सगरमाथा लुम्बिनी इन्स्योरेन्सको दावी भुक्तानी बक्यौता सबैभन्दा उच्च
नेपालबहस संवाददाता
असोज ७, २०८० आइतबार १३:३५:५९
७ असोज, काठमाडौ । निर्जीवन बीमा कम्पनीहरुको बक्यौता दावी भुक्तानी रकम २१ अर्ब रुपैयाँ ११ लाख रुपैयाँ नाघेको छ । बीमा कम्पनीहरुले प्रकाशित गरेको वित्तीय विवरण अनुसार गत असार मसान्तसम्ममा १३ वटा निर्जीवन बीमा कम्पनीहरुले कुल १ लाख १ हजार जना बीमितलाई बक्यौता दावी भुक्तानी गर्न बाँकी रहेकामध्ये सबैभन्दा बढी सगरमाथा लुम्बिनी इन्स्यारेन्स कम्पनी लिमिटेड (सालिकाे)को देखिएको छ ।
यस कम्पनीले बीमित (ग्राहक)को कूल चार अर्ब ४४ करोड रुपैयाँ भुक्तानी दिन बाँकी देखिएको छ । साविकको सगरमाथा इन्स्योरेन्स र लुम्बिनी इन्स्योरेन्स मर्ज भई सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी बनेको हो । मर्जरपछि कम्पनीले १४ हजार ८१ जनाको उक्त बक्यौता दावी भुक्तानी गर्न बाँकी रहेको छ ।
बक्यौता दाबी भुक्तानी दिन बाँकी कम्पनीको सूचीमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स रहेको छ । उसले गत असार मसान्तसम्ममा १२ हजार ८७९ जनाको दुुई अर्ब ६६ करोड रुपैयाँ बक्यौता दावी भुक्तानी दिन बाँकी छ ।
आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स तेस्रोमा रहेको छ । उसले ११ हजार ८२० जना बीमितलाई दुई अर्ब १५ करोड रुपैयाँ बक्यौता दावी भुक्तानी दिन बाँकी छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआइजीआई प्रुडेन्सियल इन्स्योेरेन्समा ६ सञ्चालक निर्वाचित
फागुन २०, २०८० आइतबार
कृषि, पशुपन्छी तथा जडिबुटी बीमा अभिकर्ताको तालिम सम्पन्न
कात्तिक २३, २०८० बिहिबार
मेयर कप भेट्रान फुटबल हुने
पुष १०, २०८१ बुधबार
काठमाडौंको बौद्ध जोरपाटीबाट स्रोत नखुलेको ९२ लाखसहित तीन जना पक्राउ
पुष १०, २०८१ बुधबार
ग्रीनल्याण्डबारे ट्रम्पको भाषण सुनेर डेनमार्क त्रसित, विश्वभर हलचल
पुष १०, २०८१ बुधबार
कजाकस्तान विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ३८ पुग्यो
पुष ११, २०८१ बिहिबार
पौवादुङमा गोल्ड कप माघ १ गतेदेखि
पुष ११, २०८१ बिहिबार
ट्रम्पका दूत रिचर्ड ग्रेनेल भन्छन्– इमरान खानलाई मुक्त गर
पुष ११, २०८१ बिहिबार
भरतपुर भ्रमण वर्षको अवसरमा रैथाने खाना महोत्सव
पुष ११, २०८१ बिहिबार
दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषण अन्तिम चरणमा
पुष ११, २०८१ बिहिबार
वीरगञ्जबाट डिजेल आयात घट्यो, पेट्रोल बढ्यो
पुष ११, २०८१ बिहिबार