मुद्दाको सुनुवाइ स्थगनपछि सन्दीप भोलि चीन जाने
नेपालबहस संवाददाता
असोज ७, २०८० आइतबार १३:१९:३६
७ असोज, काठमाडौं । आफूविरुद्धको बलात्कार मुद्दाको अन्तिम सुनुवाइ स्थगन भएपछि क्रिकेटर सन्दीप लामिछाने चीनमा जारी १९औं एसियाडमा नेपाली राष्ट्रिय टोलीबाट प्रतियोगितामा सहभागी हुन चीन जाने निश्चित भएका छन् ।
आजका लागि काठमाडौं जिल्ला अदालतमा मुद्दाको अन्तिम सुनुवाइ पेसी तोकिएपनि न्यायाधीश अभावका कारण देखाउँदै प्रशासनले पेसी सारेको थियो । एसियाडका लागि सन्दीपबिनै रोहित पौडेलको कप्तानीमा नेपाली टोली आजै मात्र हाङचउ प्रस्थान गरेको छ । टोलीलाई क्यानका नवनिर्वाचित पदाधिकारीहरुले बिदाइ गरेका थिए । विभिन्न खेल समावेश एसियाड शनिबारबाट सुरु भएको छ । सन्दीप चीन जान सोमबारका लागि हवाई टिकट काटिसकिएको क्यान स्रोतले बतायो ।
एसियाड उद्घाटन सत्रमा सहभागी भएका प्रधानमन्त्री प्रचण्ड हाल चीनमै विभिन्न भेटघाटमा छन् । उनी असोज १३ गते मात्र स्वदेश फिर्ता हुनेछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाल प्रिमियर लिगको आधिकारिक मस्कट सार्वजनिक
मंसिर १४, २०८१ शुक्रबार
यु–१९ एसिया कपः श्रीलङ्काले दियो नेपाललाई दुई सय ३४ रनको लक्ष्य
मंसिर १४, २०८१ शुक्रबार
जनकपुर बोल्ट्स र नेपाल सेरामिक इण्डस्ट्रीबीच डेकोर पार्टनरमा सम्झौता
मंसिर १४, २०८१ शुक्रबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
नेपाली क्रिकेटरसँग खेल्न उत्साहित छु : शिखर धवन
मंसिर १४, २०८१ शुक्रबार
सहायक निरीक्षकले आफैँलाई गोली प्रहार गरे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार
मकवानपुरमा छुट्टाछुटै घटनामा तीन जनाको मृत्यु
मंसिर १४, २०८१ शुक्रबार
चाडपर्व सकिएपछि फेरि ‘मुग्लान’
मंसिर १४, २०८१ शुक्रबार