरेको पनि बर्षाैं भइसक्यो ।
प्रजातन्त्रका लागि देशकै आर्दश र इतिहास हो यो घर । कुनै बेला पार्टीका नेता देखी कार्यकर्ताले भरिने आधा शताब्दी पुरानो विराटनगरमा रहेको दुई तले यो घर प्रजातन्त्र पुनःस्थापनाको लडाइँका बेला कांग्रेसका कार्यकर्तादेखि पार्टीका ठूल्ठूला नेताहरूले खुबै धाउने यो अहिले प्रायः सुनसान जस्तो बन्न पुुगेको छ । प्रथम जन निर्वाचित प्रधानमन्त्री बीपी कोइरालाले यही घरबाट पञ्चायत विरोधी राजनीतिक र रणनीतिक योजना तयार गर्ने गरेको कुरा हामी सबैका सामु प्रष्टै छ । कोइरालाले देशमा प्रजातन्त्र स्थापनाका लागि रणनीतिक योजना बनाउने यो घर बीपीको मनपर्ने थलो रहेको कुरा जगजाहेर नै छ ।
बीपी कोइरालाले प्रजातन्त्र स्थापनाका लागि देश दौडाहा सुरु गर्ने क्रममा यही विराटनगरको दुई तले घरमा बसेर लुकीछिपी कार्यकर्तालाई प्रशिक्षणसमेत दिने गरेको कुरा अहिले पनि स्मरण गरिन्छ । तर देशमा प्रजातन्त्र ल्याएको यो घर अहिले यही प्रजातन्त्रमाथि प्रश्न गरिरहेको छ । यही घरबाट प्रशिक्षण लिएका कांग्रेसका नेता देशको राष्ट्रप्रमुख देखी कार्यकारी प्रधानमन्त्रीसमेत भइसक्दा यो विराटनगरको दुई तले घरलाई कांग्रेसले बिर्सिएको छ । सबैतिर बीपी जयन्ती मनाइरहँदा यो घर अहिले सुनसान रहन पुग्यो । कुनै उत्सव भएन । कालखण्डका बेला सम्पूर्ण पार्टीको गतिविधि सञ्चालन हुने यो दुई तले घरको कांग्रेसी नेताहरूले वास्तासमेत नगर्नु अर्को दुःखद पक्ष हो ।
विराटनगरका एक पुराना कांग्रेसका नेता भन्छन्, ‘यो दुई तले बीपी रमाउने घर हो । उहाँँ आएपछि कार्यकर्ताको भीड लाग्थ्यो, यो घरमा बीपी बसेकै कारण राज्यले निगरानी समेत गर्थ्यो, अहिले त कोही फर्केर पनि आउँदैनन् । अहिलेसम्म हेर्दा डा.शेखर कोइरालाले अलिकति भएपनि बीपी कोइरालाको स्मरण राखिदिनु भएको छ । बाँकी कसैलाई केही मतलब नै नभएको जस्तो देखिन थालेको छ ।’
वीपी कोइरालाका जेठा छोरा प्रकाश कोइरालाले त बाबुको सम्पत्ति भन्दै कोइराला निवासलाई छोपेर जमिन बेचेपछि पछिल्लो समय त्यहाँ बनेका गगनचुम्बी महलले त्यो ऐतिहासिक कोइराला निवास नै अलपत्र जस्तो बन्न पुगेको छ । विराटनगरसहित पुर्वी क्षेत्रका कुनै पनि कार्यक्रममा बीपी सबैभन्दा पहिला यही कोइराला निवासमा आएर मात्रै अन्य भागको यात्रामा निस्कने गरेको स्मरण पनि यहाँका पुराना कार्यकर्ताको छ । विराटनगरमा बीपी रहेका बेला कोही पनि कांग्रेसका कार्यकर्ताले एकछिन पनि उहाँलाई छोड्दैनथे ।
कोइराला परिवार र निवासको महत्वलाई बुझेका स्थानीय अग्रजहरूका अनुसार मुलुकको शासन व्यवस्था र संकटको विषयमा बीपी राति अबेरसम्म स्थानीयसँग कुरा गरेर बस्थे । बीपी बाबु आएपछि कार्यकर्ताले पनि एकछिन छोड्दैनथे, त्यस बेलाको समयमा एउटा सानोतिनो आमसभा नै विराटनगरको यो दुई तल्ले घरमा हुने गरेको थियो । बीपी बाबुमा खाली कार्यकर्ताको चिन्ता गर्ने र उहाँ जस्तो त्यागी र इमानदार नेता अब कांग्रेसमा भेट्न मुुस्किल हुनेछ । त्यस बेला बीपी विराटनगरको यो दुई तले घरमा आएको खबर पाएपछि प्रहरीबाट घर घेरिन्थ्यो । प्रशासनले अवरोध गर्न खोज्थ्यो । तर, बीपीको जनलहर देखेर प्रशासन त्यसै अत्तालिने गर्थ्यो ।’
बीपी घरबाट निस्कँदा कार्यकर्ताको उपस्थितिले जुलुस नै तयार हुन्थ्यो । त्यो लोकप्रियताले रुष्ट बनेको प्रहरी प्रशासनले भीड बिथोल्न खोज्दा धेरै पटक कोइराला निवास अगाडि नै झडपसमेत भएको सम्झना अहिले ताजा छ । विराटनगरको यही कोइराला निवासमा बैठक बस्दा आम सभाजस्तै हुन्थ्यो । कोइराला कार्यकर्तालाई उत्साहसमेत दिने गर्थे । कार्यकर्ताले आन्दोलनका क्रममा पाएको दुःख, सांगठनिक गतिविधिबारे छलफल हुने घर पनि यही रहेको थियो । तर बीपी कोइराला कहिल्यै पनि आत्तिएनन् ।
कोइरालाले आफ्ना कार्यकर्तालाई पनि आवेगमा नआउन र शान्त हुनुपर्छ भन्दै सम्झाउने गरेको यो ऐतिहासिक कोइराला निवास आज आफ्नै अस्तित्वका लागि लडिरहेको छ । एक्लो डा. शेखर कोइरालाको प्रयासले अब कतिको सार्थकता पाउँछ भन्ने विषय गम्भीर रुपमा खडा हुन पुगेको छ । विराटनगरमा रहेको र ऐतिहासिक बन्न पुगेको कोइराला निवास वीपीसँगै गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईको पनि मन पर्ने थलो थियो । बीपीले गिरिजाप्रसाद कोइराला देखि शेरबहादुर देउवा समेतलाई पनि यही घरबाट नै आन्दोलनमा सक्रिय बनाएका थिए ।
पञ्चायती व्यवस्था विरुद्ध होमिएका नेपाली कांग्रेसका नेताहरू यो घरमा नपुगेको सायदै होला । प्रजातन्त्र पुनःस्थापनापछि नेताहरू कम आउन थालेका कारण यो ऐतिहासिक घर अहिले बेसहारा जस्तो बन्न पुगेको छ । पछिल्लो समय डा.शेखर कोइराला यही घरलाई संरक्षण गरेर यही घरमा बस्दै आएका छन् । बाँकी कांग्रेसका अरू काेही नेता तथा कार्यकर्ता खासै कसैको पनि आउजाउ नभएकाले बीपी कोइरालाको निवास सुनसान जस्तो भएको छ । कुनै बेला कांग्रेसका नेताहरूको आश्रय स्थल भएको यो घर इतिहास बोकेको घर हो । तर अहिले पछिल्लो समय सबैले यो घरको वास्ता गर्न छोडेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसामाजिक सुरक्षाको बृहत्तर अवधारणा अघि बढाउन सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री ओली
मंसिर ११, २०८१ मंगलबार
रबि लामिछानेलाई काठमाडौं ल्याईँदै
मंसिर ११, २०८१ मंगलबार
कांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : नेता डा महत
मंसिर १०, २०८१ सोमबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
क्षतिग्रस्त काभ्रे एकीकृत खानेपानी आयोजना पुनःनिर्माणमा एडिबीले सहयोग गर्ने
मंसिर ११, २०८१ मंगलबार
सामाजिक सुरक्षाको बृहत्तर अवधारणा अघि बढाउन सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री ओली
मंसिर ११, २०८१ मंगलबार
बेनीमा घरमै सुत्केरी हुनेको सङ्ख्या तीनवर्षदेखि शून्य
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाहसँगको सम्झौतालाइ लिएर इजरायली संसदमा मतदान हुँदै
मंसिर ११, २०८१ मंगलबार
रबि लामिछानेलाई काठमाडौं ल्याईँदै
मंसिर ११, २०८१ मंगलबार