शिक्षक महासंघ सम्झाैता बाेकेर बाटाे लागेपनि राेकिएन राहत शिक्षकको प्रदर्शन
नेपालबहस संवाददाता
असोज ७, २०८० आइतबार १५:९:२१
७ असाेज, काठमाडौं । देशभरका सामुदायिक विद्यालयका शिक्षकहरुको अधिकारका लागि भन्दै असोज ३ देखि अनिश्चित कालका लागि विद्यालय बन्द गरेर काठमाडौंमा आन्दोलनको नेतृत्व गरेको नेपाल शिक्षक महासंघले सरकारसँग ६ बुँदे सम्झौता गरेर आन्दोलनबाट फिर्ता भएपछि पनि राहत र पेन्सनबाट वञ्चित शिक्षकहरु र कर्मचारीहरू आन्दोलनबाट पछि हटेका छैनन् ।
शिक्षकहरूकाे मूल आन्दोलन गएको शुक्रबार साँझ महासंघले शिक्षा सचिवसँग सहमति गरेर आन्दोलन रोकेको थियो । तर राहत शिक्षकहरुले सम्झौतालाई धोकाको संज्ञा दिँदै माग आफूहरुको माग पूरा नभएको भन्दै सयौं संख्यामा राहत र पेन्सनबाट वञ्चित शिक्षकहरुले ‘राहत शिक्षक केन्द्रीय समिति’काे नेतृत्वमा आज माइतीघर मण्डलामा धर्ना र जुलुस निकालेका छन् । उनीहरु आ नयाँ बानेश्वरस्थित जुलुसहित संसद भवन घेराउ गर्न पुगे । तर प्रहरीले बिचैमा राेकेकाे छ ।
शिक्षा मन्त्री अशोककुमार राईले गएको भदौ २७ मा संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकमा राहत कोटाबाट पढाइरहेका शिक्षकहरुले स्थायीका लागि परीक्षा, पेन्सन (निवृत्तभरण) लगायत विषयमा व्यवस्था नगरिएको भन्दै उक्त विषय समेटिनुपर्ने मागसहित विरोध जारी राखेका छन् । उनीहरुले शिक्षक महासंघले स्थायी शिक्षक र केही मात्रामा झारा टार्ने उधारो सम्झौता गरेको आरोप लगाएका छन् ।
एमालेमा आवद्ध शिक्षक महासघका अध्यक्ष कमला तुलाधर र माओवादी केन्द्रमा आवद्ध महासचिव लक्ष्मीकिशोर सुवेदीले भने सरकारसँगको सम्झौता महत्वपूर्ण बताउँदै आएका छन् । सम्झौताप्रति सन्तुष्ट शिक्षकहरुले भने जिल्ला फिर्ता भएर आइतबारदेखि नियमित पठनपाठन सुरु गरेका छन् । करारका शिक्षकहरु भने माग पूरा नभएसम्म आन्दोलन नरोकिने अडानमा छन् । एसियाली विकास बैंक (एडीबी)को सहयोग रकममा सरकारले राहतमा शिक्षक नियुक्ति गराई सामुदायिक विद्यालयहरुमा पढाइ संचालन गराउँदै आइरहेको छ ।
बाल शिक्षा कर्मचारीहरुले पनि करार शिक्षकको आन्दोलनलाई साथ दिएकाछन् । उनीहरुले आफूहरुले तलब, सेवा, सुविधा बढाउनुपर्ने माग राखेका छन् । जुन माग तुलाधर पक्षले गरेको सम्झौताले केही बोलेको छैन । तुलाधर सम्झौता ३ दिने आन्दोलनको महत्वपूर्ण सफलता भनेपनि करार शिक्षकहरु थप आक्रोशित बनेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपर्यटन विभागले भन्यो, गलत सूचना दिएका निर्मल पुर्जामाथि छानबिन गर्दैछौं
जेठ १४, २०८१ सोमबार
सिरोहिया पक्राउ बारे बोलेका महजोडीले चौतर्फी आलोचना भएपछि मागे माफी
जेठ १४, २०८१ सोमबार
तराईमा केही दिन अत्यधिक गर्मीको सम्भावना, सतर्कता अपनाउन अनुरोध
जेठ १३, २०८१ आइतबार
सीमा सुरक्षा प्रहरी चौकी
नेपालबहस संवाददाता
जेठ १४, २०८१ सोमबार
फेरिए नारायणी अस्पतालको मेसु, डा.एनामुलले पाए जिम्मेवारी
आबिद हुसेन
जेठ १३, २०८१ आइतबार
टुँडिखेलमा मनाइयो १७ औँ गणतन्त्र दिवस
जेठ १५, २०८१ मंगलबार
ढल्यो गण्डकी सरकार, पाण्डेलाई मुख्यमन्त्रीमा नियुक्त गर्न सर्वाेच्चको परमादेश
जेठ १४, २०८१ सोमबार
बजेटको आकारअनुसार शिक्षामा बढेन लगानी
जेठ १५, २०८१ मंगलबार
सार्वजनिक खर्चलाई प्रतिफलमुखी बनाउन मितव्ययिता अपनाइने
जेठ १५, २०८१ मंगलबार
विभिन्न क्षेत्रमा लाग्दै आएको करका दरबारे के भन्छ बजेट ?
जेठ १५, २०८१ मंगलबार
बजेट हावादारी भयो, सुधारका कार्यक्रम देखिएनः कांग्रेस
जेठ १५, २०८१ मंगलबार
बजेटमा ६ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य
जेठ १५, २०८१ मंगलबार
सुरक्षाकर्मीको सेवानिवृत्त उमेर पुनरावलोकन गरिने
जेठ १५, २०८१ मंगलबार