हत्यापछि हात छिनाएर लैजाने ज्यान मुद्दाका दोषी ३४ पछि पक्राउ
नेपालबहस संवाददाता
असोज ७, २०८० आइतबार १४:२५:५२
७ असोज, काठमाडौं । भोजपुरमा एक व्यक्ति हत्यापछि हात समेत छिनाएर लगेको ज्यान मुद्दाका फरार प्रतिवादी ३४ वर्षपछि पक्राउ परेका छन् । लामो समय भारतमा लुकेर बसेका उनी घटना सामसुम भएको ठानेर नेपाल आएका बेला विशेष सूचनाका आधारमा प्रहरीले शनिबार पक्राउ गरेकाे हाेा ।
पक्राउ पर्नेमा जिल्लाको साल्पासिलिछो गाउँपालिका–५ का ६७ वर्षीय चक्रबहादुर राई रहेका छन् । उनी वरदात (हया)का बेला ३३ वर्षका थिए । हाल उनी ६७ वर्षका भएका छन् । उनले उनले २०४६ कात्तिक १७ गते स्थानीय २७ वर्षीय बद्रीकुमार राईको खुकुरी प्रहार गरी हत्या गरेका थिए । हत्यापछि उनीहरुले दायाँ हात छिनाएर लगेका पाइएको थियो ।
हत्यापछि मृतका परिवारले राईसहित ४ जनाविरुद्ध कर्तव्य ज्यान कसुरमा अनुसन्धान गर्न प्रहरीमा उजुरी दिएका थिए । तर उनीहरु सबै फरार थिए । उजुरीका आधारमा अनुसन्धान सकेर जिल्ला अदालतमा चलाइएको मुद्दामा २०६० जेठ २७ मा जिल्ला अदालतबाट उनीहरूलाई सर्वस्वसहित जन्म कैद सजायको फैसला भएको थियो ।
उनी फरार रहेकै अवस्थामा उनका परिवार बसाइ सरेर सुनसरीस्थित इटहरी उपमहानगरपालिका–२० तरहरामा बस्दै आएका थिए । त्यसैबीच चक्रबहादुर पनि घटना सेलाएको हुनसक्ने ठानेर परिवारसँगै आई बसेर बुंगुर पालन समेत गर्दै आइरहेका बेला पक्राउ परेका हुन् । उनलाई आइतबार नै प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । फैसला कार्यान्वयनका लागि उनीलाई अदालतमा पेस गरिएको छ । उनलाई अझै चलान गरिने भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसातदोबाटोमा रहेको एक अबैध कल सेन्टरबाट ५० जना नेपाली युवतीसहित तीन पुरुष पक्राउ
पुष २३, २०८१ मंगलबार
सिंहदरबार गेटमा धर्ना बस्न पुगेका फणिन्द्र नेपाल पक्राउ
पुष २२, २०८१ सोमबार
ध्वनि प्रदूषण गर्ने ६३ वटा मोटरसाइकल नियन्त्रणमा
पुष २२, २०८१ सोमबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
प्रतिबन्धित भिटामिन र खनिज मिश्रित औषधि बिक्री गरे सरकारले कारबाही गर्ने
पुष २५, २०८१ बिहिबार
सूर्यदर्शन सहकारी ठगी प्रकरण : कससँग कति मागियो धरौटी ?
पुष २५, २०८१ बिहिबार
सिरियालाई ७ करोड ३० लाख डलर सहयोग गर्न संयुक्त राष्ट्रसंघको आग्रह
पुष २५, २०८१ बिहिबार