सुन तस्करी प्रकरणकाे अनुसन्धानमा सीआईबीमाथि कुनै हस्तक्षेप भएकाे छैन, हुँदैन : गृहमन्त्री
नेपालबहस संवाददाता
असोज ७, २०८० आइतबार १५:२६:२६
७ असोज, काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन तस्करी प्रकरणको अनुसन्धानमा सीआईबीलाई हस्तक्षेप हुने गरी सरकारले कुनै किमिसबाट काम नगर्ने स्पष्ट पारेका छन् ।
आइतबार संसदको राज्य व्यवस्था तथा सुशासन समितिकाे बैठकमा एक सांसदहरूले सोधेको प्रश्नको जवाफ दिने क्रममा मन्त्री श्रेष्ठले सुन तस्करीकाे अनुसन्धानमा गढबड भएकाे आशंका मेटाउँदै उक्त कुरा स्पष्ट पारेका हुन् ।
‘बरु कुनैपनि अपराध कसुरमा तथ्य, प्रमाणको आधारमा अनुसन्धानलाई व्यवस्थित ढंगले निष्कर्षमा पुग्न अगाडि बढाउ भनेर कडा निर्देशन दिएका छौं’ उनले भने, ‘‘दृढतापूर्वक भन्न चाहन्छु, सीआईबी वा कुनैपनि प्रहरीकाे संरचना वा संयन्त्रलाई अपराधको अनुसन्धान गर्ने क्रममा कुनै हस्तक्षेप हुँदैन, गरिँदैन ।’
उनले आजको बैठकमा आफूलाई असम्बन्धित विषयमा जवाफ दिन बोलाएर समितिले विधि र प्रक्रियाको ख्याल राख्न नसकेको गुनासो गरेका थिए । उनले समितिको सम्मान गर्ने सोचका साथ बैठकमा उपस्थित भएको बताएका थिए । समितिले प्रधानमन्त्रीको कार्यालयबाट पेस भएको अख्तियार दुरुपयोग अनुसन्धान अयोगको विषयमा छलफल गर्न श्रेष्ठलाई बोलाइएको थियो ।
सांसद रबि लामिछाने, डा. चन्दा कार्की लगायतले ६० केजी सुन तस्करी प्रकरणको अनुसन्धानबारे प्रश्न राखेका थिए । लामिछानेले प्रकरण अनुसन्धानमा सरकार पक्षका दलका नेताहरुलाई सुनपानी छर्केर चेख्याउन खोजिएको हो ?, पार्टीको दबाब थेग्न गाह्रो भएको हो ? भनेर प्रश्न सोधेका थिए । सांसदहरुले प्रकरणमा खुट्टा नकमाइ अनुसन्धान गर्न समेत आग्रह गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रहरी अतिरिक्त महानिरीक्षकद्वय गुरुङ र ढकाललाई दर्ज्यानी चिन्ह प्रदान
मंसिर ७, २०८१ शुक्रबार
एसपी थापालाई बाहिर राखेर भैँसेपाटी प्रकरणमा ६ जनालाई मुद्दा चलाउन सीआईबीको सिफारिस
मंसिर ५, २०८१ बुधबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
उपनिर्वाचनमा तीन जना निर्विरोध, ४१ पदमा ३७६ उम्मेदवार चुनावी मैदानमा
नेपालबहस संवाददाता
मंसिर ५, २०८१ बुधबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
मंसिर ८, २०८१ शनिबार
दरबारमार्गमा फोहोर गरेको भन्दै काठमाडौं महानगरले एमालेलाई गर्यो एक लाख जरिवाना
मंसिर ७, २०८१ शुक्रबार
भारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार
काठमाडौंमा आज तीन जना मृत भेटिए
मंसिर ८, २०८१ शनिबार
कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइते, दुईको अवस्था गम्भीर
मंसिर ८, २०८१ शनिबार